Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

सुकुम्बासीलाई दुई दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुकुम्बासीलाई दुई दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको निर्देशन
Photo / Coverage: हिमालय टाइम्स

भक्तपुर । सरकारले भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसेका सुकुम्बासीलाई दुई दिनभित्र हट्न निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालय, भक्तपुरले सूचनामार्फत बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टरमा बसेका सुकुम्बासीलाई यही मंसिर ११ गते दिउँसो २ बजेभित्र खाली उर्दी जारी गरेको हो । प्रशासनले सूचनामा भूमि समस्या समाधान समितिको बुधबारकै पत्रको हवाला दिँदै होल्डिङ सेन्टर खाली गर्न भनेको छ । काठमाडौं उपत्यकाका नदी किनारका बस्ती हटाइएपछि विस्थापित सुकुम्बासी परिवारलाई अस्थायी रूपमा यहाँ व्यवस्थापन गरिएको थियो । सूचनामा उल्लेख भएअनुसार भूमि व्यवस्थापन तथा अभिलेख विभाग र स्थानीय पालिकाबाट प्राप्त विवरणमा घरमूली वा निजका परिवारका सदस्यहरूको नाममा जग्गा रहेको देखिएका सात परिवार भूमिहीन नठहरिने भएका छन् । त्यस्तै, जग्गा नदेखिएका १२ परिवारका हकमा सम्बन्धित पालिकामा जग्गा उपलब्ध गराउने प्रयोजनका लागि कारबाही अगाडि बढी निस्सासमेत प्राप्त भइसकेको सिडियोद्वारा जारी सूचनामा उल्लेख छ । प्रशासनले जग्गा नदेखिएका परिवारहरूलाई आ–आफ्नो निस्सा लिन र सरकारले घरभाडास्वरूप तोकिदिएको सुविधा बुझ्न भनेको छ । सुकुम्बासीहरूलाई भूमिहीनको निस्सा दिएर होल्डिङ सेन्टर छाड्न भनिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिनुभयो । ‘बोडेमा १९ परिवार बसेका छन्, सात परिवार भूमिहीनमा नपरेको पाइएको छ, बाँकी १२ परिवारलाई भूमिहीनको निस्सा दिएर होल्डिङ सेन्टर छाड्न भनिएको हो’, उहाँले भन्नुभयो । उनीहरूलाई एक महिनाको घरभाडासमेत दिएर शुक्रबार दिउँसो २ बजेभित्र होल्डिङ सेन्टर छाड्न भनिएको उहाँको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
शेख हसिना सुम्पन बंगलादेशको अनुरोधमा यसो भन्छ भारत
Latest NewsJust now

शेख हसिना सुम्पन बंगलादेशको अनुरोधमा यसो भन्छ भारत

बंगलादेशले भारतलाई आफ्ना पूर्वप्रधानमन्त्री शेख हसिना प्रत्यर्पण (फिर्ता) गर्न माग गरिरहेको छ।  विद्यार्थी आन्दोलनले सत्ताच्युत भएपछि २०२४ अगस्ट ५ तारिख हेलिकप्टर चढेर भागेकी हसिना त्यसयता भारतमै छिन्।  बंगलादेशले बारम्बार उनको सुपुर्दगी माग गरे पनि भारतले सुनुवाइ गरिरहेको छैन।  यसैबिच बुधबार भारतका विदेश मन्त्रालयका प्रवक्ता रणधीर... ...

नेपालखबर
सार्वजनिक ऋण ३० खर्बनजिक
Latest NewsJust now

सार्वजनिक ऋण ३० खर्बनजिक

काठमाडौं । नेपालको कुल सार्वजनिक ऋण दायित्व ३० खर्ब नजिक पुगेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनासम्ममा सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख पुगेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको सुरुआतमा कुल सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रहेकामा कात्तिक मसान्तसम्म २९ खर्ब ...

हिमालय टाइम्स
मिठो बोली, नसालु खानेकुरापछि लुटपाट
Latest NewsJust now

मिठो बोली, नसालु खानेकुरापछि लुटपाट

काभ्रेपलाञ्चोक, मङ्सिर १० गते । कसैले आत्मीयतापूर्वक बोलाउने, चिनजानको बहाना खोज्ने अनि कुराकानीकै क्रममा खानेकुरा खान दिन्छ । विश्वास गरेर खाएको त्यही खानेकुराले केहीबेरमै शरीर शि... ...

गोरखापत्र
प्रदेश सरकारका योजना धमाधम कार्यान्वयनमा
Latest NewsJust now

प्रदेश सरकारका योजना धमाधम कार्यान्वयनमा

बागलुङ । गण्डकी प्रदेश सरकारले बागलुङका २४२ ग्रामीण सडक एकैसाथ स्तरोन्नति सुरु गरेको छ । जिल्लाका १० वटै स्थानीय तहलाई समेटेर राष्ट्रिय राजमार्ग तथा कालोपत्रे सडकसँग जोडिने ग्रामीण सडकको स्तरोन्नति... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement