सुधाकर दलेला नेपालका लागि भारतीय राजदूतमा नियुक्त

काठमाडौं । भारत सरकारले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाई नियुक्त गरेको छ । भारतीय विदेश मन्त्रालयले दलेलालाई नेपालका लागि नयाँ राजदूतमा नियुक्त गरेको हो । भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल सकिएपछि नयाँ राजदूत नियुक्त गरिएको हो । राजदूत श्रीवास्तव आफ्नो कार्यकाल सकाएर फर्किसकेका छन् । भारतीय विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरेर मन्त्रालयका सचिवसमेत रहेका दलेलालाई नेपालका लागि राजदूतमा नियुक्त गरेको उल्लेख गरेको छ। नवनियुक्त राजदूत देलाल छिट्टै आफ्नो कार्यभार सम्हाल्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ । दलेला सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका कूटनीतिज्ञ हुन् । उनले आफ्नो कूटनीतिक करियर इजरायलको तेल अभिभस्थित भारतीय नियोगबाट सुरु गरेका थिए । त्यसपछि उनले ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय नियोगमा विभिन्न जिम्मेवारी सम्हालेका छन् । The post सुधाकर दलेला नेपालका लागि भारतीय राजदूतमा नियुक्त appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

१२ बजे १२ समाचार : टुंगो लाग्यो गगन टीमदेखि अध्यादेशको विरोधसम्म
काठमाडौँ। रातोपाटीको नियमित प्रस्तुति १२ बजे १२ समाचारमा पाठकवृन्दलाई स्वागत छ । विद्युत् व्यापारमा निजी क्षेत्रलाई बाटो खुला विद्युत् व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई समेत बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा... ...

आरुघाटमा बेलीब्रिज जडान गरिँदै
गोरखा । नेपाली सेना र गोरखा सडक योजनाले संयुक्त रूपमा आरुघाटमा बेलीब्रिज जडान गर्ने काम सुरु गरेका छन् । गत आइतबार बूढीगण्डकीको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटको पुलको केही... ...

भन्सार छलीका ९ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद
रुपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ बनरहवाबाट प्रहरीले भन्सार छली गरी लुकाइछिपाइ राखिएका रु नौ लाख १८ हजार मूल्य बराबरका मोबाइलका डिस्प्ले तथा बडी प्यानल बरामद गरेको छ । इलाका प्रहरी... ...

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि सिट निर्धारण, यसै शैक्षिकसत्रदेखि पठनपान हुने
धनगढी । कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै शैक्षिकसत्र २०८३/८४ देखि पठनपाठन सुरु हुने भएको छ । चिकित्सा शिक्षा आयोगले पठनपाठनका लागि स्वीकृति दिँदै विभिन्न शैक्षिक कार्यक्रमका... ...


