Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

सुरक्षण मुद्रण केन्द्रमा मासिक ६२ हजार ‘स्मार्ट लाइसेन्स’ छापिँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुरक्षण मुद्रण केन्द्रमा मासिक ६२ हजार ‘स्मार्ट लाइसेन्स’ छापिँदै
Photo / Coverage: पर्दाफास

काभ्रेको पनौती नगरपालिका–५ धनेश्वरस्थित सुरक्षण मुद्रण केन्द्र (सेक्यूरिटी प्रिन्टिङ प्रेस)मा मासिक सरदर ६२ हजार ‘क्युआर–कोड’सहितको स्मार्ट लाइसेन्स (चालक अनुमति पत्र) छापिरहेको छ । हाल देशभरका यातायात व्यवस्था विभाग तथा त्यसअन्तर्गका कार्यालयबाट प्राप्त लाइसेन्स छापिरहेको केन्द्रले जनाएको छ । केन्द्रमा चालु आर्थिक वर्षको साउन महिनायता दुई लाख ५० हजार लाइसेन्स छापिएको छ । हाल केन्द्रमा दैनिक रूपमा यातायात व्यवस्था विभागअन्तर्गका कार्यालयबाट प्राप्त ‘डेटा’का आधारमा लाइसेन्स छापिरहेको केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार तत् कार्यालयबाट इमेलबाट प्राप्त छपाई आग्रहअनुसार लाइसेन्स छाप्ने गरिएको छ । छपाई परिमाणका आधारमा भुक्तानी पनि स्वयं कार्यालयबाट भइरहेको तिमिल्सिनाको भनाइ छ । ‘क्युआर–कोड’सहितको स्मार्ट लाइसेन्स छपाई सुरु गरेदेखि असार मसान्तसम्मको अवधिमा २७ लाख ४७ हजार लाइसेन्स छापेर सम्बन्धित कार्यालय पठाइएको तिमिल्सिनाले जानकारी दिए । विभाग र केन्द्रबिच गत वैशाख ४ गते ‘क्युआर–कोड’सहितको स्मार्ट लाइसेन्स छपाइसम्बन्धी सम्झौता भएपछि सोही गुणस्तरको छपाईको काम सुरु गरिएको हो । तिमिल्सिनाका अनुसार विभागसँगको पहिलो चरणको सम्झौताअनुसार १२ लाख थान लाइसेन्स छपाइ गरिएको थियो भने त्यसपछि असारमसान्तसम्ममा थप १५ लाख ४७ हजार लाइसेन्स छापिएको थियो । ‘केही सङ्ख्यामा ब्याकलग लाइसेन्स पनि सँगसँगै छपाइ हुने गर्दछ’, तिमल्सिनाले भने । केन्द्र र विभागबीच पहिलो चरणमा २०८२ कात्तिक १२ गते छ महिनाभित्र १२ लाख थान लाइसेन्स छपाइ गर्ने सम्झौता गरिएको थियो । केन्द्रले निर्धारित समयअघि नै उक्त काम सम्पन्न गरेको थियो । दोस्रो चरणमा भने गत वैशाख ४ गते १५ लाख ४७ हजार लाइसेन्स छाप्ने सम्झौता भएको थियो । गत आर्थिक वर्षमा केन्द्रले हुलाक सेवा विभागसँगको सम्झौताअनुसार करिब ९० लाख थान हुलाक टिकट छापिएको तिमिल्सिनाले जानकारी निए । केन्द्रमा हाल नौ जना इन्जिनियर र १६ जना प्राविधिक गरी २५ जना कर्मचारीलाई खटाएको जनाइएको छ । यस्तै केन्द्र परिसरमा निर्माणाधीन बहुउद्देश्यीय भवन अन्तिम चरणमा पुगेको छ । सूचना–प्रविधि पार्क (आईटी पार्क)का लागि निर्माण गरिएका भौतिक पूर्वाधार प्रयोगविहीन अवस्थामा रहेपछि सोही पार्कलाई छ वर्षअघि तत्कालीन सरकारले केन्द्रमा परिणत गरेको थियो । केन्द्रमा राहदानी, बैंक नोट, चालक अनुमति पत्र, स्मार्टकार्ड, हुलाक टिकट, अन्तः शुल्क स्टीकर, सिमकार्डलगायत सुरक्षित छपाइ गर्न सकिनेछन् । पार्कभित्रै खानेपानीका लागि एक–एक लाख लिटरका दुई वटा खानेपानीका ट्याङकी, छापाखानाका लागि आवश्यक पर्ने चार ठूला जेनेरेटर जडान तथा उक्त जेनेरेटर सञ्चालन गर्ने इन्धन भण्डारका लागि तीन लाख लिटर क्षमताको अण्डरग्राउण्ड डिजेल ट्याङकी निर्माण भएका छन् । प्रेस पूर्णरूपमा सञ्चालनमा ल्याइए सुरक्षित मुद्रणबापत नेपालबाट वार्षिक रूपमा बाहिरिने करिब १० अर्ब जोगिने अपेक्षा गरिएको छ । २०५७ सालमा निर्माण सुरु गरिएको उक्त आईटी पार्क निर्माणकार्य सम्पन्न भई ०६१ मा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आजदेखि काठमाडौँका विभिन्न क्षेत्रमा चार दिन विद्युत् कटौती हुने
OthersJust now

आजदेखि काठमाडौँका विभिन्न क्षेत्रमा चार दिन विद्युत् कटौती हुने

नेपाल विद्युत् प्राधिकरण बानेश्वर वितरण केन्द्रले विद्युत् वितरण प्रणाली सुदृढीकरण तथा मर्मतसम्भार कार्यका लागि काठमाडौँका विभिन्न क्षेत्रमा चार दिन विद्युत् आपूर्ति बन्द गर्ने भएको छ। बानेश्वर वितरण केन्द्रले सार्वजनिक गरेको सूचनाअनुसार भूमिगत लाइनको काम सम्पन्न भइसकेका क्षेत्रमा स्ट्रक्चर फिटिङ, एचटीरएलटी केबल राइजिङ, केबल कनेक्सन तथा बसबार एरेन्जमेन्टलगायतका काम गर्न विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो। प्राधिकरणका अनुसार मंसिर १२ गते शनिबार केएमसी ...

पर्दाफास
मुस्ताङमा भारतीय सहयोगमा निर्मित विद्यालयको छात्रावास उद्घाटन
OthersJust now

मुस्ताङमा भारतीय सहयोगमा निर्मित विद्यालयको छात्रावास उद्घाटन

भारत सरकारको सहयोगमा मुस्ताङको लोमन्थाङ गाउँपालिका–२ स्थित श्री दिव्य दीप माध्यमिक विद्यालयमा निर्माण गरिएको छात्रावास भवन उद्घाटन गरिएको छ। भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डे र लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले बिहीबार संयुक्त रूपमा नवनिर्मित छात्रावास भवन उद्घाटन गरेका हुन्। उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत निर्माण गरिएको उक्त भवन लोमन्थाङ गाउँपालिकामार्फत कार्यान्वयन गरिएको हो। उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्षसहित स्थानीय सरोकारवालाले भारत ...

पर्दाफास
म्याद थपिंदा पनि बनेन अर्जुनचौपारी–रापाकोट सडक
OthersJust now

म्याद थपिंदा पनि बनेन अर्जुनचौपारी–रापाकोट सडक

१२ मङ्सिर, स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तीन वडा जोड्ने अर्जुनचौपारी–रापाकोट रणनीतिक सडकको भँगारी खण्ड दुई वर्षदेखि अधुरै छ । एक हजार आठ सय मिटर लामो सडक निर्माणका लागि पटक–पटक म्याद थपिए पनि कामले गति लिन सकेको छैन । निर्माणमा भइरहेको ढिलाइप्रति ध्यानाकर्षण गराउँदै गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले सामाजिक सञ्जालमार्फत भौतिक पूर्वाधार विकास तथा यातायात… ...

अनलाइन खबर
जसपालाई कांग्रेसको आश
OthersJust now

जसपालाई कांग्रेसको आश

नेताहरूका अनुसार जसपा नेपालका अध्यक्ष यादव भने कांग्रेस नेतृत्वको साथ पाउनेमा आशावादी छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement