Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

सेनेगलको तटमा आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा ३४ जनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
सेनेगलको तटमा आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा ३४ जनाको मृत्यु
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । सेनेगलको समुद्री तट नजिकै आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । सेनेगलको सरकारी समाचार संस्था एपीएसले उक्त जानकारी दिएको हो । सेनेगलको गृह मन्त्रालयका अनुसार दुर्घटनामा एक जनाको उद्धार गरिएको छ । डुंगामा कति जना सवार थिए र कति जना अझै बेपत्ता छन् भन्ने खुल्न सकेको छैन । काठबाट बनेको सानो डुंगा राजधानी डकार र उत्तरी सहर सेन्ट लुइसबीचको समुद्री क्षेत्रमा पल्टिएको थियो। उक्त डुंगा स्पेनको क्यानरी टापुतर्फ जाँदै थियो । आप्रवासी अधिकारका लागि काम गर्ने स्पेनी संस्था ‘वाकिङ बोर्डर्स’का अनुसार सन् २०२६ को जनवरीदेखि मेसम्म क्यानरी टापु पुग्ने अटलान्टिक समुद्री मार्गमा ६३५ जनाको मृत्यु भएको थियो । संस्थाले निगरानी गर्ने समुद्री मार्गमध्ये यो सबैभन्दा बढी मानवीय क्षति भएको मार्ग हो । सेनेगलका आप्रवासीलाई सहयोग गर्दै आएको संस्था ‘बोजा फे’का संस्थापक सालिउ डियुफले हालसम्म फेला परेका सबै शव सेनेगलका नागरिकको रहेको बताएका छन् । डुंगामा सवार अन्य व्यक्तिको राष्ट्रियता भने खुल्न सकेको छैन । उद्धार तथा खोजी कार्य जारी छ । सेनेगलका राष्ट्रपति बासिरु दियोमाये फायेले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै नागरिकलाई जोखिमपूर्ण समुद्री मार्गबाट यात्रा नगर्न आग्रह गरेका छन् । The post सेनेगलको तटमा आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा ३४ जनाको मृत्यु appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चौपाया तस्कर र सशस्त्र प्रहरीबिच झडप
Latest NewsJust now

चौपाया तस्कर र सशस्त्र प्रहरीबिच झडप

लीलाराज खड्का झापा, कात्तिक २३ गते । नेपालबाट भारततर्फ चौपाया लैजान खोज्ने चौपाया तस्कर र सशस्त्र प्रहरीबिच नेपाल–भारत सिमास्थित झापा गाउँपालिकाको लसुनगञ्ज सिमा क्षेत्रमा झडप भएको... ...

गोरखापत्र
एनपीएलमा पोखराको सानदार पुनरागमन, कर्णाली ६३ रनले पराजित
Latest NewsJust now

एनपीएलमा पोखराको सानदार पुनरागमन, कर्णाली ६३ रनले पराजित

• पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिगमा कर्णाली याक्सलाई ६३ रनले हराउँदै पहिलो जित हासिल गरेको छ। • पोखराले २१७ रनको लक्ष्य बनाएको थियो, जसमा युवराज सामराले १०२ रनको शतक र कुशल भुर्तेलले ६२ रनको योगदान दिए। • कर्णाली याक्स पाँच खेलमा दुई जितसहित सातौं स्थानमा झरेको छ। ...

नेपालबहस
चितवनले गुमायो तेस्रो विकेट, जितका लागि ४१ बलमा ७४ रन आवश्यक
Latest NewsJust now

चितवनले गुमायो तेस्रो विकेट, जितका लागि ४१ बलमा ७४ रन आवश्यक

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध चितवन राइनोजले तेस्रो विकेट गुमाएको छ । १८१ रनको लक्ष्य पछ्याइरहेको चितवनले १३.१ ओभरमा १०७ रन बनाउँदा डान माउज्लीलाई गुमाएको हो । उनी... ...

रातोपाटी
धान बिक्रीको पर्खाइमा किसान
Latest NewsJust now

धान बिक्रीको पर्खाइमा किसान

बाँके – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान बिक्री गर्न स्थानीय किसान प्रतिक्षारत रहे पनि हालसम्म आवश्यक प्रक्रिया सुरु हुन सकेको छैन । लामो समयदेखि सो कम्पनीलाई धान बिक्री गर्दै आएका नेपालगञ्ज–१९ का किसान कल्लुबहादुर वलीले यस वर्ष प्रक्रिया सुरु नभएको बताए । खेतबाट धान भित्र्याइसकेका किसान बिक्रीका लागि पर्खाइमा छन् । ‘घरभरि धान […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play