Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

माग्रीभिरको कडा चट्टान छिचोलियो, सडक सञ्जालमा पहुँच हुने आशा

Share:WhatsAppFacebookX (Twitter)Telegram
माग्रीभिरको कडा चट्टान छिचोलियो, सडक सञ्जालमा पहुँच हुने आशा
Photo / Coverage: केन्द्रबिन्दु

मुगु । गमगढी-नाक्चेलाग्ना सडकअन्तर्गत मुगुम कार्मारोङ गाउँपालिकाको माग्रीभिरमा रहेको करिब ३०० मिटर लामो कडा चट्टान छिचोलिएको छ । नेपाली सेनाको सहयोगमा चट्टान काट्ने काम सम्पन्न भएपछि यस क्षेत्रका बासिन्दाको सडक पहुँचको वर्षौंदेखिको सपना साकार हुने आशा बढेको हो । कडा र चुनौतीपूर्ण चट्टानका कारण सडक निर्माणमा कठिनाइ हुँदै आएको माग्रीभिर छिचोलिएसँगै अब माथिल्लो क्षेत्रमा सडक खन्न सहज हुने सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । यसलाई दुर्गम कार्मारोङ्ग गाउपालिकालाई सडक सञ्जालसँग जोड्ने अभियानमा महत्त्वपूर्ण प्रगतिका रूपमा लिइएको छ । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार नेपाली सेनाको सहयोगमा कडा चट्टान छिचोल्ने काम सम्पन्न भएको हो । चट्टान काट्ने काम सकिएपछि त्यसको माथिल्लो क्षेत्रमा सडक निर्माण गर्न सहज हुने उनले बताए । चालु आर्थिक वर्षभित्रै पुलुसम्म सडक खन्ने लक्ष्यका साथ काम भइरहेको महताराले जानकारी दिए । उनका अनुसार उक्त सडक निर्माणका लागि रु १५ करोडको ठेक्का सम्झौता गरी काम अघि बढाइएको छ । गमगढी-नाक्चेलाग्ना सडक मुगुको उत्तरी क्षेत्रका बासिन्दाको आवागमन सहज बनाउने, स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउने तथा सीमावर्ती क्षेत्रसँगको सम्पर्क विस्तार गर्ने महत्त्वपूर्ण सडक हो । माग्रीभिरको कडा चट्टान छिचोलिएसँगै सडक निर्माणले गति लिने र मुगुवासीको चिनसँग व्यापार गर्ने सपना पनि पूरा हुने अपेक्षा गरिएको छ । नेपाल चिन जोड्ने गमगढी-नाक्चेलाग्ना नाका सडक निर्माण गर्न सुरु गरेको २१ वर्षमा १८ किमी मात्र ट्याक खोलिएको छ । मुगु जिल्लामा पर्ने चीनसँग जोडने यो सडक विसं २०६२ देखि नेपाल सरकारले औपचारिक रूपमा निर्माण सुरु गरेको थियो । मुगु सदरमुकाम गमगढी बजारबाट चीनसँगको सिमाना नाक्चेलाग्नासम्म ९६ किमी दूरी रहेपनि सडक निर्माण सुरु भएको २१ वर्षमा १८ किमी ट्याक खोलिएको सडक डिभिजन कार्यालयका प्रमुख महताराले जानकारी दिए । नेपालका चिनसँग जोडिएका १४ परम्परागत सिमानामध्य जिल्ला सदरमुकामबाट चिनको सिमानासम्म दुरिका हिसावले यो नाका अन्य नाकाभन्दा छोटो मानिन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तिहारका लागि मुस्ताङबाट भित्रिए भेडाच्याङ्ग्रा
Latest NewsJust now

तिहारका लागि मुस्ताङबाट भित्रिए भेडाच्याङ्ग्रा

म्याग्दी, कात्तिक १६ गते । तिहार पर्व नजिकिएसँगै मुस्ताङबाट बिक्रीका लागि भेडाच्याङ्ग्रा म्याग्दी भित्र्याइएको छ । व्यवसायीका अनुसार प्रतिच्याङ्ग्रा ४० देखि ४५ हजार रूपियाँसम्म मूल... ...

गोरखापत्र
६८ रोपनीमा गाँजा नष्ट
Latest NewsJust now

६८ रोपनीमा गाँजा नष्ट

हुम्ला समाचारदाताहुम्ला कात्तिक १६ गते । जिल्ला प्रहरी कार्यालय र मताहतका प्रहरी चौकीले नयाँ आर्थिक वर्षको साउन महिनादेखि कात्तिक १० गतेसम्म ६८ रोपनी बाँझो जग्गामा उम्रिएको गाँजा न... ...

गोरखापत्र
न्यायाधीशलाई महाभियोग लगाउन संविधानमा कस्तो व्यवस्था छ ?
Latest NewsJust now

न्यायाधीशलाई महाभियोग लगाउन संविधानमा कस्तो व्यवस्था छ ?

रास्वपाले संसदीय दललाई संसद्‌मार्फत कदम चाल्न निर्देशन दिए पनि विशेष अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष चुडामणि पौडेलले सबै विषयमा अनुसन्धानपछि मात्रै प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् । ...

कान्तिपुर
ई-बिडिङ प्रकरणमा थप तीन निर्माण व्यवसायी पक्राउ
Latest NewsJust now

ई-बिडिङ प्रकरणमा थप तीन निर्माण व्यवसायी पक्राउ

सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय सरकारी खरिद प्रणाली (ई-जीपी) मा अनधिकृत पहुँच पुर्‍याएर विभिन्न ठेक्काका आर्थिक प्रस्तावसम्बन्धी कागजात हेरफेर गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर ब्युरोले प्राविधिक अनुसन्धान तथा विश्लेषणका आधारमा घटनामा संलग्न रहेको खुलेका तीन जनालाई कात्तिक १५ गते पक्राउ गरेको हो। साइबर ब्युरोका प्रवक्ता एवं प्र... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play