स्टारलिङ्क सेवामा सुधार आएको युक्रेनको भनाइ

युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल स्टारलिङ्कको सम्पर्क युक्रेनमा पुनः स्थिर भएको सरकारले शनिबार जनाएको छ। स्टारलिङ्क सेवाको विषयलाई लिएर केही दिनयता वासिङ्टनसँग तनाव बढिरहेका बेला युक्रेनको यस्तो भनाइ आएको हो। रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट आफ्नो रक्षा गर्न सङ्घर्ष गरिरहेको युक्रेनले नागरिक प्रयोजनको स्टारलिङ्क स्याटेलाइट सञ्चार प्रणालीका साथै सैन्य प्रयोजनको स्टारशिल्ड संस्करणमा निर्भर रहँदै आएको छ। रक्षामन्त्री येभगेनी खमाराले एक विज्ञप्तिमा निगरानी प्रणालीहरूले स्टारलिङ्क र स्टारशिल्डको गति सुधार भएको देखाएको बताए। उनका अनुसार, यी प्रणालीमा प्रतिघण्टा ४०० किलोमिटरभन्दा बढी गति रेकर्ड गरिएको छ र सम्पर्क स्थिर भएको छ। उनले यो उपलब्धि विशेषगरी अग्रपङ्क्तिमा रहेका सैनिक, ड्रोन सञ्चालन, रसद व्यवस्थापन तथा सञ्चारका लागि महत्वपूर्ण रहेको बताए। स्टारलिङ्क सञ्जाल युक्रेन र अमेरिकाबीचको विवादको केन्द्रमा रहँदै आएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वासिङ्टनले रुसलाई सहयोग गरेको आरोप लगाएका छन्। उनका अनुसार, रुसी क्षेप्यास्त्र आक्रमणबारे किएभलाई पूर्वसूचना नदिनु र स्टारलिङ्कको गति सीमित पार्नुले युक्रेनको सैन्य प्रतिकार्य कमजोर भएको छ। रक्षामन्त्री खमाराले यस विषयमा राष्ट्रपति जेलेन्स्कीले लिएको ‘दृढ अडान’ को प्रशंसा गर्दै त्यसको सकारात्मक नतिजा देखिन थालेको बताए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार किएभलाई सञ्चार प्रणालीमा समस्या भइरहेको भए स्पेसएक्सका प्रमुख तथा प्रविधि उद्यमी इलन मस्कसँग कुरा गर्ने बताएका थिए। यसअघि बिहीबार नै ट्रम्पले मस्कले स्टारलिङ्कमा पहुँच पुनःस्थापित गरिसकेको बताएका थिए। सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता मस्कले युक्रेनप्रतिको आफ्नो धारणा पटक–पटक परिवर्तन गर्दै आएका थिए। यद्यपि, उनले सञ्चार सेवामा आएका अवरोधका लागि स्पेसएक्स जिम्मेवार नभएको र त्यसको जिम्मेवारी अमेरिकी सरकारको भएको दाबी गर्दै आएका छन्। रासस/एएफपी The post स्टारलिङ्क सेवामा सुधार आएको युक्रेनको भनाइ appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

एनभिडिया र मर्सिडिजबीच नयाँ पुस्ताको स्वचालित ड्राइभिङ प्रणालीमा केन्द्रित हुँदै साझेदारी विस्तार
मर्सिडिज युरोपमा लेभल ३ स्वचालित ड्राइभिङ प्रणालीका लागि अनुमति पाउने पहिलो कार निर्माता थियो। तर यसको प्रणालीमा अझै धेरै सीमितता छन्। उदाहरणका लागि, यस्तो प्रणाली (एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम–एडीएएस) जडित गाडीले प्रतिघण्टा ९५ किलोमिटरसम्मको गतिमा यात्रा गर्न सक्छ। तर यो सुविधा निश्चित राजमार्गमा मात्र उपलब्ध छ। मर्सिडिजले यो प्रणालीलाई ‘ड्राइभ पाइलट’ नाम दिएको छ। यो प्रणाली एनभिडियासँगको सहकार्यमा विकास गरिएको हो। आज दुवै ...

नेपाल प्रिमियर लिग (NPL): अन्तर्राष्ट्रिय स्तरमा नेपालको नयाँ ब्रान्ड बन्दै
७ कात्तिक, काठमाडौं। नेपालका अग्रज खेल पत्रकारहरुले सोमबारबाट कीर्तिपुरमा सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्राष्ट्रिय स्तरमा ब्राण्ड बन्दै गएको प्रतिक्रिया दिएका छन् । एनपीएलले नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय पहिचानमा योगदान पुर्याउने सम्भावना रहेको उनीहरुको भनाइ छ । एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक १० देखि मङ्सिर ६ गतेसम्म काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा […] The post नेपाल ...

पाकिस्तानका कप्तान फरहान नेपाल आइपुगे
७ कात्तिक, काठमाडौं। टेस्ट राष्ट्र पाकिस्तान टी-२० टिमका कप्तान साहबजादा फरहान नेपाल आइपुगेका छन् । उनी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो श्रृखला खेल्न नेपाल आएको कर्णाली याक्सले शनिबार विज्ञप्तिमार्फत जनाएको छ । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा याक्स स्पोट्र्स प्रालिका प्रतिनिधिले स्वागत गरेका थिए । क्लबले शुक्रबार ३० वर्षीय शीर्षक्रमका दाँया हाते ब्याटर फरहानलाई अनुबन्ध गरेको […] The post पाकिस्तानका ...


