Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

स्थानीय चुनावको तयारीमा रास्वपा, उम्मेदवार छान्न क्यान्डिडेट क्लबमा ६ सदस्य थपिए

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्थानीय चुनावको तयारीमा रास्वपा, उम्मेदवार छान्न  क्यान्डिडेट क्लबमा ६ सदस्य थपिए
Photo / Coverage: पर्दाफास

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित बनाउन क्यान्डिडेट क्लब समितिमा सदस्यहरू मनोनीत गरेको छ । समितिका संयोजक कविन्द्र बुर्लाकोटीको सिफारिसमा डा. नमिता यादव, सुलभ खरेल, हिमेश पन्त, शिव यादव र पारसमणि गेलाललाई सदस्य मनोनीत गरिएको हो । संयोजक बुर्लाकोटीका अनुसार समितिको शुक्रबार बसेको बैठकमा उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूबाट आवश्यक विवरण तथा कागजात संकलन गर्ने कार्यविधि निर्धारण गर्ने विषयमा छलफल भएको छ । विभिन्न क्षेत्रमा कार्यरत योग्य तथा सक्षम व्यक्तिहरूलाई उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराउन ल्याटेरल इन्ट्रीसम्बन्धी आवेदन फारम तयार गर्ने विषय पनि बैठकमा उठेको छ । उम्मेदवार छनोटलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन दाबी–विरोधसम्बन्धी फारम तथा प्रक्रिया तयार गर्ने विषयमा समेत छलफल भएको संयोजक बुर्लाकोटीले जानकारी दिएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नारायणगढ–मुग्लिङ सडक मंसिर १३ देखि दैनिक पाँच घण्टा बन्द हुने
OthersJust now

नारायणगढ–मुग्लिङ सडक मंसिर १३ देखि दैनिक पाँच घण्टा बन्द हुने

नारायणगढ-मुग्लिङ सडक खण्डमा मंसिर १३ गतेदेखि दैनिक पाँच घण्टा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार सूचना जारी गर्दै तुइनखोला क्षेत्रमा पहिरो नियन्त्रणको काम अघि बढाउन अर्को सूचना जारी नभएसम्मका लागि सवारी आवागमनमा समयगत प्रतिबन्ध लगाइएको जनाएको छ । यसअघि केही समय सञ्चालन भएर स्थगित भएको पहिरो रोकथामको काम पुनः अघि बढाउँदा उत्पन्न हुन सक्ने ...

पर्दाफास
यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक, सुरुवाती मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ
OthersJust now

यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक, सुरुवाती मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ

नेपाली बजारमा यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक भएको छ। नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेज शुक्रबार नेपाल कला परिषद्मा यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक गरेको हो। यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड तीन भेरियन्टमा सार्वजनिक भएको छ। फ्यासिनो एस, फ्यासिनो ड्रम र फ्यासिनो डिक्स गरी तीन भेरियन्टमा उपलब्ध छ। फ्यासिनो एसको मूल्य ३ लाख ५९ हजार ९०० रुपैयाँ, फ्यासिनो ड्रमको मूल्य ...

पर्दाफास
बाजुरामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, पाँच जना घाइते
OthersJust now

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, पाँच जना घाइते

पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सुपप्र ०१–००२ त ४६८७ नम्बरको ट्याक्टर शुक्रबार साँझ साढे ६ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । ...

अनलाइन खबर
एनपीईएको अध्यक्षमा विद्यावारिधि सिग्देल
OthersJust now

एनपीईएको अध्यक्षमा विद्यावारिधि सिग्देल

११ मंसिर, काठमाडौं । नेपाल प्राइभेट इक्विटी एसोसिएसन (एनपीईए) को अध्यक्षमा विद्यावारिधि सिग्देल निर्विरोध निर्वाचित भएका छन् । बुधबार सम्पन्न एसोसिएसनको वार्षिक साधारणसभाले सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । डोल्मा एडभाइजर्सका प्रबन्ध निर्देशक रहेका सिग्देल चार्टर्ड एकाउन्टेन्ट हुन् । सिग्देलको नेतृत्वमा गठन भएको नयाँ कार्यसमितिमा अध्यक्षसहित ७ जना सदस्य रहेका छन् । नवनिर्वाचित… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement