Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

सुन्तलाले फेरिँदै सलकपुरको अर्थतन्त्र र पर्यटन

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुन्तलाले फेरिँदै सलकपुरको अर्थतन्त्र र पर्यटन
Photo / Coverage: केन्द्रबिन्दु

झापा । इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड रुपैयाँसम्म आम्दानी हुन थालेको छ । सुन्तला उत्पादन र बिक्रीसँगै बगान अवलोकन तथा ताजा सुन्तलाको स्वाद लिन आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । पूर्वीनाका काँकरभिट्टाबाट करिब ३० किलोमिटर उत्तरमा रहेको सलकपुरको करिब ९० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । यतिबेला बगानमा लटरम्म फलेका सुन्तला पाकेर पहेँलपुर बनेका छन् । सुन्तलाको स्वाद लिन, बोटबाटै टिपेर खान तथा बगानमा तस्बिर खिच्न आन्तरिक र भारतीय पर्यटक यहाँ पुग्ने गरेका छन् । वडाध्यक्ष सत्यम राईका अनुसार सलकपुरमा दैनिक करिब एक सय पर्यटक आउने गरेका छन् । वडा कार्यालयको अनुमानअनुसार यहाँ वार्षिक औसत ४५० देखि ६०० मेट्रिक टन सुन्तला उत्पादन हुन्छ । मौसम अनुकूल र रोगकिराको प्रकोप कम भएका वर्ष उत्पादन अझ बढ्ने गरेको छ । सुन्तला बिक्रीबाट मात्रै यहाँ वार्षिक रु तीन करोडदेखि चार करोडसम्म आम्दानी हुने गरेको छ । गाउँका एक सयभन्दा बढी घरपरिवार सुन्तला खेतीमा संलग्न छन् । रोगका कारण पुराना बोट मरेपछि नयाँ बगान विस्तार गर्ने क्रम पनि बढेको छ । यहाँ उत्पादित सुन्तला स्वादिलो र रसिलो भएकाले बोटबाटै बिक्री हुने गरेको छ । झापाको काँकरभिट्टा, बिर्तामोड र दमक तथा मोरङको विराटनगरका बजारमा यहाँको सुन्तला पुग्ने गरेको छ । सीमावर्ती भारतीय बजार सिलिगुडी र नक्सलबारीमा पनि सलकपुरको सुन्तलाका रूपमा यसको प्रचार गरी बिक्री गरिँदै आएको छ । इलाम, झापा, मोरङ र सुनसरीका पर्यटकसँगै भारतको सिलिगुडी, दार्जिलिङ र कोलकाताबाट समेत पर्यटक आउन थालेका छन् । स्थानीय देबेन खड्काका अनुसार गाउँका करिब ३० घरमा सञ्चालित घरबासमा शुक्रबार र शनिबार पाहुनाको चाप बढ्ने गरेको छ । सलकपुरमा ३० वटा ठूला सुन्तला बगान छन् । खड्काका अनुसार बजारमा सुन्तलाको मूल्य प्रतिकिलो रु २१० देखि रु २२० सम्म रहेकामा बगानमै पुग्ने पर्यटकले प्रतिकिलो रु १३० मा ताजा सुन्तला किन्न पाउँछन् । पर्यटकसँगै व्यापारी पनि सिधै बगानमा पुगेर सुन्तला खरिद गर्ने गरेका छन् । शुक्रबार र शनिबार निन्दा–सलकपुर (कदम पदमार्ग) हुँदै पैदलयात्रा तथा सवारीसाधनबाट पर्यटकको आवागमन बढ्ने गरेको छ । झापाका बिर्तामोड, दमक र धुलाबारी, मोरङको उर्लाबारी तथा भारतबाट समेत गरी ती दिनमा ३०० देखि ५०० पर्यटक सलकपुर पुग्ने गरेको खड्काले बताए । उनले पनि १० रोपनी जमिनमा सुन्तला बगान लगाएका छन् । यस वर्ष विगतका तुलनामा सुन्तला उत्पादन राम्रो भएको उनको भनाइ छ । बगानमा रमाउन आउने पर्यटकले सुन्तलाको स्वाद लिनुका साथै नजिकैको गुर्धुम डाँडाबाट सूर्योदयको दृश्यावलोकनसमेत गर्ने गरेका छन् । विसं २००४ मा दार्जिलिङबाट बसाइँ सरेर आएका गौरीलाल लामाले सलकपुरमा सुरु गरेको सुन्तला खेतीले अहिले व्यावसायिक रूप लिएको छ । सुरुमा दार्जिलिङबाट ल्याइएका बिरुवा रोपिएको भए पनि अहिले पाल्पाबाट ल्याइएका उन्नत जातका बिरुवाले राम्रो उत्पादन दिइरहेका छन् । सलकपुर, कुवापानी र जौबारी क्षेत्र सुन्तलासँगै अलैँची, अकबरे खुर्सानी, अम्लिसो र मह उत्पादनका लागि पनि परिचित छन् । यहाँ उत्पादित सुन्तला प्रत्येक वर्ष भारतको कोलकातामा आयोजना हुने सुन्तला महोत्सवमा प्रदर्शन तथा बिक्रीका लागि समेत लगिने गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दिल्लीको उपलब्धि र बालेनलाई निमको लड्डु
Latest NewsJust now

दिल्लीको उपलब्धि र बालेनलाई निमको लड्डु

अन्तर्राष्ट्रिय सम्बन्धमा कुनै पनि राष्ट्रको वास्तविक शक्ति उसको भूगोल, जनसङ्ख्या वा अर्थतन्त्रले मात्र निर्धारण गर्दैन । उसले आफ्नो राष्ट्रिय हितका पक्षमा कति दृढतापूर्वक वार्ता गर्न सक्छ, आफ्नो कमजोरीलाई कति कुशलतापूर्वक... ...

रातोपाटी
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सुरु
Latest NewsJust now

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सुरु

काठमाडौँ, मङ्सिर ९ गते । नेपाली सेना र भारतीय सेनाबिचको संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ को २०औँ संस्करण मङ्गलबारदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएक... ...

गोरखापत्र
बङ्गलादेशी गार्मेन्ट कामदारको न्यूनतम ज्याला ३६ प्रतिशत वृद्धि
Latest NewsJust now

बङ्गलादेशी गार्मेन्ट कामदारको न्यूनतम ज्याला ३६ प्रतिशत वृद्धि

ढाका । बङ्गलादेशमा गार्मेन्ट उद्योगका कामदारले लामो वार्तापछि न्यूनतम मासिक ज्याला ३६ प्रतिशत वृद्धि गर्न सहमति जुटाएका छन् । बुधबार भएको सम्झौताअनुसार कामदारको न्यूनतम मासिक ज्याला १२ हजार ५०० टाकाबाट... ...

रातोपाटी
लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको आह्वान
Latest NewsJust now

लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको आह्वान

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता गर्न सबै पक्षलाई आह्वान गरेका छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको प्रारम्भका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले लैङ्गिक हिंसा मानव अधिकारको गम्भीर उल्लङ्घन तथा समतामूलक समाज निर्माणको प्रमुख चुनौती भएको उल्लेख गरे । उनले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement