Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

सेवा प्रवाह प्रभावित भएपछि प्रदेश र स्थानीय तहमा थप कर्मचारी पठाउने मन्त्रालयको निर्णय

Share:WhatsAppFacebookX (Twitter)Telegram
सेवा प्रवाह प्रभावित भएपछि प्रदेश र स्थानीय तहमा थप कर्मचारी पठाउने मन्त्रालयको निर्णय
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश तथा स्थानीय तहअन्तर्गत सार्वजनिक सेवा प्रवाह हुने केही कार्यालयमा सेवाप्रवाहलाई थप चुस्त, प्रभावकारी र व्यवस्थित बनाउन थप कर्मचारी आवश्यक देखिएकाले आवश्यकताका आधारमा थप कर्मचारी खटाउने निर्णय गरेको छ। मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गतका राजपत्र अनङ्कित प्रथम श्रेणी (नायब सुब्बा) पदका कर्मचारीलाई अतिरिक्त समूहमा दरबन्दी कायम गरी कामकाजमा खटाउने निर्णय गरेको हो। मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा कर्मचारी व्यवस्थापनका लागि आवश्यक कर्मचारी संख्या खुलाएर पठाउन आग्रह गरेको छ। मन्त्रालयले केही प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दीअनुसार कर्मचारी पदपूर्ति नहुँदा सेवा प्रवाह तथा नियमित कामकाजमा असर परेको भन्दै यस्तो आग्रह गरेको हो। मन्त्रीस्तरीय निर्णयअनुसार कर्मचारी समायोजन ऐन, २०७५ को दफा ९ को उपदफा (१) बमोजिम सम्बन्धित प्रदेश तथा स्थानीय तहको सहमतिमा कर्मचारी खटाइनेछ। त्यसरी खटाइएका कर्मचारीको तलब तथा भत्ता सम्बन्धित प्रदेश वा स्थानीय तहबाटै भुक्तानी हुने व्यवस्था गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
त्रिभुवन विश्वविद्यालयमा विकेन्द्रीकरणको अवधारणा कार्यान्वयन हुँदै
Latest NewsJust now

त्रिभुवन विश्वविद्यालयमा विकेन्द्रीकरणको अवधारणा कार्यान्वयन हुँदै

काठमाण्डु – त्रिभुवन विश्वविद्यालयले विकेन्द्रीकरणको अवधारणाअनुसार तल्ला निकायलाई अधिकार प्रत्यायोजन गर्ने कार्य प्रारम्भ गरेको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाका अनुसार विश्वविद्यालय अन्तर्गतका सबै निकायलाई पत्राचार गरी विकेन्द्रीकरणको नीतिगत निर्णय कार्यान्वयनको प्रक्रिया अघि बढाइएको छ । उपकुलपति थापाले दीक्षान्त समारोह ७ वटै प्रदेशमा फरक ढंगले आयोजना गर्ने तयारी गरिएको र परीक्षा प्रणाली तथा नतिजा […] ...

काठमाण्डुपाटी
खाद्य कम्पनीको तिहारलक्षित रैथाने मेला [तस्बिरहरू]
Latest NewsJust now

खाद्य कम्पनीको तिहारलक्षित रैथाने मेला [तस्बिरहरू]

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तिहार लक्षित तीनदिने ‘तिहार विशेष रैथाने मेला २०८३’ आजदेखि सुरु गरेको छ । काठमाडौं थापाथलीस्थित कम्पनीको बागमती प्रादेशिक कार्यालय परिसरमा मेला सञ्चालन भइरहेको छ । ...

कान्तिपुर
खाद्य व्यवस्था कम्पनीको आयोजनामा तिहार विशेष रैथाने मेला सुरु (फोटोफिचर)
Latest NewsJust now

खाद्य व्यवस्था कम्पनीको आयोजनामा तिहार विशेष रैथाने मेला सुरु (फोटोफिचर)

काठमाडौँ, कात्तिक २१ गते । तिहारलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको आयोजनामा तिहार विशेष रैथाने मेला सुरु भएको छ । कम्पनीको बागमती प्रादेशिक कार्यालयमा सुर... ...

गोरखापत्र
यसपाली तिहारमा कस्तो छ झिलिमिली बत्तीको व्यापार ?
Latest NewsJust now

यसपाली तिहारमा कस्तो छ झिलिमिली बत्तीको व्यापार ?

काठमाडौं । तिहार अर्थात् उज्यालो र झिलिमिलीको पर्व । घरदेखि सडकसम्म झिलिमिली बत्तीले सजाउने तयारी भइरहँदा बजारमा चहलपहल पनि बढेको छ । यद्यपी यस वर्ष गत वर्षको तुलनामा व्यापार अपेक्षाअनुसार उत्साहजनक हुन नसकेको व्यवसायीहरूले बताएका छन् । उनीहरूका अनुसार यस वर्ष बाढीपहिरोका कारण आयातमा देखिएको अवरोध, सामानको सीमित उपलब्धता तथा उपभोक्ताको घट्दो क्रयशक्तिले झिलिमिली बत्तीको व्यापार प्रभावित भएको हो । विशेषगरी ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play