काठमाडौं।नेपाली खाना र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले नेपाली खाना प्रवर्द्धन अभियानले आज आयोजना गरेको ‘भोजन लिपि दोस्रो राष्ट्रिय सेलरोटी प्रतियोगिता, २०८३’ मा कोपिला अधिकारी प्रथम भएकी छन्। भोजनलिपिका सर्जक अन्तर्राष्ट्रिय सेफ घनश्याम कँडेल (हाल अमेरिका) र दुर्गा खड्का (हाल आयरल्यान्ड) को पाककलामा आधारित प्रतियोगितामा अधिकारी प्रथम, कमल बुर्जा द्वितीय र सरिता गुरूङ तृतीयलाई क्रमशः १५ हजार, १० हजार र पाँच हजार पुरस्कार प्रदान गरियो। नेपालको पहिलो ‘एक्ज्युक्युिटभ सेफ’ गोविन्द नरसिंह केसी निर्णायक संयोजक र खाद्य विश्लेषक शारदा ज्ञवाली सदस्य रहेको यस वर्षको प्रतियोगितामा १४ सहभागी थिए। अभियानका संयोजक देवीप्रसाद सापकोटाले सेलरोटीलाई प्रतियोगिताका रुपमा सञ्चालन गरिएको यस वर्ष पनि यस्तै अभियान सञ्चालन गरिएको र यसलाई देशव्यापी रूपमा विस्तार गर्ने योजना रहेको बताए।
सेलरोटी प्रतियोगितामा कोपिला प्रथम

Read Complete Original Article
Published originally on नेपालन्युज






