सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ जिरो ड्यामस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिहीबार राति ११ बजेर ५० मिनेटमा प्रशान्त शाहीको घरमा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र कर्णाली प्रदेश प्रहरी गणबाट खटिएको ४५ जना प्रहरीको संयुक्त टोलीले घरधनी ३४ वर्षीय प्रशान्त शाहीसहित १७ जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट १ लाख ५ हजार ६ सय ७० रुपैयाँ, २८ बुक तास र लङ्गुरबुर्जा खेलका ६ वटा गोटी बरामद गरेको जनाएको छ । बरामद तासमध्ये २४ बुक नखुलेका र ४ बुक खुलेका छन् । पक्राउ पर्नेमा दैलेखका १०, अछामका ३, सुर्खेतका ३ र बर्दियाका १ जना छन् । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





