Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

स्टारलिंक मोबाइलले आफ्ना फाइभजी बेस स्टेशनहरू क्वालकम प्लेटफर्ममा विकास गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्टारलिंक मोबाइलले आफ्ना फाइभजी बेस स्टेशनहरू क्वालकम प्लेटफर्ममा विकास गर्ने
Photo / Coverage: टेक्नोलोजी खबर

क्वालकमले अमेरिकामा स्टारलिंक मोबाइलको स्थलीय नेटवर्क विकास गर्न स्पेसएक्ससँग सहकार्य गरिरहेको घोषणा गरेको छ। कम्पनीले आफ्नो नेटवर्कका लागि क्वालकम ड्रागनविङ्ग क्यूआरयू १०० क्यूडियु१०० र्यान (Qualcomm Dragonwing QRU100 र QDU100 RAN) प्लेटफर्महरू तथा ‘लेयर १’ सफ्टवेयरको प्रयोग गर्नेछ। क्वालकमका अनुसार, ‘ओपन’ र ‘भर्चुअल’ र्यान प्रयोगका लागि डिजाइन गरिएका यी ५जी रेडियो चिपहरूले उच्च क्षमताको ‘म्यासिम मिमो’ रेडियो र बेसबेन्ड प्रविधिलाई ऊर्जा-कुशल प्रशोधन क्षमतासँग जोड्छन्, जसले ठूलो परिमाणमा सेलुलर बेस स्टेशनहरू स्थापना गर्न मद्दत पुर्‍याउँछ। क्वालकमले जनाए अनुसार, स्पेसएक्ससँग मिलेर निर्माण गरिने स्थलीय सञ्जालले “स्टारलिंकको स्याटेलाइट क्षमताहरूलाई परिपूरकको रूपमा सघाउनेछ।” यसको सुरुवात आगामी वर्षदेखि हुने योजना छ। धेरै वर्षसम्म चल्ने यो सम्झौताको आर्थिक सर्तहरू भने सार्वजनिक गरिएको छैन। क्वालकमका कार्यकारी उपाध्यक्ष दुर्गा मल्लाडीले एक विज्ञप्तिमा भनेका छन्, “हामी स्पेसएक्ससँग मिलेर संयुक्त राज्य अमेरिकामा विश्वस्तरीय सेलुलर पूर्वाधार निर्माण गर्दैछौं। यसले आज ५जी प्रविधिलाई अघि बढाउनुका साथै आगामी वर्षहरूमा ‘एआई-नेटिभ सिक्जी’ को जग बसाल्ने अवसर पनि प्रदान गर्नेछ।” अहिले स्पेसएक्स ठूला मोबाइल सेवा प्रदायकहरूसँग प्रतिस्पर्धा गर्नका लागि स्पेक्ट्रम खरिद गरिरहेको छ र विभिन्न साझेदारीहरू अघि बढाइरहेको छ। गत महिना, कम्पनीले ८०० मेगाहर्ज ब्यान्डमा राष्ट्रव्यापी स्पेक्ट्रम पोर्टफोलियो खरिद गर्ने सम्झौताको घोषणा गर्‍यो। यो समाचारले अमेरिकी मोबाइल सेवा प्रदायकहरूको सेयर मूल्यमा ठूलो हलचल ल्यायो। यसै साताको सुरुमा, वासिङ्टन पोस्टले स्पेसएक्सले इकोस्टार को ‘बुस्ट मोबाइल’ अधिग्रहण गर्न वार्ता गरिरहेको जनाएको छ। The post स्टारलिंक मोबाइलले आफ्ना फाइभजी बेस स्टेशनहरू क्वालकम प्लेटफर्ममा विकास गर्ने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अब पर्सामा हुलाकबाटै घरघरमा टेलिकमको सिमकार्ड
TechnologyJust now

