Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको आह्वान

Share:WhatsAppFacebookX (Twitter)Telegram
लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको आह्वान
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता गर्न सबै पक्षलाई आह्वान गरेका छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको प्रारम्भका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले लैङ्गिक हिंसा मानव अधिकारको गम्भीर उल्लङ्घन तथा समतामूलक समाज निर्माणको प्रमुख चुनौती भएको उल्लेख गरे । उनले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय हिंसाबाट बढी प्रभावित भइरहेको उल्लेख गर्दै बदलिँदो परिवेशमा डिजिटल माध्यमबाट हुने हिंसासमेत थप चुनौतीका रूपमा देखिएको बताएका छन् । संविधानको मर्मअनुरूप समानता, सामाजिक न्याय र समावेशितालाई व्यवहारमा रूपान्तरण गर्न सबै प्रकारका हिंसाको रोकथाम, पीडितको संरक्षण, न्यायमा पहुँच र दोषीलाई कानुनी कारबाही सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए । प्रधानमन्त्री शाहले लैङ्गिक हिंसा अन्त्यका लागि कानुनी तथा संस्थागत व्यवस्था सुदृढीकरण, महिलाको सशक्तीकरण, बालिका शिक्षाको प्रवर्द्धन तथा पीडितको संरक्षण र पुनःस्थापनालाई सरकारले प्राथमिकता दिएको उल्लेख गरेका छन् । यी प्रयासलाई प्रभावकारी बनाउन कानुनको कार्यान्वयन, सामाजिक चेतना, संस्थागत जवाफदेहिता तथा तीनै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ। यसैवर्ष भदौ महिनामा भोटेकोशी क्षेत्रमा गएको बाढीले पुर्‍याएको क्षतिको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री शाहले विपद्का समयमा लैङ्गिक हिंसाको जोखिम बढ्न सक्नेतर्फ विशेष सचेत रहनसमेत आग्रह गरेका छन् । अभियानलाई सफल बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम, राजनीतिक दल, अभियन्ता र आम नागरिकको सक्रिय सहभागिता तथा ऐक्यबद्धताका लागि उनले आह्वान गरेका छन् । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन हुने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान यस वर्ष पनि आजदेखि सुरु भएको हो। संयुक्त राष्ट्रसङ्घले यस वर्ष ‘महिला तथा बालिकाविरुद्धको हिंसा अन्त्यका लागि एकजुट होऔँ: न्याय सुनिश्चित गरौँ, पीडितको संरक्षण गरौँ र दण्डहीनताको अन्त्य गरौँ’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ अभियान सञ्चालन गर्न आह्वान गरेको छ। नेपालमा ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नारासहित अभियान सञ्चालन हुँदैछ। प्रधानमन्त्री शाहले अभियानअन्तर्गत सञ्चालन हुने विविध कार्यक्रमले लैङ्गिक हिंसामुक्त, न्यायपूर्ण र समतामूलक समाज निर्माणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै अभियानको सफलताको कामना गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
हथकडी लगाउने चेतावनीका बीच किन बंगलादेश फर्किन चाहन्छिन् हसिना ?
Latest NewsJust now

हथकडी लगाउने चेतावनीका बीच किन बंगलादेश फर्किन चाहन्छिन् हसिना ?

काठमाण्डु – बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू आगामी डिसेम्बर १६ मा भारतबाट स्वदेश फर्किने तया।रीमा छन् । सन् २०२४ अगस्टमा सत्ताच्युत भएपछि उनी भारतमा बस्दै आएकी छन् । बंगलादेशमा डिसेम्बर १६ लाई विजय दिवसका रूपमा मनाइन्छ । सन् १९७१ मा पाकिस्तानसँगको युद्धपछि यही दिन बंगलादेश स्वतन्त्र भएको थियो । समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का […] ...

काठमाण्डुपाटी
भारत भ्रमणपछि प्रधानमन्त्रीले देशवासीलाई राष्ट्रिय स्वाभिमान र समृद्धिको तस्बिर देखाउन सक्नुपर्छ
Latest NewsJust now

भारत भ्रमणपछि प्रधानमन्त्रीले देशवासीलाई राष्ट्रिय स्वाभिमान र समृद्धिको तस्बिर देखाउन सक्नुपर्छ

नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको नोभेम्बर २२–२३ मा सम्पन्न भारतको दुई दिने राजकीय भ्रमणलाई विभिन्न दृष्टिकोणबाट विश्लेषण गर्न सकिन्छ । यो भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ सम्भावना देखाएको छ । केही महत्त्वपूर्ण... ...

रातोपाटी
मुख्यमन्त्री कार्कीद्वारा राजीनामाबारे सहयात्री दल नेकपासँग छलफल
Latest NewsJust now

मुख्यमन्त्री कार्कीद्वारा राजीनामाबारे सहयात्री दल नेकपासँग छलफल

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टेलिफोन गरेर पदबाट राजीनामा दिन आग्रह गरेपछि कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की अप्ठ्यारोमा परेका छन् । उनले आफ्नो अप्ठ्यारोको विषयमा मंगलबार सत्ता सहयात्री दल... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement