सेलिब्रिटी शार्क दक्षिण कोरियाली नहरमा फर्किई

Reuters दक्षिण कोरियामा चर्चामा आएको एउटी हल्का कालो पोथी शार्क एक महिनादेखि फसेको नहरमै फर्किएकी हो।स्थानीय सञ्चारमाध्यमका अनुसार अधिकारीहरूले सफल उद्धार गरिएको घोषणा गरेको एक दिनपछि उ सोही नहरमा फर्किएकी हो। बुकाङ्गी नाम दिइएको उक्त शार्क गत महिना दक्षिणपूर्वी बन्दरगाह शहर बुसानको नहरमा देखिएपछि अचानक चर्चामा आएकी थिई। भारत र बाङ्ग्लादेशबीच चल्दै आएको 'माछा कूटनीति' सङ्कटमा भारतमा प्रतिबन्धित माछा नष्ट गरियो समुद्री मामिलासम्बन्धी दक्षिण कोरियाली मन्त्रालयले बुधवार साँझ बुकाङ्गीलाई नहरबाट निकालेर खुला बन्दरगाहमा फिर्ता पठाइएको बताएको थियो।तर त्यसपछिका विवरणानुसार अधिकारीहरूले खडा गरेको अवरोध तोडी उक्त शार्क पौडी खेलेर नहरको मुखमा फर्किएकी हो। बुकाङ्गीलाई स्थानान्तरण गर्न अर्को कारबाही बिहीवारका लागि तय गरिएको छ।पर्यटक आकर्षितनहरको असामान्य तातो पानी र माछाको प्रशस्तताका कारण बुकुङ्गी त्यहाँ आकर्षित भएको हुन सक्ने ठानिएको छ।विज्ञहरूका अनुसार हरेक वर्ष समुद्रको तापक्रम बढ्दै जाँदा बुसानमा भविष्यमा अझ धेरै शार्कहरू देखिन सक्छ।नहरमा एक महिना लामो बसाइका क्रममा बुकाङ्गीले १६ लाखभन्दा बढी पर्यटकलाई आकर्षित गरेकी थिई। उसको लोकप्रियताले बुसानमा उल्लेख्य सङ्ख्यामा पर्यटक बढाएको छ र शहरले उसलाई अनौपचारिक मास्कटका रूपमा अपनाएको छ।तर अधिकारीहरू बुकाङ्गीको स्वास्थ्यबारे चिन्तित थिए। किनभने घाइते शार्कले खाना खान मानेकी थिइन। ‘जासुस ह्वेल’ रुसी सैनिक प्रशिक्षणबाट भागेको निष्कर्षआफू बसेको टापुबाट लगभग लोप भएका ह्वेलहरू किन टापुमै फर्किए बुकाङ्गीको थुतुनो रगतले लतपतिएको, नहरमा तैरिरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। पानीको तापक्रम घट्दै जाँदा उसलाई अझ कमजोर बनाउने चिन्ता थियो।बुधवार प्रत्यक्ष प्रसारण गरिएको एउटा कारबाहीका क्रममा उद्धारकर्मीहरूले तीन मिटर अग्लो उक्त शार्कलाई समातेर बन्दरगाहबाट खुला पानीतिर सार्न आठ घण्टाभन्दा बढी समय खर्चिएका थिए।सयौँ प्रशंसकले मन परेको उक्त शार्कलाई हर्षोल्लासका साथ बिदाइ गरेका थिए। तर अर्को दिन उ सोही नहरमा फर्किएली भन्ने कुरा कसैलाई थाहा थिएन।बुधवारको कारबाहीअघि बुकाङ्गीलाई जालले नहरबाट बाहिर निकाल्ने दुई वटा असफल प्रयास गरिएको थियो।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Read Complete Original Article
Published originally on बीबीसी नेपाली
Related News

‘थुप्रै’मा निःशुल्क पढ्न पाइने दस किताब
दसैँको टीका सकियो, बिदा सकिएको छैन। फुर्सद छ, तर नयाँ किताब किन्न मन छैन? पुस्तक पसल बन्द छन् वा किताब किन्न बजारसम्म पुग्न सक्ने अवस्था छैन? यस्तो बेला मोबाइलमा सामाजिक सञ्जाल चलाएर मात्रै समय बिताउनुपर्दैन। निःशुल्क पढ्न मिल्ने पुस्तकहरू खोज्न सकिन्छ। नेपाली पुस्तकको बिक्री र डिजिटल वितरण गर्दै आएको थुप्रैले आफ्नो वेबसाइटमा निःशुल्क ई-बुकको छुट्टै संग्रह राखेको छ। त्यहाँ नेपाली कविता र दर्शनका ...

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं, सुनसरी, मकवानपुर, मोरङ र तनहुँमा भएका सडक दुर्घटनामा ३१३ जना घाइते भएका छन् । काठमाडौँको टेकुस्थित अम्बे कम्प्लेक्स नजिकै त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाँदै गरेको बा प्र ०२–०६३ प ९०९६ नम्बरको मोटरसाइकलको ठक्करबाट भारतीय नागरिक […] ...
.jpg)
दशैँको उल्लासका बीच पनि जारी छ विदेश पलायन, त्रिभुवन विमानस्थलमा युवाहरूको भीड
परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले सयौँ नेपाली युवायुवती दशैँकै बीच विदेश प्रस्थान गरिरहेका छन्। ...

आगलागीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति
राँझा (बाँके), कात्तिक ५ गते । बाँकेको जानकी गाउँपालिका –५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको फर्नेस आयलको ट्याङ्कीमा आगलागी हुँदा एक करोड ५० लाख भन्दाबढीको क्षति भएको... ...


