Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सशस्त्रको सहकार्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सशस्त्रको सहकार्य
Photo / Coverage: नेपालन्युज

रौतहट। सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनिकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्थानीयसँग छलफल र परामर्श गरेको छ। उक्त सुरक्षा सङ्गठनले जिल्लाको बौधीमाई नगरपालिका–७ स्थित भन्सार नाकामा स्थानीयसँग सीमा क्षेत्रका विद्यमान सुरक्षा चुनौती र त्यसको समाधानबारे गहन मन्थन गरेको हो। त्यस अवसरमा सीमा नाकाबाट हुने लागुऔषध ओसारपसार, अवैध चोरी, पैठारी, मानव बेचबिखन, अवैध हातहतियार तथा खरखजनाको कारोबार र राजस्व चुहावट नियन्त्रणलगायत विषयमा स्थानीय र जनप्रतिनिधिसँग राय–सुझाव सङ्कलन गरियो । सशस्त्र प्रहरी बल छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीको आयोजनामा भएको उक्त कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले सीमा सुरक्षा र अपराध नियन्त्रण सुरक्षा निकायको एकल प्रयासले मात्र सम्भव नहुने भएकाले स्थानीय नागरिकको सहकार्य अपरिहार्य रहेको बताए । त्यस अवसरमा उक्त नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार यादव, उपप्रमुख प्रमिलादेवी जयसवाल, ईशनाथ नगरपालिकाकी प्रमुख कौशल्या देवी तथा सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशीले सुरक्षा निकाय र स्थानीयको सहकार्यबाट मात्रै राज्यले लाभ लिन सक्ने पक्षलाई सबै पक्षलाई सबैले मनन गर्न आवश्यक रहेको बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कालीकोटको शैक्षिक सम्मेलनबाट १९ बुँदे प्रतिबद्धता
Latest NewsJust now

कालीकोटको शैक्षिक सम्मेलनबाट १९ बुँदे प्रतिबद्धता

जिल्लाको समग्र शैक्षिक अवस्थामाथि छलफल गरेर केही स्थानीय तहले गरेका उत्कृष्ट अभ्यास सबैले अनुसरण गर्न सम्मेलनका सहभागीले प्रतिबद्धता गरे । ...

कान्तिपुर
जापानबाट फर्किएर किवीखेतीमा भविष्य खोज्दै लीलाबहादुर घर्ती
Latest NewsJust now

जापानबाट फर्किएर किवीखेतीमा भविष्य खोज्दै लीलाबहादुर घर्ती

बागलुङ । वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन् । विदेशमा राम्रो आम्दानी गर्ने सपना बोकेर जापान पुगे पनि आफ्नै गाउँमा सुरु गरेको कृषि व्यवसायको मोहले उनलाई लामो समय विदेश बस्न दिएन । जापानको रोजगारी छाडेर फर्किएका घर्ती अहिले आफ्नै गाउँमा फलफूल, तरकारीखेती र पशुपालन व्यवसाय विस्तारमा जुटेका छन् । ...

केन्द्रबिन्दु
अस्ट्रेलियामा नेपालीको संख्या पाँच गुणाले वृद्धि, नेपालमा जन्मिएर अस्ट्रेलिया बस्नेको संख्या २ लाख १३ हजार नाघ्यो !
Latest NewsJust now

अस्ट्रेलियामा नेपालीको संख्या पाँच गुणाले वृद्धि, नेपालमा जन्मिएर अस्ट्रेलिया बस्नेको संख्या २ लाख १३ हजार नाघ्यो !

काठमाडौँ । अस्ट्रेलियामा नेपाली समुदायको विस्तार तीव्र गतिमा भइरहेको छ । पछिल्लो अध्ययनले एक दशकको अवधिमा नेपालमा जन्मिएर अस्ट्रेलियामा बसोबास गर्ने नेपालीको संख्या झन्डै पाँच गुणाले वृद्धि भएको देखाएको छ । इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस)को सन् २०२६ मा सार्वजनिक अध्ययनअनुसार सन् २०२५ जुनसम्म अस्ट्रेलियामा नेपालमा जन्मिएका २ लाख १३ हजार ५८० जना बसोबास गरिरहेका छन् । अध्ययनले सन् २०१४ ...

अर्थ सरोकार
विकासले ल्याएको परिवर्तन, हराए सबै पुराना बजार
Latest NewsJust now

विकासले ल्याएको परिवर्तन, हराए सबै पुराना बजार

पर्वत समाचारदाता पर्वत, मङ्सिर १३ गते । कुनै समय निकै चहलपहल हुने पर्वतका केही पुराना बजारहरू अहिले सुनसान अवस्थामा छन् । सडक सञ्जाल विस्तारसँगै पैदलमार्ग विस्थापित हुनु, गाउँ गाउँ... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement