काठमाडौं।नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १७७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनायो। सुदूरपश्चिमका ओपनर सैफ जैव र विनोद भण्डारीले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गर्दै टोलीलाई बलियो सुरुवात दिलाए।भण्डारी २२ बलमा २७ रन बनाएर रनआउट भए। उनले २ चौका र २ छक्का प्रहार गरे। जैवले २४ बलमा ४ चौका र १ छक्कासहित ३५ रन बनाए। उनलाई सूर्य तामाङले बोल्ड गरे। अब सुदूरपश्चिमले दिएको लक्ष्य पछ्याउँदै कर्णाली जितको खोजीमा मैदान उत्रिनेछ।
सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य, कर्णालीलाई १७७ रन

Read Complete Original Article
Published originally on नेपालन्युज






