Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

सुकुम्बासी र महँगीमा सरकार चुकेको कांग्रेस महामन्त्री पौडेलको आरोप

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुकुम्बासी र महँगीमा सरकार चुकेको कांग्रेस महामन्त्री पौडेलको आरोप
Photo / Coverage: पर्दाफास

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्बासीको स्थायी व्यवस्थापनमा सरकार असफल भएको बताएका छन् । सुकुम्बासी समस्यालाई सरकारले नै सुरु गरेर अलपत्र छाडेको र अलपत्र अवस्थामा रहेको सुकुम्बासीको समस्या स्थायी समाधानका लागि ठोस योजना नल्याइएको बताए । ‘सुकुम्बासीहरूको स्थायी व्यवस्थापनका निम्ति सरकारले ठोस कार्यक्रम, योजना, नीति ल्याउन सकेको छैन,’ उले भने ‘सुकुम्बासीहरू अलपत्र स्थितिमा रहेको अवस्था छ । ‘प्रचारका लागि केही काम देखिए पनि वास्तविक सुकुम्बासी बिचल्लीमा परेको छ । यो सरकारले नै सुरु गरेर अलपत्र छाडेको विषय हो’ महामन्त्री पौडेलले सरकारको ध्यानाकर्षण गराए । धादिङमा आयोजित पत्रकार सम्मेलनमा महामन्त्री पौडेलले बढ्दो मूल्यवृद्धि, बाढीपछिको पुनर्निर्माण तथा संसदीय भूमिकाबारे सरकारको गम्भीर ध्यानाकर्षण गराए । ‘महँगीले जनजीवन अत्यन्तै कष्टकर भएको स्थिति छ,’ उनले भने, ‘एक बोरा चामलको जति मूल्य पथ्र्यो, अहिले त्यसको एक हजारभन्दा बढी मूल्य पर्ने स्थिति बनेको छ ।’ तरकारी र फलफूलसहित दैनिक उपभोग्य वस्तुको मूल्य आकासिँदा पनि सरकार गम्भीर नबनेको आरोप लगाए । नयाँ गर्छु, जनतालाई सेवा पु¥याउँछु, सरकारको उपस्थितिको महसुस गराउँछु भन्ने सरकारले छोटो समयमा जति मूल्य वृद्धि भयो त्यसतर्फ ध्यान दिन नसकेको उनको टिप्पणी थियो । बाढीले भोटेकोशी, बूढीगण्डकी र कालीगण्डकी आसपासका बासिन्दालाई पीडा दिएको तथा धादिङको सदरमुकाम जोड्ने महत्वपूर्ण पुल बाढीले बगाएको अवस्थामा अस्थायी र दीर्घकालीन पुल निर्माणको योजना ल्याउन ढिलाइ भएको भन्दै उनले चिन्ता व्यक्त गरे । –नेपालमा एचआईभी संक्रमणको पछिल्लो अवस्था कस्तो, एचआईभी संक्रमितको अनुमानित संख्या कति छ भन्ने विषयमा नियन्त्रण केन्द्रमा अन्तवार्ता – एचआईभी संक्रमित व्यक्तिको स्टोरी –संक्रमणको अवस्था र सरकारी योजनाबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ,एचआईभी संक्रमण नियन्त्रणमा नेपालले कति प्रगति गर्यो?

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ, नेपाल ल्याइँदै
OthersJust now

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ, नेपाल ल्याइँदै

मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएका अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरी उच्च स्रोतले अर्याल पक्राउ परेको पुष्टि गरेको छ। उनी कहाँबाट पक्राउ परेका हुन् भन्नेबारे प्रहरीले खुलाएको छैन। यद्यपि, गृह मन्त्रालय स्रोतका अनुसार उनलाई भारतको कोलकाताबाट पक्राउ गरी नेपाल ल्याइँदै छ। अर्यालविरुद्ध मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी ...

पर्दाफास
फुटबलर रहीम स्टर्लिङलाई १२ महिनाको जेल सजाय
OthersJust now

फुटबलर रहीम स्टर्लिङलाई १२ महिनाको जेल सजाय

१० मंसिर, काठमाडौं । इंग्ल्यान्डका पूर्वफुटबलर रहिम स्टर्लिङलाई नाइट्रस अक्साइड सेवन गर्दै तीव्र गतिमा गाडी चलाएको कसुरमा १२ महिनाको जेल सजाय सुनाइएको छ। यद्यपी उक्त सजाय १८ महिनाका लागि निलम्बन समेत गरिएको छ। ३१ वर्षीय स्टर्लिङले लम्बोर्गिनी उरुस चलाउँदै बेलायतका विभिन्न सडक र मोटरवेमा लापरबाही गरेको तथा नाइट्रस अक्साइड राखेको आरोप स्वीकार गरेका थिए। गत… ...

अनलाइन खबर
मेडिकल काउन्सिलका प्रमाणपत्र लिन प्यान र कर चुक्ता अनिवार्य
OthersJust now

मेडिकल काउन्सिलका प्रमाणपत्र लिन प्यान र कर चुक्ता अनिवार्य

१० मंसिर, काठमाडौं । नेपाल मेडिकल काउन्सिलबाट विभिन्न प्रकारका दर्ता, भेरिफिकेसन तथा गुड स्ट्यान्डिङ प्रमाणपत्र लिन अब स्थायी लेखा नम्बर (प्यान) र कर चुक्ता प्रमाणपत्र अनिवार्य गरिएको छ । काउन्सिलले सुचना जारी गर्दै यस्ता प्रमाणपत्रका लागि आवेदन दिँदा प्यान र कर चुक्ता प्रमाणपत्रसहित आवश्यक थप कागजात पेस गर्न चिकित्सक तथा सेवाग्राहीलाई आग्रह गरेको हो ।… ...

अनलाइन खबर
१४औं किन्डर ओलम्पिक तीन चरणमा, २१ सयभन्दा बढी बालबालिका सहभागी हुने
OthersJust now

१४औं किन्डर ओलम्पिक तीन चरणमा, २१ सयभन्दा बढी बालबालिका सहभागी हुने

१० मंसिर, काठमाडौं । ‘जितभन्दा सहभागिता महत्वपूर्ण छ’ भन्ने नारासहित १४औं किन्डर ओलम्पिक आयोजना हुने भएको छ। अर्ली चाइल्डहुड एजुकेसन टिचर्स एसोसिएसन (एकता) को आयोजनामा हुने प्रतियोगितामा काठमाडौं उपत्यकाका ५० भन्दा बढी पूर्वप्राथमिक विद्यालयका करिब २ हजार १०० बालबालिका सहभागी हुनेछन्। आयोजकका अनुसार ३ देखि ६ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी आयोजना हुने किन्डर… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement