स्थानीय जलवायुका मुद्दा कोपसम्म पुर्याउन हेटौँडामा पैरवी

मकवानपुर । स्थानीय समुदायले भोगिरहेका जलवायु परिवर्तनका समस्या र त्यसको समाधानका उपायलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने विषयमा हेटौँडामा छलफल गरिएको छ । स्थानीय तहका जलवायुजन्य जोखिम, हानि तथा नोक्सानीका सवाल पहिचान गरी आगामी जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको सम्मेलन (कोप) मा प्रस्तुत गर्नुपर्ने एजेन्डा तयार पार्ने उद्देश्यले प्रादेशिक कार्यशाला आयोजना गरिएको हो । “जलवायु न्यायमा स्थानीय र प्रदेश सरकार, नीतिगत मूलप्रवाहीकरणदेखि कोपसम्म” विषयक कार्यशालामा स्थानीय समस्या पहिचान, तथ्याङ्क सङ्कलन र नीतिगत पैरवीका विषयमा छलफल भएको थियो । कार्यक्रममा प्रदेश सचिव डा. केदार बरालले कोपमा उठाउनुपर्ने नेपालको जल्दाबल्दा जलवायुजन्य सवालको प्राथमिकता निर्धारण, मुद्दा उठाउने प्रक्रिया तथा स्थानीय, प्रदेश र संघीय सरकारले निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी गराउनुभयो । उहाँले जलवायु परिवर्तनबाट कृषि उत्पादनदेखि घाँस उत्पादनसम्म प्रभाव परेको उल्लेख गर्दै स्थानीयस्तरबाटै तथ्याङ्क सङ्कलन र अभिलेखीकरण गर्नुपर्ने बताउनुभयो । जलवायु जोखिमको पहिचान र नक्साङ्कनबिना प्रभावकारी योजना बनाउन नसकिने उहाँको भनाइ थियो । कुन बस्ती बाढीपहिरोको जोखिममा छ, कहाँ पानीका स्रोत सुक्दै छन्, कुन खेतीयोग्य जमिन खडेरीबाट प्रभावित छ र कुन समुदाय बढी जोखिममा छ भन्ने तथ्याङ्क स्थानीय सरकारले व्यवस्थित रूपमा राख्नुपर्ने उहाँले बताउनुभयो । कार्यशालामा वडा तथा बस्तीस्तरमा जलवायुजन्य जोखिमको अभिलेख तयार गर्ने, बाढी, पहिरो, खडेरी, डढेलो तथा पानीको अभावको नक्साङ्कन गर्ने र महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विपन्न परिवारको जोखिम पहिचान गर्ने विषयमा समेत छलफल भएको थियो । त्यस्तै, विपद् जोखिम न्यूनीकरण तथा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने, जोखिमयुक्त बस्तीका लागि सुरक्षित स्थान र उद्धार मार्ग पहिचान गर्ने, स्थानीय विपद् व्यवस्थापन समिति तथा स्वयंसेवकलाई तालिम दिने र विपद् पूर्वतयारी तथा पुनर्स्थापनाका लागि बजेट विनियोजन गर्नुपर्नेमा जोड दिइएको थियो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको उपस्थितिमा भएको कार्यक्रममा स्थानीय सरकारलाई जलवायु अनुकूलनका कार्यक्रम नीति, योजना तथा बजेटमा समावेश गर्न जिम्मेवार बनाउने विषय उठाइएको थियो । आयोजक संस्था मकवानपुर महिला उत्थान समाजकी अध्यक्ष कमला सुवेदीले स्थानीय सरकारका प्रतिनिधिलाई जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम आफ्नो आगामी नीति तथा बजेटमा समावेश गर्न सचेत र सक्षम बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले कार्यक्रमपछि जलवायु न्यायका सवालमा स्थानीय सञ्चारमाध्यमको परिचालनसमेत बढ्ने अपेक्षा गरिएको जानकारी दिनुभयो । कार्यक्रम संयोजक निशा लामाका अनुसार कार्यशालाले स्थानीय समुदायले भोगिरहेका जलवायुजन्य हानि तथा नोक्सानी र अनुकूलनका सवाल पहिचान गरी आगामी कोपका लागि ठोस एजेन्डा तथा पैरवी सामग्री तयार गर्न सहजीकरण गरेको छ । कार्यशालामा कोप सम्मेलनको कार्यप्रणाली, अन्तर्राष्ट्रिय वार्ताका प्रमुख क्षेत्र तथा नेपालजस्ता पर्वतीय र जलवायु जोखिममा रहेका मुलुकका लागि यसको रणनीतिक महत्त्वबारे पनि छलफल गरिएको थियो । स्थानीयस्तरमा सङ्कलित तथ्याङ्क, रैथाने ज्ञान र समुदायका अनुभवलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न सकिने गरी तयार पार्ने विधिबारे सहभागीलाई जानकारी गराइएको थियो । कार्यक्रममा बागमती प्रदेशका स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, योजना शाखा प्रमुख, प्रदेश मन्त्रालयका प्रतिनिधि, जलवायु तथा वातावरण विज्ञ, नागरिक समाजका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता थियो । कार्यशालापछि जलवायु न्यायका सवाल समेटिएको घोषणापत्रसमेत सार्वजनिक गरिएको आयोजकले जनाएको छ । कार्यक्रम सामुदायिक विकास तथा सचेतना नेपाल र एनआईसिए हेटौँडाको सहकार्य तथा मकवानपुर महिला उत्थान समाजले आयोजना गरेको हो ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएको जानकारी अनुसार पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा दिउँसो २ बजे बैठक बस्नेछ । पार्टीका कार्यवाहक मुख्यसचिव दुलालद्वारा जारी सूचनामा बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन अनुरोध गरिएको छ । ...

२४ स्वर्ण पदक जितेर सगरमाथा स्वीमिङ क्लबको अग्रता
सिराज खाननेपालगन्ज, कात्तिक १५ गते । तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपमा ३८ वटा व्यक्तिगत र २ वटा रिले इभेन्टमा ललितपुरको सगरमाथा स्वीमिङ क्लबले सबैभन्दा धेरै... ...

सुरुङ खनेर भागेका कैदीको पहिचान
कालीकोट समाचारदाताकालीकोट, कात्तिक १५ गते । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट फरार भएका ८ जना कैदीको खोजी तीव्र पारिएको छ । शुक्रबार राति कैदीले कारागारभित्रबाट सुरुङ ख... ...

कांग्रेस कार्यसमिति बैठक बस्दै, देउवा पक्षले गर्ने महाधिवेशन पनि एजेन्डा
संसद्‌मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज आइतबार केन्द्रीय कार्यसमिति बैठक राख्दै छ। कांग्रेसका महामन्त्री उदयशमशेर राणाका अनुसार बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने छ। बैठकमा शुक्रबार विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटना, पार्टीको आन्तरिक कार्यविभाजन र पूर्वसभापति शेरबहादुर द... ...


