Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

सुक्खा बन्दरगाह निर्माण २६ प्रतिशत पूरा

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुक्खा बन्दरगाह निर्माण २६ प्रतिशत पूरा
Photo / Coverage: नेपालन्युज

कञ्चनपुर।हालसम्म दोधारा चाँदनीमा निमार्ण भइरहेको सुक्खा बन्दरगाहको २६ प्रतिशत काम सम्पन्न भएको छ। बहुप्रतिक्षित सुक्खा बन्दरगाहको निर्माण अवधि ३० महिना तोकिएको छ। करिब दुई अर्ब ३७ करोड भारतीयको लागतमा उक्त बन्दरगाह निर्माण हुने भएको हो। बन्दरगाहको निर्माण २४ डिसेम्बर २०२५ बाट सुरु भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका इञ्जिनियर अनिश केसीले जानकारी दिए। उनले उक्त आयोजना निर्माणपछि सुदूरपश्चिममा आर्थिक चहलपहल बढ्ने विश्वास व्यक्त गरे। दोधारा चाँदनी नगरपालिका–१ स्थित गौरीशङ्कर सामुदायिक वनमा बन्दरगाह निर्माणका लागि नेपाल सरकार र भारत सरकारबीच जुन १, २०२३ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो। बन्दरगाह निमार्णका लागि प्रयोग हुने ४२.३६ हेक्टर क्षेत्रफलमा दुई वटा गोदाम भवन, भन्सार चेक जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवन लगायतका पूर्वाधार निर्माण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ। नेपालतर्फ सुक्खा बन्दरगाहसम्मको ६ लेनको पहुच मार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा आइसकेको छ। भारततर्फ बन्दरगाहसम्मको पहुँचमार्ग निमार्ण गरिरहेको छ। सुख्खा बन्दरगाह निर्माणसँगै पश्चिममी नाका सञ्चालनमा आए सुदूरपश्चिम विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नियुक्ति सिफारिस प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउन सुनुवाइ समितिले सरकारलाई निर्देशन दिने
Latest NewsJust now

नियुक्ति सिफारिस प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउन सुनुवाइ समितिले सरकारलाई निर्देशन दिने

सरकारले गर्ने सिफारिस प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन आवश्यक निर्देशन दिइने बताएका छन्। ...

हाम्राकुरा
डा. केसीलाई संवादमा आउन शिक्षा मन्त्रालयको अनुरोध
Latest NewsJust now

डा. केसीलाई संवादमा आउन शिक्षा मन्त्रालयको अनुरोध

शिक्षा तथा खेलकुद मन्त्रालयले सत्याग्रह अन्त्य गरेर संवादमा आउन डा. गोविन्द केसीलाई अनुरोध गरेको छ।  सोमबार मन्त्रालयले डा. केसीले उठाएका विभिन्न माग र मन्त्रालयबाट हालसम्म भएका सम्झौताको कार्यान्वयन अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरेको छ। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि डा. केसीले राखेका मागहरू सम्बोधन गर्न सरकार सुरुदेखि नै पूर्ण रूपमा प्रतिबद्... ...

नेपालखबर
२२ बुँदे साझा प्रतिबद्धतासहित सकियो प्रदेश अर्थमन्त्रीहरूको वीरेन्द्रनगर भेला
Latest NewsJust now

२२ बुँदे साझा प्रतिबद्धतासहित सकियो प्रदेश अर्थमन्त्रीहरूको वीरेन्द्रनगर भेला

सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सोमबार आयोजित प्रदेश अर्थमन्त्रीको भेला २२ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर गर्दै सम्पन्न भएको छ । विशेषगरी वित्तीय सङ्घीयता कार्यान्वयनमा केन्द्र सरकार प्रतिबद्ध नभएको भेलाको निष्कर्ष छ । वित्तीय... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play