सुनकोसी-मरिण डाइभर्सन ठेक्कामा लफडा : महानिर्देशक श्रेष्ठ ४९ दिनमै सरुवा,रजाैरे ३७ दिनमै पक्राउ

काठमाडौँ। प्रधानमन्त्री कार्यालयको निर्देशन भन्दै सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोसी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाल प्रहरी नियन्त्रणमा लिएकाे छ । सिँचाइ विभाग स्राेतअनुसार महानिर्देशक रजौरियालाई सिरहा र रिजाललाई सिन्धुलीबाट नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएका दुवै अधिकारीलाई भने प्रहरी हिरासतमा नराखी सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बुझाइएको छ। स्रोतका अनुसार सुनकोसी-मरिण डाइभर्सन आयोजनाको ठेक्का प्रक्रियासँग सम्बन्धित विषयमा उनीहरूलाई नियन्त्रणमा लिइएको हुनसक्ने अनुमान गरिएको छ। सुनकोसी मरिण डाइभर्सन आयोजनाको ठेक्का प्रक्रिया रोक्न प्रकृया रोक्न प्रधानमन्त्रीको सचिवालयले दबाब दिए पनि महानिर्देशक रजौरेले प्रक्रियाअनुसार अगाडि बढेकाले नमिल्ने बताएको स्रोतहरूको दाबी छ । उक्त आयोजनाको ठेक्का प्रक्रिया पटक–पटक अघि बढ्ने र रद्द हुने हुँदै आएको छ। यद्यपि, दुवै अधिकारीलाई नियन्त्रणमा लिनुको आधिकारिक कारण भने सार्वजनिक भइसकेको छैन। सिंँचाइ विभागका अधिकारीहरूले यसलाई पासपोर्ट काण्डको अर्को शैली भनेका छन् । पासपोर्ट ठेक्का प्रकरणमा प्रधानमन्त्री कार्यालयको सचिवालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी र परराष्ट्र मन्त्रालयका अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कार्यालयमै राखेर ठे्क्का खारेज गर्न दबाब दिएको थियो । पछि यस विषयमा तत्काली मुद्दा समेत विशेष अदालत लगिएको थियो । सिँचाइ विभागमा महेश्वर श्रेष्ठलाई महानिर्देशक बनाएर पठाएको ४९ दिनमै मन्त्रालय फिर्ता बोलाएर रजौरेलाई महानिर्देशक बनाइएको थियो । खुल्ला प्रतिस्प्रधाबाट आएका श्रेष्ठलाई तत्कालै फिर्ता बोलाइएको थियो । उच्च स्रोतहरूका अनुसार मन्त्रालय फिर्ता बोलाइएका तत्कालीन महानिर्देशक श्रेष्ठसहितको समूहलाई अपमानजनक ढङ्गले मन्त्रालयमा राखिएको छ ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

एनप्याब्सनलाई सरकारले गर्यो निलम्बन
सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)लाई निलम्बन गरेको छ। शुक्रबार गृह मन्त्रालयले सूचना जारी गरी एनप्याब्सनलाई निलम्बन गरिएको जनाएको छ। गृहले भनेको छ, ‘राष्ट्रिय निर्देशन ऐन, २०१८ दफा ५ बमोजिमको निर्देशन पालना नगरेकाले ऐ. ऐनको दफा ६ को उपदफा (२) बमोजिम राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाललाई अर्को निर्णय ... ...

सरकारी निर्देशन अवज्ञा गरेको भन्दै सरकारले एनप्याब्सनलाई गर्यो निलम्बन
काठमाण्डु– सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ । गृह मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम दिएको निर्देशन पटक–पटक पालना नगरेको भन्दै एनप्याब्सनलाई निलम्बन गरेको जनाएको छ । मन्त्रालयका अनुसार एनप्याब्सनका पदाधिकारीबाट नेपाल सरकारबाट स्वीकृत विधान तथा संस्थाको मूल उद्देश्यविपरीतका गतिविधिसमेत भएको देखिएको छ । […] ...

नेप्से परिसूचक पाँच दशमलव ४५ अङ्कले घट्यो
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलव ४५ अङ्कले घटेर दुई हजार ६९० दशमलव १५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ५४ अङ्कले घटेर ४८७ दशमलव ६६ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव ३६ अङ्कले ...

बजारमा ७ महिनायताकै उच्च कारोबार, विकास बैंक समूहको परिसूचक सर्वाधिक १.६१ प्रतिशतले बढ्यो
• नेप्से परिसूचक ५.४५ अंकले घटेर २,६९०.१५ विन्दुमा पुगेको छ, जसमा १०२ कम्पनीको शेयर मूल्य बढेको र १६९ कम्पनीको घटेको छ। • विकास बैंक समूहको परिसूचक १.६१ प्रतिशतले बढेको छ, जबकि बैंकिङ, फाइनान्स र अन्य समूहका परिसूचक घटेका छन्। • लुम्बिनी विकास बैंकको ५५० रूपैयाँमा ३८ करोड ४८ लाखको कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा ७ प्रतिशतले बढेको हो। ...


