Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

सी र जर्दारीबीच बधाई साटासाट, अली बने अन्तरिक्षमा पुग्ने पहिलो पाकिस्तानी

Share:WhatsAppFacebookX (Twitter)Telegram
सी र जर्दारीबीच बधाई साटासाट, अली बने अन्तरिक्षमा पुग्ने पहिलो पाकिस्तानी
Photo / Coverage: केन्द्रबिन्दु

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङ र पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीबीच बुधबार दुई देशका अन्तरिक्ष यात्रीहरूको संयुक्त अन्तरिक्ष उडान अभियानको सफलतालाई लिएर बधाई सन्देश आदानप्रदान भएको छ । चिनियाँ अन्तरिक्ष यान ‘सेन्झाउ २४’ मार्फत पाकिस्तानी अन्तरिक्ष यात्री जेशन अली र अन्य दुई चिनियाँ यात्री बुधबार अन्तरिक्षस्थिति चिनियाँ स्टेशनमा प्रवेश गरेका हुन् । चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने अली पहिलो विदेशी अन्तरिक्ष यात्री हुन् । त्यस्तै उनी अन्तरिक्षमा पुग्ने पहिलो पाकिस्तानीसमेत हुन् । सीले चीन सरकार र चिनियाँ जनताका तर्फबाट पाकिस्तान सरकार, पाकिस्तानी जनता तथा दुवै देशका अन्तरिक्ष यात्री र वैज्ञानिकहरूलाई हार्दिक बधाई दिएका हुन् । बधाई सन्देशमा राष्ट्रपति सीले चीन र पाकिस्तान ‘सधैंका रणनीतिक साझेदार’ रहेको उल्लेख गर्दै कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्षमा दुई देशको मित्रता चट्टानझैं अटल र अटुट रहेको बताएका छन् । दुवै देशका अन्तरिक्ष यात्रीले काँधमा काँध मिलाएर अन्तरिक्षको यात्रा गर्नु गहिरो मित्रताको जीवन्त उदाहरण र द्विपक्षीय सहकार्यको नयाँ तथा महत्त्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ । चिनियाँ अन्तरिक्ष स्टेसन शान्ति, मित्रता र सहकार्यको संवाहक भएकोमा जोड दिँदै सीले बाह्य अन्तरिक्षको शान्तिपूर्ण उपयोगको झन्डा फहराउँदै पाकिस्तानलगायत अन्य देशहरूसँग अन्तर्राष्ट्रिय अन्तरिक्ष सहकार्य अझ गहिरो बनाउन चीन इच्छुक रहेको बताए । उनले बाह्य अन्तरिक्षको विश्वव्यापी सुशासनमा सुधार गर्दै अन्तरिक्ष अन्वेषणका उपलब्धिबाट सम्पूर्ण मानवजाति लाभान्वित हुनुपर्ने धारणा राखेका छन् । यस्तै, पाकिस्तानी राष्ट्रपति जर्दारीले पाक–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वार्षिकोत्सवको अवसरमा दुई देशबीच ऐतिहासिक अन्तरिक्ष सहकार्य भएको र पाकिस्तानका प्रथम अन्तरिक्ष यात्री चिनियाँ अन्तरिक्ष स्टेसनमा प्रवेश गरेकोमा गर्व व्यक्त गरे । उनले पाकिस्तान सरकार र जनताका तर्फबाट चीन सरकार तथा दाजुभाइ सरहका चिनियाँ जनताप्रति हार्दिक आभार प्रकट गरेका छन् । यस सहकार्यले चिनियाँ अन्तरिक्ष प्रविधिको असाधारण उपलब्धि र बाह्य अन्तरिक्षको शान्तिपूर्ण उपयोगप्रति चीनको दृढ अडानलाई प्रस्ट पारेको जर्दारीले उल्लेख गरेका छन् । मानवजातिको साझा भविष्य निर्माणको महत्त्वलाई उजागर गरेको यस अभियानले पाक–चीन मित्रतालाई थप सुदृढ बनाउँदै दुई देशबीचको रणनीतिक साझेदारीलाई अझ उचाइमा पुर्‍याउने विश्वाससमेत उनले व्यक्त गरेका छन् ।सिन्ह्वा

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
हिजाे ६५ सय घटेको सुनको भाउ आज बढ्यो
Latest NewsJust now

हिजाे ६५ सय घटेको सुनको भाउ आज बढ्यो

काठमाण्डु– आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। छापावाल सुन प्रतितोला १ हजार ४०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँ र चाँदी ३ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँ र चाँदी ३ […] ...

काठमाण्डुपाटी
कांग्रेसले नियमित महाधिवेशन अन्तर्गत कर्णाली प्रदेश अधिवेशन मंसिर १४ र १५ गते सुर्खेतमा गर्ने
Latest NewsJust now

कांग्रेसले नियमित महाधिवेशन अन्तर्गत कर्णाली प्रदेश अधिवेशन मंसिर १४ र १५ गते सुर्खेतमा गर्ने

• नेपाली कांग्रेसको कर्णाली प्रदेश अधिवेशन मंसिर १३ र १४ गते सुर्खेतमा हुने भएको छ। • अधिवेशनमा २,००० देखि २,५०० नेता–कार्यकर्ता र १,२०० प्रतिनिधि सहभागी हुनेछन्। • उद्घाटन शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ, र शशांक कोइराला, प्रकाशमान सिंहजस्ता नेताहरू पनि सहभागी हुनेछन्। ...

नेपालबहस
स्रोत नखुलेको विदेशी मुद्रासहित दुई जना पक्राउ
Latest NewsJust now

स्रोत नखुलेको विदेशी मुद्रासहित दुई जना पक्राउ

काठमाडौँ, मङ्सिर १० गते । स्रोत नखुलेको नेपाली तथा विदेशी मुद्रासहित दुई जना पक्राउ परेका छन् ।काठमाडौँका जिल्ला प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापाका अनुसार चितवनको बिसौनीकी २०... ...

गोरखापत्र
घरेलु मैदानमा कर्णालीको कमजोर प्रदर्शन, पुरुष फुटबलतर्फ लिग चरणबाटै बाहिरियो
Latest NewsJust now

घरेलु मैदानमा कर्णालीको कमजोर प्रदर्शन, पुरुष फुटबलतर्फ लिग चरणबाटै बाहिरियो

सुर्खेत । कर्णाली प्रदेश घरेलु मैदानमै कमजोर देखिएको छ । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको पुरुष फुटबल प्रतियोगिताको लिग चरणमा प्रवेश नगरी बाहिरिएको हो । बिहीबार तेस्रो दिनको पहिलो खेलमा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement