Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

सूचना प्रविधि उद्यमी सिर्जना श्रेष्ठको संसदयात्रा

Share:WhatsAppFacebookX (Twitter)Telegram
सूचना प्रविधि उद्यमी सिर्जना श्रेष्ठको संसदयात्रा
Photo / Coverage: टक्सार

व्यवसायमा स्थापित भइसकेपछि नीतिगत अवरोधसँग जुध्दै राजनीतिमा प्रवेश गरेकी उनी संसद् र संसदीय समितिमार्फत अर्थतन्त्र, सूचना प्रविधि र उद्योग व्यवसाय क्षेत्रका समस्या सम्वोधनका लागि सक्रिय छिन् । लक्ष्मी ज्ञवाली धरानमा जन्मिएकी सिर्जना श्रेष्ठको बाल्यकालको ठुलो हिस्सा विराटनगरमा बित्यो । बुवाको कामका कारण कक्षा १० सम्मको पढाइ विराटनगरमै भयो । त्यसपछि परिवारको व्यवसाय काठमाडौँ सरेसँगै उनको जीवनले नयाँ मोड लियो । पढाइसँगै आर्थिक रूपमा आत्मनिर्भर हुने चाहनाले उनलाई कम उमेरमै कामतर्फ डोर्‍यायो । उनले इभेन्ट म्यानेजमेन्ट, अकाउन्ट, मार्केटिङ र एडमिनिस्ट्रेसनलगायत क्षेत्रमा काम गरिन् । कम्प्युटरको औपचारिक शिक्षा नलिए पनि कामकै क्रममा सूचना प्रविधिको क्षेत्रमा अनुभव बटुल्दै गइन् । स्नातकोत्तर तहको अध्ययन पूरा गरेपछि उनले बहुराष्ट्रिय कम्पनीमा सात वर्ष काम गरिन् । त्यसपछि आफ्नै व्यवसाय सुरु गरिन् । फिनिक्स ट्रेडिङ हुँदै क्लाउडिङ एन्ड सेक्युरिटी इन्टरप्राइजेसमार्फत विभिन्न आठ ब्रान्डका सामान ७७ ओटै जिल्लामा वितरण गर्ने व्यावसायिक यात्रा अघि बढ्यो । व्यवसाय विस्तारसँगै नीतिगत समस्या पनि उनका लागि दैनिक चुनौती बन्दै गयो । कम्पनी दर्तादेखि भन्सार र ग्रे च्यानलसम्मका समस्याले उनलाई सरकारी संयन्त्रसँग पटक–पटक ठोक्किनुपर्‍यो । “एक्लै लड्दा कतैबाट काम नबनेपछि म एकदमै निराश पनि भएँ,” उनी सम्झिन्छिन् । त्यो निराशा नै पछि उनको राजनीतिक यात्राको एउटा आधार बन्यो । यद्यपी अध्ययनशील बानी र आफूलाई लागेको कुरा निर्धक्क राख्न सक्ने बोल्ड स्वभावकी उनलाई सांसद यात्रा फलदायी हुने विश्वास छ । राजनीतिमा लाग्ने कुरा कल्पनासमेत नगरेकी सूचना प्रविधि उद्यमी सिर्जना श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद बनेकी छन् । व्यवसायमा स्थापित भइसकेपछि नीतिगत अवरोधसँग जुध्दै राजनीतिमा प्रवेश गरेकी उनी संसद् र संसदीय समितिमार्फत अर्थतन्त्र, सूचना प्रविधि र उद्योग व्यवसाय क्षेत्रका समस्या सम्बोधनका लागि सक्रिय छिन् । २२ वर्षको व्यावसायिक अनुभवलाई नीतिनिर्माणमा उपयोग गरेर देशको अर्थतन्त्रलाई गतिशील बनाउने उनको लक्ष्य छ । उद्ममशीलताबाट नीतिनिर्माणसम्म सिर्जनाको परिवार र माइती दुवैतर्फ राजनीतिक पृष्ठभूमि थिएन । उनको मनमा राजनीतिबारे बनेको धारणा पनि सकारात्मक थिएन । राजनीतिलाई पुरानो पुस्ताले गर्ने कामका रूपमा बुझ्ने उनी आफैँ कुनै दिन सांसद बन्छु भन्ने सोचमा थिइनन् । व्यवसायका समस्या बुझ्दै जाँदा उनलाई नीति नै धेरै समस्याको मुल विषय हो भन्ने लाग्न थाल्यो । यही क्रममा उनी क्यान महासंघमा जोडिइन् । केन्द्रीय सदस्य हुँदै उपाध्यक्षसम्मको जिम्मेवारी सम्हाल्दा उनले देशभरिका सूचना प्रविधि क्षेत्रका समस्या प्रत्यक्ष रूपमा बुझ्ने अवसर पाइन् । एआई नीति, डेटा प्रोटेक्सनलगायत विषयमा सरकारलाई सुझाव दिइए पनि त्यसको अपेक्षित कार्यान्वयन नभएपछि कहिलेकाही निकै दिक्क लागेको उनि सुनाउँछिन् । “हामीले सुझाव त दियौँ तर कार्यान्वयन भएन । त्यसले मलाई नीतिगत तहमा नै पुगेर काम गर्नुपर्छ भन्ने लाग्यो,” श्रेष्ठ भन्छिन् । जेन्जी आन्दोलनले देशको राजनीतिक डिस्कोर्स नै परिवर्टन गरेन सिर्जनाको राजनीतिक सोचलाई निर्णायक रूपमा बदलिदियो । युवा र विज्ञहरू राजनीतिमा नआएसम्म देशको अवस्था बदल्न कठिन हुने निष्कर्षमा पुगेपछि उनले वैकल्पिक राजनीतिको बाटो रोजिन्, राजनीतिमा लाग्ने । राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत राजनीतिमा प्रवेश गर्दा उनी क्यान महाङ्घमा कार्यवाहक अध्यक्ष थिइन् । पार्टीले महिला नेतृत्वको आवश्यकता औँल्याउँदै उनलाई अगाडि बढ्न प्रोत्साहित गर्‍यो । चुनावी प्रक्रिया र तीन चरणका परीक्षासमेत पार गरेर उनी समानुपातिक सांसद बनिन् । सांसदका रूपमा शपथ लिएको दिन उनका लागि राजनीतिक जीवनको सबैभन्दा स्मरणीय क्षणमध्ये एक बन्यो । टेलिभिजनमा देखिने र राजनीतिमा विज्ञ मानिएका अग्रज व्यक्तित्वहरूको बिचमा बसेर शपथ लिँदा आफूभित्र गहिरो जिम्मेवारीबोध भएको उनी बताउँछिन् । “अहिलेसम्म मैले आफ्नो र परिवारका लागि गरेँ, अबको मेरो जीवन देशका लागि समर्पित गर्नुपर्छ भन्ने महसुस भयो,” उनी भन्छिन् । त्यही दिन आफू अब पछाडि फर्किने अवस्थामा नरहेको अनुभूति भएको उनको भनाइ छ । राजनीतिमा प्रवेशअघि राजनीति ‘फोहोर खेल’जस्तो लाग्ने भए पनि सांसद बनेपछि त्यसको वास्तविक शक्ति बुझेको श्रेष्ठ बताउँछिन् । एउटा सही नीति र निर्णयले पूरै देशको दिशा बदल्न सक्ने शक्ति राजनीतिमा रहेको उनको निष्कर्ष छ । त्यसैले आफ्नो २२ वर्षको व्यावसायिक अनुभवलाई अब नीतिगत तहमा प्रयोग गर्ने उनको योजना छ । व्यवसाय र संसद्को जिम्मेवारी संसद् प्रवेशपछि पनि उनको व्यवसाय पूर्ण रूपमा रोकिएको छैन । पतिसँगै व्यवसाय सञ्चालन गर्दै आएकी श्रेष्ठसँग संस्थामा अनुभवी टिम छ । व्यवसायलाई अटोमेसनमा लैजाने प्रयासले पनि उनलाई राजनीतिक जिम्मेवारी सम्हाल्न सहज बनाएको छ । “व्यवसायमा राम्रो टिम तयार गरेकाले अहिले संसद्को काममा केन्द्रित हुन सकेकी छु,” उनी भन्छिन्‌् । पत्नी, आमा, व्यवसायी र राजनीतिक नेताको भूमिका एकसाथ निर्वाह गर्नु सहज भने छैन तर महिलाले एकैपटक धेरै जिम्मेवारी सम्हाल्न सक्ने क्षमता राख्ने उनको विश्वास छ । पछिल्लो केही समयदेखि उनी पूर्ण रूपमा संसदीय काममा केन्द्रित छिन् । उनी आवद्ध राजनीतिक दल रास्वपाले उनलाई सुनसरी–१, धरानको जिम्मेवारी पनि दिएको छ । आफ्नो माइती क्षेत्र भएकाले धरानसँग उनको भावनात्मक सम्बन्धसमेत छ । धरानमा पर्यटन, संस्कृति र शिक्षाको ठुलो सम्भावना रहेको उनी मान्छिन् । एउटै नगरमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पूर्वाञ्चल इन्जिनियरिङ कलेज, हात्तीसार कलेज र पिण्डेश्वरी संस्कृत विद्यापीठजस्ता शैक्षिक संस्था हुनु धरानको विशेषता भएको उनको भनाइ छ । “धरानको विकासले समग्र नेपालको पर्यटनमा ठुलो योगदान दिन सक्छ,” श्रेष्ठ भन्छिन् तर सम्भावनाको तुलनामा विकासको गति अपेक्षाअनुसार अघि बढ्न नसकेको उनको बुझाइ छ । नीतिगत अस्पष्टताले धेरै परियोजना प्रभावित भएको उनको निष्कर्ष छ । नेपालको अर्थतन्त्र सुधारका लागि कृषि, शिक्षा र सूचना प्रविधिलाई प्राथमिकतामा राख्नुपर्ने श्रेष्ठको धारणा छ । कृषिलाई प्रविधिसँग जोडेर उत्पादन र बजार व्यवस्थापन सुधार गर्न सकिने उनको विश्वास छ । सूचना प्रविधिमा सफ्टवेयर निर्यातको ठुलो सम्भावना रहेको र त्यसबाट देशभित्रै रोजगारी सिर्जना गर्न सकिने उनी बताउँछिन् । आर्थिक सुधारको आधार भने शिक्षा प्रणाली रहेको उनको धारणा छ । “बजारले खोजेको जनशक्ति तयार गर्ने शिक्षा प्रणाली बनाउनुपर्छ । त्यसो भए मात्र अर्थतन्त्र