Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

सुक्खायाममा विद्युत् आपूर्ति सहज बनाउन १५० मेगावाट विद्युत् आयात गरिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुक्खायाममा विद्युत् आपूर्ति सहज बनाउन १५० मेगावाट विद्युत् आयात गरिने
Photo / Coverage: नेपालन्युज

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी सुक्खायाममा विद्युत् आपूर्ति व्यवस्थापन सहज बनाउन भारतबाट १५० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको छ। प्राधिकरणले सन् २०२७ को जनवरीदेखि मे महिनासम्म चौबिसै घण्टा (आरटिसी) विद्युत् आपूर्ति गर्ने गरी अन्तरराष्ट्रिय बोलपत्र आह्वान गर्न लागेको हो। प्राधिकरण सञ्चालक समितिका सदस्य अंशुकिरण शाहीका अनुसार १५० मेगावाट विद्युत् खरिदका लागि प्रक्रिया अघि बढाइएको छ। पछिल्ला केही वर्षयता सुक्खायाममा आन्तरिक उत्पादनले माग धान्न नसक्दा प्राधिकरणले भारतको विद्युत् पावर एक्सचेन्जको डे अहेड मार्केट र रियल टाइम मार्केटबाट विद्युत् खरिद गर्दै आएको छ। यस वर्ष भोटेकोशी नदीमा आएको बाढीका कारण जलविद्युत् आयोजनाहरूमा क्षति पुग्दा करिब ४३० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ, जसले गर्दा आगामी सुक्खायाममा विद्युत् व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ। प्राधिकरणको विद्युत् व्यापार विश्लेषण समितिले गत भदौ २५ गते १५० मेगावाट विद्युत् खरिदका लागि व्यवस्थापनलाई सिफारिस गरेको थियो। समितिले अप्रिल र मे महिनामा माग बढ्ने भएकाले बजारको अवस्था हेरेर थप विद्युत् खरिद गर्न सकिने सुझाव दिएको छ। आगामी सुक्खायामसम्म राष्ट्रिय प्रणालीमा करिब ३०० मेगावाट क्षमताका नयाँ आयोजना थपिने अपेक्षा गरिए पनि नदीमा पानीको बहाव घट्दा ती आयोजनाबाट ९० मेगावाट मात्र उत्पादन हुने अनुमान गरिएको छ। यसअघि प्राधिकरणले १५० मेगावाट विद्युत् खरिदका लागि दर प्रस्ताव माग गर्दा एनटीपीसी ट्रेडिङ कर्पोरेसन लिमिटेडले सबैभन्दा कम प्रतियुनिट भारु ६ रुपैयाँ ९० पैसा प्रस्ताव गरेको थियो। असोज १६ गते आशयपत्र जारी गरिए पनि कम्पनीले भूराजनीतिक अनिश्चितता, इन्धनको मूल्यवृद्धि र भारतमा विद्युत् माग बढेको कारण देखाउँदै सम्झौता गर्न नसक्ने जनाएको थियो। भारतीय बजारमा गत असोजमा औसत मूल्य प्रतियुनिट नेपाली ११ रुपैयाँ ७४ पैसा पुगेको थियो। पुरानो दरमा सम्झौता हुन नसकेपछि प्राधिकरणले नयाँ प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गर्ने निर्णय गरेको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमिताभ बच्चनपछि सैफ अली खानलाई धम्की
Latest NewsJust now

अमिताभ बच्चनपछि सैफ अली खानलाई धम्की

बलिउड अभिनेता सैफ अली खानलाई ज्यान मार्ने धम्की आएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार बाबा सिद्दिकी हत्याकाण्डका वान्टेड अभियुक्त जिशान अख्तरको नामबाट खानलाई मार्ने धम्की आएको हो।  यो पछिल्ला केही हप्तामा फिल्म स्टारहरूलाई धम्की दिइएको पछिल्लो घटना हो। यसअघि अमिताभ बच्चन, आयुष्मान खुराना र तुषार कपुरलाई यस्तै धम्की दिइएको छ। मुम्बई प्रहरीले यस विषयम... ...

नेपालखबर
सुरक्षण मुद्रण केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड पाँच लाख सहयोग
Latest NewsJust now

सुरक्षण मुद्रण केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड पाँच लाख सहयोग

• सुरक्षण मुद्रण केन्द्रले बाढी प्रभावित नागरिकको राहतका लागि प्रधानमन्त्री राहत कोषमा रु एक करोड पाँच लाख सहयोग गरेको छ। • केन्द्रले सवारी चालक अनुमतिपत्र र हुलाक टिकट छपाइ गर्दै आफ्नो क्षमता विस्तार गरेको र आगामी दिनमा अन्य उच्च सुरक्षणयुक्त कागजात पनि स्वदेशमै छपाइ गर्ने तयारीमा छ। • अर्थमन्त्री र सञ्चारमन्त्रीले केन्द्रको क्षमता विकासका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त ...

नेपालबहस
भुवनेश्वरी गणेश फल्चा पुनरुत्थान गरिने, आज शिलान्यास
Latest NewsJust now

भुवनेश्वरी गणेश फल्चा पुनरुत्थान गरिने, आज शिलान्यास

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले विकासका लागि समय समयमा गरेका पूर्वाधार निर्माणले नासिएका प्राचीन स्मारक, संरचना तथा कलाकृतिलाई पुनरुत्थानका लागि काम गरिरहेको बताउँदै काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नं. ८ का अध्यक्ष आशामान संगतले, यस्ता सम्पत्तिको पुनरुत्थानका लागि निकायगत कार्यालयबाट पर्याप्त सहयोग प्राप्त हुन नसकेको अनुभव सुनाए । आज वडा नं. ८ भुवनेश्वरी भकुंटोलमा रहेको ...

कर्पोरट खबर
वैदेशिक रोजगारको विवादमा युवक अपहरण, चार जना पक्राउ
Latest NewsJust now

वैदेशिक रोजगारको विवादमा युवक अपहरण, चार जना पक्राउ

घटनालाई अतिरञ्जित बनाउन गलत सूचना दिएको आरोपमा अन्य दुई जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरीले अपहरण र पक्राउको घटनाबारे बिहीबार सार्वजनिक गरेको छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play