अब पर्सामा हुलाकबाटै घरघरमा टेलिकमको सिमकार्ड

सर्वसाधारणलाई सहज, सरल र सुलभ रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल टेलिकमले अब सेवाग्राहीको घरमै सिमकार्ड पुर्‍याउने सेवा सुरु गरेको छ। टेलिकमले हुलाक सेवामार्फत पर्सा जिल्लाभरिका सेवाग्राहीको घरमै नेपाल टेलिकमको सिमकार्ड पुर्‍याउने गरी हुलाक सेवा विभाग र नेपाल टेलिकमबीच सम्झौता भएको छ। सेवाग्राहीलाई सहज रूपमा घरदैलोमै सेवा उपलब्ध गराउने उद्देश्यले सिमकार्ड वितरण सुरु गरिएको जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत नमनाथ यादवले जानकारी ...

टेक्नोलोजी खबर
असोज मसान्तसम्म नेपालमा २ करोडभन्दा बढीको सिम कार्ड आयात
TechnologyJust now

असोज मसान्तसम्म नेपालमा २ करोडभन्दा बढीको सिम कार्ड आयात

नेपालमा चालु आर्थिक वर्ष २०८३/८४ को तेस्रो महिना असोज मसान्तसम्म १६ लाख थानभन्दा बढी सिम कार्ड आयात भएको छ। भन्सार विभागले हालै जारी गरेको उक्त अवधिसम्मको वैदेशिक व्यापार विवरण अनुसार उक्त अवधिमा २ करोड १७ लाख ३४ हजार रुपैयाँ बराबरको १६ लाख २५ हजार २७ थान सिम कार्ड आयात भएको हाे। सिम कार्ड आयातबाट सरकारले ५२ लाख ८२ हजार रुपैयाँ राजश्व संकलन ...

टेक्नोलोजी खबर
एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र सञ्चालनमा: २४ घण्टा उजुरीका लागि १२४७ मा सम्पर्क गर्नुहोस्
TechnologyJust now

एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र सञ्चालनमा: २४ घण्टा उजुरीका लागि १२४७ मा सम्पर्क गर्नुहोस्

२१ कात्तिक, काठमाडौं। नेपालमा बढ्दो साइबर ठगी तथा वित्तीय अपराधलाई नियन्त्रण गर्न नेपाल सरकारले एकै ठाउँबाट सेवा दिने गरी एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र (Integrated Cyber Scam Response Center) सञ्चालनमा ल्याएको छ। शुक्रबार नेपाल प्रहरीका प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीको प्रमुख आतिथ्यमा आयोजित एक विशेष कार्यक्रमका बीच यो केन्द्रको औपचारिक सुरुवात गरिएको हो। नेपाल सरकारको निर्णय […] The post एकीकृत ...

आइसिटी फ्रेम
सन् २०२१ यता जापानी कम्पनीहरूमा हुने र्यान्समवेयर आक्रमणको संख्या दोब्बरभन्दा बढी
TechnologyJust now

सन् २०२१ यता जापानी कम्पनीहरूमा हुने र्यान्समवेयर आक्रमणको संख्या दोब्बरभन्दा बढी

जनवरीदेखि अक्टोबरसम्म जापानी कम्पनीहरूलाई लक्षित गरी गरिएका २३९ वटा र्‍यान्समवेयर आक्रमणहरू भएका छन्, जुन २०२१ मा रेकर्ड गरिएको संख्याको दोब्बरभन्दा बढी रहेको क्योडो न्यूजले हालैको सर्वेक्षणलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ। साइबरसुरक्षा फर्म म्याकनिकाद्वारा बुधबार जारी गरिएको सर्वेक्षण अनुसार अक्टोबरसम्म रिपोर्ट गरिएका घटनाहरूको संख्याले २०२५ मा रेकर्ड गरिएका २२८ घटनाहरूलाई पार गरिसकेको छ, जसले नयाँ वार्षिक रेकर्ड स्थापित गरेको रिपोर्टमा भनिएको ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play