बलियो र चलायमान हुन्छ,” श्रेष्ठको निष्कर्ष छ । ‘मिनी पार्लियामेन्ट’मा सक्रियता उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समिति उनको रोजाइको संसदीय समिति हो । सदनमा पर्याप्त समय नपाइने भएकाले समिति सांसदका लागि नीतिगत हस्तक्षेपको महŒवपूर्ण माध्यम बनेको उनको बुझाइ छ । “हामीलाई सदनमा बोल्न समय एकदमै कम हुन्छ । त्यसैले समितिले ‘मिनी पार्लियामेन्ट’को काम गरिरहेको छ,” उनी भन्छिन् । सिर्जना कागजी छलफलमा मात्र सीमित हुन चाहन्नन् । उनी आफैँ बजारमा पुगेर एमआरपी, सामानको तौल र व्यवसायी उपभोक्ताका समस्या बुझ्ने गर्छिन् । यसले संसदीय भूमिकालाई केवल सदनमा भाषण गर्ने कामभन्दा बाहिर लैजान खोजेको देखाउँछ । सूचना प्रविधि क्षेत्रबाट राजनीतिमा आएकी श्रेष्ठको प्राथमिकतामा डिजिटल अर्थतन्त्र स्वाभाविक रूपमा परेको छ । नेपालले ‘डिजिटल नेपाल’को लक्ष्य अघि सारे पनि त्यसअनुकूल कानुनी र नीतिगत संरचना अझै पर्याप्त नभएको उनको मूल्याङ्कन छ । एआई नीति, साइबर बुलिङ, डेटा प्रोटेक्सन र डेटा सेक्युरिटीका क्षेत्रमा तत्काल कानुनी सुधार आवश्यक रहेको उनी बताउँछिन् । “हामी डिजिटल नेपालको कुरा गर्छौँ तर नीति नियमहरू धेरै ठाउँमा पुरानै छन्,” श्रेष्ठ भन्छिन् । सञ्चार क्षेत्रलाई पनि प्रविधिको बदलिँदो अवस्थाअनुसार जिम्मेवार र सुरक्षित बनाउने कानुनी संरचना आवश्यक रहेको उनको धारणा छ । सामाजिक सञ्जालमा ट्रोलिङ र गलत सूचनाको प्रभाव बढ्दै जाँदा सार्वजनिक संवादमा समेत असर परिरहेको उनी बताउँछिन् । बैंकिङ फ्रड नियन्त्रण, डेटा सुरक्षादेखि मेटालगायत विश्वव्यापी डिजिटल प्लेटफर्मसँग आधिकारिक समन्वय गर्ने व्यवस्था निर्माण गर्नुपर्ने उनको भनाइ छ । पार्टीभन्दा माथि देश सङ्घीय संसद्मा नयाँ सांसदका रूपमा सिर्जनाका लागि आगामी दिन चुनौतीपूर्ण छन् तर हरेक समस्या समाधान गर्न सकिने अठोट उनमा छ । सङ्घ, प्रदेश र स्थानीय तहबिचको समन्वयलाई विकासको अर्को महŒवपूर्ण आधार मान्छिन् । सङ्घले नीति बनाउने तर कार्यान्वयनका तहमा प्रदेश र स्थानीय सरकारबिच समन्वय नहुने हो भने उपलब्धि हासिल गर्न नसकिने उनको धारणा छ । “माथिको सरकारलाई फेल गराउन काम नगरिदिने मानसिकताबाट हामी माथि उठ्नुपर्छ,” उनी भन्छिन् । आफू पार्टीको सीमाभन्दा माथि उठेर देश र जनताको प्रतिनिधिका रूपमा काम गर्न तयार रहेको उनको दाबी छ । व्यवसायमा नीतिगत समस्या भोग्दै आएकी एक सूचना प्रविधि उद्यमी अन्ततः त्यही समस्या समाधान गर्ने ठाउँमा पुगेकी छन् । उनको यात्राको सबैभन्दा रोचक पक्ष यही हो, व्यवसाय छाडेर राजनीति रोजेकी होइनन् बरु व्यवसायमा भोगेका समस्याको समाधान खोज्दै नीतिनिर्माणको केन्द्रसम्म आइपुगेकी हुन् । सूचना प्रविधि, उद्यमशीलता, उद्योग व्यवसाय र डिजिटल अर्थतन्त्रका मुद्दालाई संसद्मा बलियोसँग उठाउन पनि थालेकी छिन् । “विगतमा पार्टीमा नलागे पनि अब मँ राजनीतिमा लागिसकें, पछाडि फर्किदिनँ,” उनी भन्छिन्, “व्यक्ति, संसद, उद्यमी र पार्टीभन्दा माथि देश छ । आफ्ना व्यवसायिक र व्यक्तिगत काममा थोरै समय छुट्याउँदै मेरो जीवन देशका लागि समर्पित गरिसकेको छु ।” (टक्सार म्यागजिन, भाद्र २०८३ मा प्रकाशित । टक्सारको नियमित स्तम्भ संसदीय मञ्चमा संसदमा नवप्रवेशी, फरक फरक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यका विषयमा फिचर गरिने गरिएको छः सं) टक्सार म्यागजिन इपेपरमा पढ्नहाेसः https://thuprai.com/magazine/taksar-vol-6-issue-5/read/

