Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

स्टार्टअप ह्याकाथन कार्यक्रमका लागि आवेदन माग, मंसिर ८ गतेसम्म म्याद

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्टार्टअप ह्याकाथन कार्यक्रमका लागि आवेदन माग, मंसिर ८ गतेसम्म म्याद
Photo / Coverage: टेक्नोलोजी खबर

सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी स्टार्टअप ह्याकाथन कार्यक्रम सञ्चालनका लागि इच्छुक संस्था तथा आयोजकसँग आवेदन माग गरेको छ। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले मंगलबार एक सूचना पुन: प्रकाशन गर्दै कार्यक्रम सञ्चालनका लागि आर्थिक सहयोग प्राप्त गर्न प्रतिस्पर्धामा सहभागी हुन चाहने संस्था तथा आयोजकलाई आवेदन दिन आग्रह गरेको हो। मन्त्रालयको चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत कार्यक्रम सञ्चालन गर्न लागिएको सूचनामा उल्लेख छ। यसका लागि मन्त्रालयले ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी सम्मेलन, प्रदर्शनी तथा स्टार्टअप ह्याकाथन अनुदान कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०८३ (संशोधनसहित)’ अनुसार आवेदन माग गरेको हो। इच्छुक संस्था तथा आयोजकले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन मन्त्रालयको इमेल ठेगाना info@mosti.gov.np मार्फत वा मन्त्रालयमा प्रत्यक्ष उपस्थित भएर पेस गर्न सकिनेछ। आवेदनसँगै कार्यविधिको दफा ७ मा उल्लेख गरिएका आवश्यक विवरण तथा प्रमाणित कागजात संलग्न गर्नुपर्ने मन्त्रालयले जनाएको छ। कार्यक्रमसम्बन्धी विस्तृत कार्यविधि मन्त्रालयको वेबसाइट www.mosti.gov.np बाट प्राप्त गर्न सकिनेछ। मन्त्रालयले यसअघि प्राप्त भएका निवेदन र नयाँ सूचनाअनुसार प्राप्त हुने निवेदनलाई एकैसाथ छनोट प्रक्रियामा समावेश गरी छनोटसम्बन्धी काम अघि बढाइने पनि स्पष्ट पारेको छ। कार्यक्रम प्रदेशस्तर वा राष्ट्रियस्तरमध्ये कुन स्तरमा सञ्चालन गर्ने हो, आवेदनमा खुलाउनुपर्ने सूचनामा उल्लेख छ। The post स्टार्टअप ह्याकाथन कार्यक्रमका लागि आवेदन माग, मंसिर ८ गतेसम्म म्याद appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पुँजीबजार सुधारको २१ बुँदे कार्ययोजना कार्यान्वयन गर्न ब्रोकर एसोसिएसनको जोड
TechnologyJust now

पुँजीबजार सुधारको २१ बुँदे कार्ययोजना कार्यान्वयन गर्न ब्रोकर एसोसिएसनको जोड

२ मंसिर, काठमाडौं। स्टक ब्रोकर एसोसिएसन अफ नेपालले अर्थ मन्त्रालयले अघि सारेको पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थानसम्बन्धी २१ बुँदे कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई आग्रह गरेको छ । एसोसिएसनका अध्यक्ष सागर ढकालसहितको प्रतिनिधिमण्डलले नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुबेदीलाई भेट गरी कार्ययोजना कार्यान्वयनमा जोड दिएको हो । प्रतिनिधिमण्डलले सीईओ […] The post पुँजीबजार सुधारको २१ ...

आइसिटी फ्रेम
आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित, रेमिट्यान्ससँगै उद्यमशीलताको इकोसिस्टमलाई आइएमईले थप सुदृढ गर्ने
TechnologyJust now

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित, रेमिट्यान्ससँगै उद्यमशीलताको इकोसिस्टमलाई आइएमईले थप सुदृढ गर्ने

२ मंसिर, काठमाडौं। रेमिटेन्स तथा मनि ट्रान्सफरको कारोबार गर्ने कम्पनीहरूमध्ये आइएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ। राष्ट्रिय कर दिवस २०८३ का अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकाललाई उक्त सम्मान प्रदान गरे। सम्मान ग्रहणपछि अध्यक्ष ढकालले उल्लेख्य कर दाखिला गरी राष्ट्रिय विकासमा योगदान दिन […] The post आइएमई सर्वाधिक कर ...

आइसिटी फ्रेम
सेवा प्रदायकलाई १० दिनभित्र विवरण बुझाउन दूरसञ्चार प्राधिकरणको निर्देशन
TechnologyJust now

सेवा प्रदायकलाई १० दिनभित्र विवरण बुझाउन दूरसञ्चार प्राधिकरणको निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरूलाई प्रत्येक महिनाको आम्दानी र दूरसञ्चार सेवा दस्तुर (टीएससी) दाखिलासम्बन्धी विवरण १० कार्यदिनभित्र पेस गर्न निर्देशन दिएको छ। प्राधिकरणले आर्थिक ऐन, २०८३ को दफा ५ को उपदफा ५ अनुसार यस्तो विवरण माग गरेको हो। यससम्बन्धी सूचना जारी गर्दै प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ को सम्पूर्ण विवरण तथा चालु आर्थिक वर्षको असोज मसान्तसम्म नियमअनुसार नेपाल सरकारको राजस्व खातामा ...

टेक्नोलोजी खबर
बीबीसीदेखि आइकियासम्मका १७८ वेबसाइटमा साइबर आक्रमण
TechnologyJust now

बीबीसीदेखि आइकियासम्मका १७८ वेबसाइटमा साइबर आक्रमण

काठमाडौं । विश्वका प्रतिष्ठित सञ्चारमाध्यम, बैंक तथा बहुराष्ट्रिय कम्पनीका वेबसाइटलाई माध्यम बनाएर व्यापक साइबर आक्रमण गरिएको खुलासा भएको छ । बीबीसी, सीएनएन, जुम, एचएसबीसी, इक्विफ्याक्स, सेल्सफोर्स र आइकियासहित १७८ संस्थाका वेबसाइटमा हानिकारक जाभास्क्रिप्ट कोड राखेर प्रयोगकर्ताको संवेदनशील विवरण चोरी गर्ने प्रयास गरिएको पाइएको हो ।साइबर सुरक्षा अनुसन्धानकर्ता स्कट हेल्मेका अनुसार वेबसाइट परीक्षण र व्यवस्थापनमा प्रयोग हुने ‘अप्टिमाइजली’ (Optimizely) प्लेटफर्ममा रहेको ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play