काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत कीर्तिपुरमा जारी खेलमा काठमाडौं गोर्खाजविरुद्ध टस हारेर पहिले ब्याटिङ गरिरहेको सुदूरपश्चिम रोयल्सले सुरुआतमै ठूलो झट्का बेहोरेको छ। काठमाडौंका बलरहरूको कसिलो बलिङसामू सुदूरपश्चिमले २.१ ओभरमा मात्र ८ रन जोड्दा आफ्ना महत्त्वपूर्ण ३ विकेट गुमाइसकेको छ । इनिङ्सको पहिलो ओभरमै स्कट कुगेलेइन ६ रन बनाएर आउट भए भने ब्रान्डन म्याकमुलन र इशान पाण्डे खाता नै नखोली पेभिलियन फर्किए। काठमाडौंका लागि सन्तोष यादवले घातक बलिङ गर्दै १ ओभरमा मात्र १ रन खर्चेर २ विकेट हात पारेका छन् भने जाहांदद खानले १ विकेट लिएका छन्।
सुदूरपश्चिमको ब्याटिङ धराशयी, सुरुवातमै ३ विकेट पतन

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