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डा. केसीकाे उपचार त्रिवि शिक्षण अस्पतालमा  हुँदै
Latest NewsJust now

डा. केसीकाे उपचार त्रिवि शिक्षण अस्पतालमा हुँदै

काठमाडौं । स्वास्थ्यमा जटिलता देखिएपछि चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीलाई इलामबाट काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत सोमबार बिहान १०ः३० बजे काठमाडौं ल्याइएका केसीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका माग राख्दै डा. केसीले गत बिहीबारदेखि इलामस्थित नारायण मन्दिरमा आफ्नो २५औँ सत्याग्रह सुरु गरेका थिए । अनसनका क्रममा स्वास्थ्य अवस्था बिग्रिएपछि ...

केन्द्रबिन्दु
सत्तारुढ दल रास्वपाले विवादित न्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव ल्याए विपक्षी कांग्रेसले के गर्छ ?
Latest NewsJust now

सत्तारुढ दल रास्वपाले विवादित न्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव ल्याए विपक्षी कांग्रेसले के गर्छ ?

• राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिचौलियासँग सम्बन्धित न्यायाधीशहरूको महाभियोगको विषयमा कांग्रेसको समर्थनको अपेक्षा गर्दै आन्तरिक छलफल गरिरहेको छ। • कांग्रेसले महाभियोगको विषयमा तत्काल धारणा सार्वजनिक नगर्ने निर्णय गर्दै 'पर्ख र हेर'को नीति अपनाएको छ। • रास्वपामा न्यायाधीशहरूको महाभियोगको विषयमा दुई धार देखिएको छ, र बिचौलिया सापकोटासँगको सम्बन्धले रास्वपाको नेतृत्वलाई अन्योलमा पारेको छ। ...

नेपालबहस
डिजिटल प्रविधिले वित्तीय पहुँच र आर्थिक विकासमा ठूलो टेवा पुग्छ :  गभर्नर पौडेल
Latest NewsJust now

डिजिटल प्रविधिले वित्तीय पहुँच र आर्थिक विकासमा ठूलो टेवा पुग्छ : गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले वित्तीय प्रविधिको तीव्र विकासले परम्परागत वित्तीय सेवा प्रवाह गर्ने शैलीमा आमूल परिवर्तन ल्याइरहेको बताएका छन् । राष्ट्र बैंकले आयोजना गरेको ‘वित्तीय सेवाबाट... ...

रातोपाटी
कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठक सुरु
Latest NewsJust now

कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठक सुरु

बैठकमा सञ्चारगृहमा प्रहरी प्रवेश, पत्रकार पक्राउ, न्यायालयमा बिचौलियाको प्रवेश र कर्मचारीतन्त्रमा बढेको त्रासबारे छलफल भइरहेको छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play