सोनी एक्सपेरिया १ सेभेनमा एन्ड्रोइड १७ अपडेट उपलब्ध

सोनीले एक्सपेरिया १ एट मोडलमा नयाँ अपरेटिङ सिस्टम उपलब्ध गराएपछि अब एक्सपेरिया १ सेभेन स्मार्टफोनमा पनि एन्ड्रोइड १७ अपडेट वितरण सुरु गरेको छ। टेलिग्राफका अनुसार एक्सपेरिया १ सेभेन प्रयोगकर्ताहरूले रेडिटमा आफ्नो डिभाइसमा 71.2.A.2.35 संस्करणको अपडेट आएको जानकारी दिएका छन्। सुरुमा युरोपमा उपलब्ध गराइएको यो अपडेट आगामी केही दिनमा अन्य क्षेत्रमा पनि उपलब्ध हुने अपेक्षा गरिएको छ। करिब १.१ जीबी आकारको यो अपडेटमा एक्सपेरिया १ एट का लागि जारी गरिएको संस्करणमा रहेका मुख्य सुविधाहरू समावेश छन्। अपडेटमा द्रुत सेटिङ प्यानलको नयाँ डिजाइन, नयाँ वालपेपर र घडीका डिजाइन तथा एपका आइकनको आकार आफूअनुकूल परिवर्तन गर्न सकिने सुविधालगायत सुधार समावेश छन्। प्रयोगकर्ताले एन्ड्रोइड १७ मा भएका सबै नयाँ सुविधा र परिवर्तनबारे जानकारी लिन यसको आधिकारिक परिवर्तन सूची पनि हेर्न सक्छन्। The post सोनी एक्सपेरिया १ सेभेनमा एन्ड्रोइड १७ अपडेट उपलब्ध appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

चाइना मोबाइलको ९ महिनाको नाफा करिब ८ प्रतिशतले घट्यो, थपिए ९० लाख मोबाइल ग्राहक
चाइना मोबाइलले सन् २०२६ को पहिलो तीन त्रैमासिकमा “समग्रमा स्थिर सञ्चालन नतिजा” हासिल गरेको जनाएको छ। समूहको सञ्चालन राजस्व अघिल्लो वर्षको तुलनामा १.८ प्रतिशतले घटेर ७८०.३ अर्ब चिनियाँ युआन पुगेको छ। यसमध्ये कम्पनीको मुख्य व्यवसायबाट प्राप्त हुने राजस्व ३.७ प्रतिशतले घटेर ६५७.७ अर्ब चिनियाँ युआन कायम भएको छ। अन्य व्यवसायबाट प्राप्त हुने राजस्व भने ९.९ प्रतिशतले बढेर १२२.६ अर्ब चिनियाँ युआन पुगेको ...

माइक्रोसफ्टले विकास गर्यो चिकित्सकले जस्तै चरणबद्ध रूपमा रोग पहिचान गर्न सक्ने एआईमा आधारित उपकरण
माइक्रोसफ्टले चिकित्सकले जस्तै चरणबद्ध रूपमा रोग पहिचान गर्न सक्ने कृत्रिम बुद्धिमतामा आधारित उपकरण विकास गरेको छ। बिहीबार साइन्स जर्नलमा प्रकाशित एक अध्ययनअनुसार, यस उपकरणले जटिल चिकित्सा समस्याको समाधान गर्ने क्रममा सामान्य चिकित्सकको तुलनामा दुई गुणाभन्दा बढी सही नतिजा दिएको माइक्रोसफ्टका अनुसन्धानकर्ताहरूले बताएका छन्। अध्ययनअनुसार यो मोडेलले बिरामीलाई सोध्नुपर्ने प्रश्न, गर्नुपर्ने स्वास्थ्य परीक्षण र आवश्यक जाँचहरू पहिचान तथा समन्वय गर्छ। यसका लागि यसमा ...

सामसङको ग्यालेक्सी एस२७ सिरिज अपेक्षाभन्दा चाँडै आउन सक्ने, मेमोरी अपग्रेडबारे अन्योल
सामसङले आगामी ग्यालेक्सी एस२७ सिरिजका स्मार्टफोन यसअघिका अनुमानभन्दा चाँडै सार्वजनिक गर्न सक्ने भएको छ। कोरियाली सामाजिक सञ्जाल नेभरमा ‘लान्जुक’ नामका प्रयोगकर्ताले सार्वजनिक गरेको जानकारीअनुसार कम्पनीले फोनको हार्डवेयरसम्बन्धी अधिकांश निर्णय गरिसकेको छ। यद्यपि, मेमोरी प्रविधिमा अपग्रेड गर्ने वा नगर्ने विषयमा भने अझै छलफल भइरहेको छ। ग्यालेक्सी एस२६ सिरिज यसअघिका पुस्ताभन्दा ढिलो सार्वजनिक भएको थियो। ग्यालेक्सी एस२४ सिरिज सन् २०२४ को जनवरीको मध्यतिर घोषणा ...


