Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

सुनकोशी-मरिण आयोजनाको ठेक्का रद्दसम्बन्धी कागजात सात दिनभित्र उपलब्ध गराउन निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुनकोशी-मरिण आयोजनाको ठेक्का रद्दसम्बन्धी कागजात सात दिनभित्र उपलब्ध गराउन निर्देशन
Photo / Coverage: हिमालय टाइम्स

काठमाडाैं । संसदको सार्वजनिक लेखा समितिले सुनकोशी-मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्ध गरिएको विषयसँग सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । समितिले यस विषयमा जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक दिनेश रजौरिया, ऊर्जा मन्त्रालयका अधिकारीलगायतसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो । समिति सभापति भरतबहादुर खड्काले सम्बन्धित निकायलाई सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिँदै कागजात प्राप्त भएपछि अध्ययन गरेर थप छलफल अघि बढाइने बताउनु भयो । छलफलका क्रममा सभापति खड्काले राष्ट्रिय गौरवको आयोजना ढिलाइ हुँदा त्यसको असर मधेश प्रदेशमा मात्र सिमित नभई सिंगो देशलाई पर्ने बताउनु भयो । सभापति खड्काले अब सार्वजनिक लेखा समितिमा व्यापक छलफल गरेर निष्कर्षमा पुगिने बताउनु भयो । ठेक्का तथा टेण्डर रद्ध हुँदा हुने आर्थिक नोक्शानीलाई मात्र हेर्ने प्रवृत्तिमा परिवर्तन गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले परियोजना रद्ध वा ढिलाइ हुँदा त्यसको मूल उद्देश्य प्राप्तिमा पर्ने असर तथा त्यसबाट हुने समग्र क्षतिको समेत समीक्षा गर्नुपर्नेमा जोड दिनुभयो । सभापति खड्काले भन्नुभयो,‘मधेस अन्नको भण्डार हो । हाम्रा राष्ट्रिय गौरवका आयोजनाहरू जति ढिलो हुन्छन्, त्यसबाट मधेसलाई मात्र नभई सिंगो नेपाललाई नै क्षति पुग्छ । यस विषयले पनि मलाई गम्भीर बनाएको छ । यो विषयलाई समेत लेखा समितिमा व्यापक छलफल गरौँ र त्यसको पनि निष्कर्ष निकालौँ भन्ने मेरो धारणा छ । किनभने, अहिलेसम्म हामीले ठेक्कापट्टा तथा टेण्डर रद्ध हुँदा त्यसबाट हुने आर्थिक नोक्शानीलाई मात्र एकांगी रूपमा हेर्ने गरेका छौँ । तर जुन उद्देश्यका लागि परियोजना सञ्चालन गरिएको हो, त्यो परियोजना ढिलो हुँदा वा रद्द हुँदा त्यसको उद्देश्य प्राप्तिमा पर्ने असर र त्यसबाट हुने समग्र क्षतिको विषयमा पनि हामीले समीक्षा गर्नु जरुरी छ । यस्तो विषयमा व्यापक समीक्षा गर्दा सम्बन्धित सबै पक्षलाई थप जिम्मेवार बनाउन सकिन्छ भन्ने मलाई लाग्छ । यस विषयले पनि हामीलाई गम्भीर बनाएको छ ।’ समितिले अब सम्बन्धित निकायबाट कागजात प्राप्त गरेपछि ठेक्का रद्ध गर्नुको कारण, अपनाइएको प्रक्रिया तथा आयोजनामा परेको प्रभावबारे थप अध्ययन र छलफल गर्नेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपालसँग भारतले मागेको हवाई रुट चीनसँग सम्बन्धित रहेको एसडी मुनीको दाबी
Latest NewsJust now

नेपालसँग भारतले मागेको हवाई रुट चीनसँग सम्बन्धित रहेको एसडी मुनीको दाबी

नेपालबारे चासो राख्ने भारतीय कुटनीतिक मामिला विज्ञ प्राध्यापक एसडी मुनीले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण वाचा र प्रस्तुतिका हिसाबले उत्कृष्ट रहेको तर कुनै ब्रेकथ्रु हुन नसकेको बताएका छन्। नेपालले मुख्य चासोको रुपमा उठाएको हवाई रुटका सम्बन्धमा मुनीले नयाँ कुरा सार्वजनिक गरेका छन्।  भारतले बागडोगराका लागि नेपाली आकाश प्रयोगको अनुमति माग्ने कुरा चीनसँ... ...

नेपालखबर
बालेनको भारत भ्रमणमा ठोस उपलब्धि भएन : एसडी मुनी
Latest NewsJust now

बालेनको भारत भ्रमणमा ठोस उपलब्धि भएन : एसडी मुनी

काठमाडौँ । भारतीय प्राध्यापक एसडी मुनीले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणमा ठोस उपलब्धि हासिल हुन नसकेको टिप्पणी गरेका छन् । मंगलबार एक्समा पोस्ट गर्दै मुनीले बालेनको भ्रमणमा देखावटी पक्ष र... ...

रातोपाटी
सरकारले खारेज गर्दैछ १५ पुराना ऐन, करसम्बन्धी कानुन पनि संशोधन गरिने
Latest NewsJust now

सरकारले खारेज गर्दैछ १५ पुराना ऐन, करसम्बन्धी कानुन पनि संशोधन गरिने

काठमाडौं । सरकारले अर्थतन्त्रमा बाधा पुर्‍याइरहेका पुराना र असान्दर्भिक १५ वटा ऐन खारेज गर्ने प्रक्रिया अघि बढाएको छ । नयाँ कानुन थपिँदै जाने तर पुराना कानुन हटाउन ढिलाइ हुँदा व्यवसाय र लगानीमा समस्या परेको भन्दै सरकारले यस्तो तयारी गरेको हो । मंगलबार प्रतिनिधिसभाको अर्थ समितिमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ […] ...

लोकपथ
मनकामना हिलक्रेस्ट रिसोर्टको १ वर्ष पूरा
Latest NewsJust now

मनकामना हिलक्रेस्ट रिसोर्टको १ वर्ष पूरा

चितवन को-इ समूहअन्तर्गतको रिसोर्ट्स बाई मनकामना केबलकार प्रा.लि. द्वारा स्वामित्व तथा सञ्चालित र मनकामनाको पहिलो लक्जरी होटल मनकामना हिलक्रेस्ट रिसोर्ट आफ्नो पहिलो वर्षको सफल सञ्चालन पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ ।  मनकामनामा सुविधासम्पन्न र  आरामदायी बसाइको अनुभव प्रदान गर्दै यस क्षेत्रलाई तीर्थाटनसँगै र त्योभन्दा परको एक आकर्षक गन्तव्यका रूपमा स्थापित गर्... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement