काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको रक्षा क्षमतामा असर परेको भन्दै स्टारलिंकको आशिंक प्रतिबन्ध हटाउन अमेरिका र एलन मस्कसँग आग्रह गरेका छन् । उनले जाडोयामअघि नागरिकको जीवन र ऊर्जा पूर्वाधारको सुरक्षा स्टारलिंक सेवाको प्रतिबन्ध हटाउने विषयमा निर्भर रहेको बताएका छन् । युक्रेनले रुसी क्षेप्यास्त्र र ड्रोन रोक्न प्रयोग गर्दै आएको सैन्य प्रयोजनको स्टारसिल्ड सेवामा गति सीमित गरिँदा युक्रेनी अवरोधक ड्रोनले प्रतिघण्टा १६१ किलोमिटरभन्दा बढी गतिमा उड्ने रुसी ड्रोनलाई पछ्याउन नसकेको जेलेन्स्कीको भनाइ छ । उनले अमेरिकी सरकार र मस्कको कम्पनीसँग नजिकबाट काम गर्न अधिकारीहरूलाई निर्देशन दिँदै इतिहासको सही पक्षमा उभिन आग्रह गरेका छन् । यसैबीच, रुसले युक्रेनका विभिन्न क्षेत्रमा ऊर्जा तथा रेल पूर्वाधारमा आक्रमण तीव्र बनाएको छ । जवाफमा युक्रेनले रुसका तेल प्रशोधन केन्द्र र पेट्रोकेमिकल उद्योगलाई निशाना बनाएको जनाएको छ । The post स्टारलिंकको आंशिक प्रतिबन्ध हटाउन जेलेन्स्कीको अमेरिका र मस्कसँग आग्रह appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
स्टारलिंकको आंशिक प्रतिबन्ध हटाउन जेलेन्स्कीको अमेरिका र मस्कसँग आग्रह

Read Complete Original Article
Published originally on कर्पोरट खबर






