Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

स्टार्टअप कर्जा वितरणमा ढिलाइ, मङ्सिरको अन्तिम सातासम्म सूचना निकाल्ने तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्टार्टअप कर्जा वितरणमा ढिलाइ, मङ्सिरको अन्तिम सातासम्म सूचना निकाल्ने तयारी
Photo / Coverage: नेपालन्युज

काठमाडौं। सरकारले सञ्चालन गर्दै आएको सहुलियतपूर्ण स्टार्टअप उद्यम कर्जा कार्यक्रममा यस वर्ष ढिलाइ भएको छ। नीतिगत अन्योल, सरकारी संयन्त्रमा भएको फेरबदल र सफ्टवेयर व्यवस्थापनमा देखिएको प्राविधिक समस्याका कारण चालु आर्थिक वर्ष २०८३/०८४ को आवेदन प्रक्रिया सुरु हुन सकेको छैन। औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (आईईडीआई) का कार्यकारी निर्देशक उमेश कुमार गुप्ताले तिहार र छठपछिको बिदा सकिएलगत्तै मङ्सिरको अन्तिम सातासम्ममा आवेदन आह्वान गर्ने गरी आन्तरिक तयारी तीव्र पारिएको बताए। प्रतिष्ठानका अनुसार कार्यविधि संशोधन र सरकारी डाटा सेन्टरसँग समन्वय गरी सफ्टवेयर स्तरोन्नतिको काम भइरहेको छ। यस वर्षदेखि आवेदन दर्ता, कागजात रुजु र मूल्याङ्कनको सम्पूर्ण प्रक्रिया अनलाइन प्रणालीबाटै गर्ने तयारी छ। कार्यकारी निर्देशक गुप्ताले प्रशासनिक नेतृत्वमा भएको रिक्तता र मन्त्रालयमा मन्त्री फेरिएका कारण पनि प्रक्रियामा केही समय लागेको स्पष्ट पारे। चालु आर्थिक वर्षका लागि सरकारले ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। यसमध्ये ८० करोड रुपैयाँ स्टार्टअप र १७ करोड रुपैयाँ व्यवसाय विस्तार (स्केल-अप) का लागि छुट्याइएको छ। गत वर्ष १० हजारभन्दा बढी आवेदन परेकोमा ९६६ जनालाई कर्जाका लागि सिफारिस गरिएको थियो। त्यसमध्ये ९२२ जनाले मात्र कर्जा प्राप्त गरे। कालोसूचीमा रहेका वा स्थलगत निरीक्षणमा आवेदनमा उल्लेखित विवरण मेल नखाएका ४४ जना कर्जा पाउनबाट वञ्चित भएका थिए। हालसम्म राष्ट्रिय वाणिज्य बैंकमार्फत मात्र वितरण हुँदै आएको यो कर्जालाई थप सहज बनाउन निजी बैंकहरूलाई पनि सहभागी गराउने विषयमा छलफल भइरहेको छ। वार्षिक ३ प्रतिशत ब्याजदरमा उपलब्ध हुने यो कर्जाका लागि परियोजना नै धितोका रूपमा राखिन्छ। ५ लाख देखि २० लाख रुपैयाँसम्मको कर्जा अधिकतम ५ वर्षका लागि प्रदान गरिन्छ। उद्यमीले पहिलो वर्ष साँवा र ब्याज तिर्नु नपर्ने ग्रेस अवधि पाउँछन्। तोकिएको कार्यविधिअनुसार कृषि, सूचना प्रविधि, पूर्वाधार, सामाजिक उद्यम र परम्परागत पेसा पुनर्जागरणसँग सम्बन्धित उद्यमीले मात्र आवेदन दिन पाउनेछन्। दर्ता भएको १० वर्ष ननाघेको र वार्षिक कारोबार १५ करोड रुपैयाँभन्दा कम भएका उद्यमहरू यसका लागि योग्य मानिनेछन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन नदिन थप क्रियाशील हुनुपर्छ :  प्रहरी महानिरीक्षक केसी
Latest NewsJust now

चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन नदिन थप क्रियाशील हुनुपर्छ : प्रहरी महानिरीक्षक केसी

काठमाडौँ । प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले तिहार, छठलगायत चाडपर्वहरूको समयमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै प्रहरी कर्मचारी थप क्रियाशील हुनुपर्ने बताएका... ...

रातोपाटी
एनपीएलमा चितवनसँग पोखरा ३० रनले पराजित
Latest NewsJust now

एनपीएलमा चितवनसँग पोखरा ३० रनले पराजित

काठमाण्डु – राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा चितवन राइनोजसँग पोखरा एभेन्जर्स ३० रनले पराजित भएको छ । जीतका लागि पाएको १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रनमा समेटिएको हो । पोखराका अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । चितवनका रिजन ढकालले ४, […] ...

काठमाण्डुपाटी
ग्रिन आर्मीलाई सुरक्षा निकायसरह पोसाक र दर्ज्यानी चिन्ह दिने निर्णयका सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश
Latest NewsJust now

ग्रिन आर्मीलाई सुरक्षा निकायसरह पोसाक र दर्ज्यानी चिन्ह दिने निर्णयका सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौँ। सर्वोच्च अदालतले विवादित बनेको 'ग्रिन आर्मी नेपाल प्रा.लि.' लाई सुरक्षा निकायको जस्तै पोसाक तथा दर्ज्यानी चिन्ह प्रयोग गर्न दिने भनी सरकारका विभिन्न निकायबाट भएका निर्णयका सक्कल फाइलहरू झिकाउन आदेश... ...

रातोपाटी
चाडपर्वमा सुरक्षा व्यवस्था कडा पार्न आईजीपीको निर्देशन
Latest NewsJust now

चाडपर्वमा सुरक्षा व्यवस्था कडा पार्न आईजीपीको निर्देशन

काठमाडौं। प्रहरी महानिरीक्षक मनोजकुमार केसीले नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गर्न र प्रहरीलाई थप सक्रिय बनाउन निर्देशन दिएका छन्। शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै उनले दीपावली, नेपाल संवत् र छठलगायतका पर्वमा हुन सक्ने आपराधिक गतिविधि रोक्न विशेष सतर्कता अपनाउनुपर्ने बताए। महानिरीक्षक केसीले चाडपर्वका बेला चोरी, लुटपाट र आपराधिक घटनाहरू नियन्त्रण गर्न प्रभावकारी ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play