गुल्मी । सुक्खा पहिरो गएपछि कालीगण्डकी करिडोर सडक पुन:अवरुद्ध बनेको छ । उक्त सडकअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका-२ राक्से खण्डमा सडक माथिबाट सुक्खा पहिरो खसेपछि आज बेलुकादेखि सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो । सडक सञ्चालन भएको तीन दिनपछि पुन: माथिबाट चट्टानसहितको सुक्खा पहिरो खसिरहेकाले आज बेलुकीदेखि आवागमन अवरुद्ध बनेको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिए । अहिले सडक माथिबाट परिहो झरिरहेका कारण थप जोखिम हुनसक्ने भन्दै भोलि बिहान पहिरोको अवस्था हेरेर मात्र सडक सञ्चालनका लागि डोजर परिचालन गरिने उनले बताए । सडक माथिबाट चट्टानसहितको सुक्खा पहिरो झरिरहेकाले आज राति पहिरो हटाउन सम्भव नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । The post सुक्खा पहिरोले कालीगण्डकी करिडोर पुन:अवरुद्ध appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
सुक्खा पहिरोले कालीगण्डकी करिडोर पुन:अवरुद्ध

Read Complete Original Article
Published originally on कर्पोरट खबर






