Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

सैनिक कल्याणकारी कोषबाट ४० हजार विद्यार्थीलाई छात्रवृत्ति

Share:WhatsAppFacebookX (Twitter)Telegram
सैनिक कल्याणकारी कोषबाट ४० हजार विद्यार्थीलाई छात्रवृत्ति
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सैनिक कल्याणकारी कोषलाई बहालवाला तथा अवकाशप्राप्त सैनिक र तिनका आश्रित परिवारको सामाजिक सुरक्षा सुनिश्चित गर्ने संस्थागत आधारका रूपमा विकसित गरिएको छ। नेपाली सेनाले २०३२ सालदेखि सैनिक कल्याणकारी कोषमार्फत उनीहरूका लागि शिक्षा, स्वास्थ्य, सीप विकास, रोजगारी तथा आर्थिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार कोषको योगदान सैनिक परिवारको कल्याणमा मात्र सीमित नभई सरकारका शिक्षा, स्वास्थ्य, सीप विकास र सामाजिक सुरक्षासम्बन्धी प्रयासमा समेत सहयोगी बनेको छ। हाल १० लाख हिताधिकारीले ती सुविधा तथा सुहलियत लिएका छन्। त्यस्तै करिब ४० हजार विद्यार्थी सैनिक विद्यालयमा छात्रवृत्तिमा अध्ययनरत छन् भने करिब एक लाख १० हजारभन्दा बढी सकलदर्जा सहुलियतपूर्ण ऋणबाट लाभान्वित भइसकेका छन्। सैनिक कल्याणकारी कोष सैनिक परिवारलाई सुविधा उपलब्ध गराउने संयन्त्रमात्र नभई शिक्षा, स्वास्थ्य, सीप, रोजगारी र उद्यमशीलतामार्फत राष्ट्रका लागि दक्ष तथा आत्मनिर्भर नागरिक उत्पादन गर्ने संस्थागत माध्यमका रूपमा स्थापित भएको छ। सैनिक परिवारका सन्ततिलगायत सर्वसाधारणलाई गुणस्तरीय, सहुलियतपूर्ण तथा समान शैक्षिक अवसर उपलब्ध गराउँदै चिकित्सा, प्राविधिक र कृषिलगायतका क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमार्फत राष्ट्रिय जनशक्ति विकासमा कोषले योगदान पुर्याउँदै आएको उल्लेख छ। सेनाले सुलभ, गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउँदै विशिष्टीकृत उपचार, दक्ष स्वास्थ्य जनशक्ति उत्पादन तथा परिचालनमार्फत राष्ट्रिय स्वास्थ्य प्रणालीलाई समेत सघाएको छ। हिताधिकारीको सामाजिक तथा आर्थिक सुरक्षा सुनिश्चित गर्न स्वास्थ्य तथा दुर्घटना बीमा, विपद् राहत, सहुलियतपूर्ण आवास, घडेरी तथा सवारीसाधन कर्जामार्फत सैनिक र तिनका परिवारको जीवनस्तर सुधारमा सैनिक कल्याणकारी कोषले निरन्तर योगदान दिँदै आएको छ। कुनै पनि राष्ट्रको सुरक्षा व्यवस्था सुदृढ बनाउन सैन्य सङ्गठनको व्यावसायिक क्षमता, दक्षता र मनोबल जति महत्त्वपूर्ण हुन्छ, सैनिक तथा तिनका परिवारको सामाजिक सुरक्षा र कल्याण पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। राष्ट्र र नागरिकको सुरक्षामा आफ्नो जीवनको महत्त्वपूर्ण समय समर्पण गर्ने सैनिक तथा सेवाबाट अवकाशप्राप्त गरेपछि पनि सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनयापन गर्न सक्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो। यही दायित्वलाई संस्थागत रूपमा सम्बोधन गर्दै नेपाली सेनाले २०३२ सालदेखि सैनिक कल्याणकारी कोषमार्फत बहालवाला तथा अवकाशप्राप्त सैनिक र तिनका आश्रित परिवारको शिक्षा, स्वास्थ्य, सीप विकास, रोजगारी तथा आर्थिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्दै आएको छ। सामाजिक सुरक्षा र आर्थिक सहुलियत शिक्षा, स्वास्थ्य र रोजगारीका अतिरिक्त हिताधिकारीको सामाजिक तथा आर्थिक सुरक्षालाई पनि कोषले प्राथमिकता दिएको छ। गम्भीर रोगका बिरामीका लागि स्वास्थ्य बीमा, कर्तव्यपालनका क्रममा मृत्यु भएका सैनिकका परिवारका लागि दुर्घटना बीमा तथा दैवी र प्राकृतिक प्रकोपबाट प्रभावित हिताधिकारीलाई आर्थिक राहत उपलब्ध गराइँदै आएको छ। सहुलियतपूर्ण आवास तथा घडेरी कर्जा, सवारीसाधन खरिदका लागि सहुलियत ऋण र अन्य आर्थिक सहायता कार्यक्रमले सैनिक परिवारको आर्थिक सुरक्षा र जीवनस्तर सुधारमा सहयोग पुर्याएका छन्। हालसम्म करिब एक लाख १० हजारभन्दा बढी सकलदर्जा सहुलियतपूर्ण ऋणबाट लाभान्वित भइसकेका छन्। सैनिकको सेवाअवधि समाप्त भए पनि उनीहरू र परिवारप्रतिको संस्थागत जिम्मेवारी निरन्तर रहन्छ भन्ने मान्यतालाई यी कार्यक्रमले व्यवहारमा उतारेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन (फाेटाे फिचर)
Latest NewsJust now

सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन (फाेटाे फिचर)

• कुकुर तिहारको अवसरमा सशस्त्र प्रहरी बल नेपालमा विशेष कार्यक्रम आयोजना गरिएको छ, जहाँ तालिमप्राप्त कुकुरहरूले विभिन्न सीप प्रदर्शन गरेका छन्। • कुकुरहरूले अपराध अनुसन्धान, विस्फोटक पदार्थ पहिचान, र विपद् खोज तथा उद्धारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। • कार्यक्रमको अन्त्यमा कुकुरहरूको पूजा गरी सम्मान जनाइएको छ। ...

नेपालबहस
सल्यान र रुकुमका चार हजार मौलिक शब्द समेटिएको पुस्तक ‘बकचालो’
Latest NewsJust now

सल्यान र रुकुमका चार हजार मौलिक शब्द समेटिएको पुस्तक ‘बकचालो’

हराउँदै गएको स्थानीय भाषा र मौलिक शब्दको संरक्षण तथा अभिलेखीकरण गर्ने उद्देश्यले पुस्तक तयार पारिएको लेखक हिरालाल केसीले बताए। ...

कान्तिपुर
तिहारमा पशुपंक्षी पूजाको सांस्कृतिक महत्त्व नयाँ पुस्तासम्म पुर्‍याउन संस्कृतिविद्को आग्रह
Latest NewsJust now

तिहारमा पशुपंक्षी पूजाको सांस्कृतिक महत्त्व नयाँ पुस्तासम्म पुर्‍याउन संस्कृतिविद्को आग्रह

काठमाण्डु- काग, कुकुरदेखि गाई, गोरुसम्म पशुपंक्षीको पूजा गरिने तिहारको मौलिक सांस्कृतिक महत्त्व नयाँ पुस्तासम्म पुग्न नसकेको भन्दै संस्कृतिविद्हरूले यसको अध्ययन, संरक्षण र प्रचारप्रसारमा जोड दिएका छन् । नेपालीको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चकका अवसरमा धार्मिक, सांस्कृतिक पत्रकार समाज नेपाल (रेक्जोन) ले आयोजना गरेको ‘तिहार र देउसी–भैलोको सांस्कृतिक महत्त्व’ विषयक अन्तरक्रियामा संस्कृतिविद्हरूले तिहारका धार्मिक तथा […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play