Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

सीमा अपराध नियन्त्रणमा नेपाल–भारत सहकार्य गर्ने सहमति

Share:WhatsAppFacebookX (Twitter)Telegram
सीमा अपराध नियन्त्रणमा नेपाल–भारत सहकार्य गर्ने सहमति
Photo / Coverage: केन्द्रबिन्दु

लुम्बिनी । नेपाल र भारतका सशस्त्र प्रहरीबीच सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि, अवैध चोरीनिकासी तथा पैठारी नियन्त्रणका लागि सूचना आदानप्रदान गर्दै सहकार्य गर्ने सहमति भएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा सोमबार सम्पन्न सशस्त्र प्रहरी बल, नेपाल र सशस्त्र सीमा बल (एसएसबी), भारतको दशौं डीआईजीस्तरीय समन्वयात्मक बैठकले सीमा अपराध नियन्त्रणमा मिलेर काम गर्ने सहमति गरेको हो । बैठकमा समयमै सीमा स्तम्भको मर्मत तथा सम्भार, मानव तस्करी, नक्कली मुद्रा ओसारपसार तथा कारोबार र लागुऔषध नियन्त्रणका विषयमा पनि सहकार्य गर्ने समझदारी भएको छ । गैरकानुनी रूपमा नेपाल प्रवेश गर्न खोज्ने तेस्रो देशका नागरिकको निगरानी र नियन्त्रणमा समेत दुवै पक्षले समन्वय गर्ने भएका छन् । सशस्त्र प्रहरी बल, विन्ध्यवासिनी बाहिनी मुख्यालय कपिलवस्तुले आयोजना गरेको बैठकको नेतृत्व विन्ध्यवासिनी बाहिनीका बाहिनीपति डीआईजी दीपक अधिकारीले गरेका थिए । भारतीय सशस्त्र सीमा बलका तर्फबाट सेक्टर हेडक्वार्टर लखीमपुर खिरीका उपमहानिरीक्षक बी. विक्रमनले नेतृत्व गरेका थिए । बैठकमा लुम्बिनी प्रदेशका सीमासँग जोडिएका जिल्लाका सशस्त्र प्रहरी गणपतिहरू तथा भारतीय सशस्त्र सीमा बल सेक्टर हेडक्वार्टर गोरखपुरका उपमहानिरीक्षक दीपक बरनवाल सहभागी थिए । गोरखपुर र लखीमपुर खिरी सेक्टर हेडक्वार्टर मातहतका पाँच–पाँचवटा बटालियनका बटालियन कमान्डर पनि बैठकमा उपस्थित थिए । बैठकमा दशगजा क्षेत्रमा संयुक्त गस्ती गर्ने तथा खेलकुद र विभिन्न सामाजिक गतिविधिलाई निरन्तरता दिने विषयमा पनि छलफल भएको थियो । यसअघि २०८३ वैशाख २२ मा भारतको एकीकृत जाँच चौकी रुपैडिहामा सम्पन्न नवौं समन्वयात्मक बैठकका एजेन्डामाथि समेत समीक्षा गरिएको थियो । बैठकले औंल्याएका साझा विषय प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र आगामी रणनीतिबारे पनि छलफल भएको थियो । बैठकमा उठेका विषय कार्यान्वयन गर्न दुवै पक्षबाट ठोस प्रतिबद्धता आएको भन्दै नेपालका तर्फबाट नेतृत्व गरेका डीआईजी दीपक अधिकारीले यसले प्रभावकारी र परिणाममुखी काम गर्न सहयोग पुग्ने बताए । उनले भोटेकोशी बाढीपछि भारत सरकारले गरेको सहयोग तथा नदीले बगाएर लगेका शवको खोजी र फेला परेका शव हस्तान्तरणमा सशस्त्र सीमा बलले पुर्‍याएको सहयोगप्रति धन्यवाद दिए । भारतीय सशस्त्र सीमा बलका तर्फबाट नेतृत्व गरेका उपमहानिरीक्षक बी. विक्रमनले डिजिटल बोर्डर र बाहिनीस्तरीय सूचना आदानप्रदानका लागि अनौपचारिक संयन्त्र बनाउनुपर्ने बताएका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आफ्नै गाउँका भाइभतिजालाई फुटबल सिकाउँदै अनन्त तामाङ
Latest NewsJust now

आफ्नै गाउँका भाइभतिजालाई फुटबल सिकाउँदै अनन्त तामाङ

झापा। करिब १५ वर्षअघि यही मैदानमा फुटबल खेलेर आफ्नो गाँउ र देशको नाम राख्ने सपना देखेका नेपाली राष्ट्रिय फुटबल टोलीका अन्तर्राष्ट्रिय खेलाडी अनन्त तामाङ अहिले आफ्नै गाउँका किशोरलाई फुटबल सिकाउन व्यस्त छन्। तिहार मनाउन घर आएका तामाङले आफ्नो व्यस्त समयबाट केही समय छुट्याएर झापाको शिवसताक्षी नगरपालिका–११ झिलझिलेस्थित गणेशमान शिह अध्ययन प्रतिष्ठानको खेल मैदानमा ७ दिने ग्रासरुट फुटबल प्रतिभा विकास प्रशिक्षण शिविर ...

नेपालन्युज
असोज ३० पछि आज ३ बजे बस्दैछ मन्त्रिपरिषद् बैठक, दुई सातासम्म किन बोलाइएन ?
Latest NewsJust now

असोज ३० पछि आज ३ बजे बस्दैछ मन्त्रिपरिषद् बैठक, दुई सातासम्म किन बोलाइएन ?

• प्रधानमन्त्री बालेन शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। • दुई साता लामो समयपछि बैठक बोलाइएको हो, यसअघि असोज ३० गते क्याविनेट बसेको थियो। • बैठकले केही महत्वपूर्ण निर्णय गर्ने तयारी गरेको जानकारी प्राप्त भएको छ। ...

नेपालबहस
जनकपुरले टस जित्यो
Latest NewsJust now

जनकपुरले टस जित्यो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा मंलबार हुने पहिलो खेलमा जनकपुरले टस जितेर बलिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगर किङ्ससँगको खेलमा जनकपुरका कप्तान हर्मित सिंहले टस जितेर... ...

रातोपाटी
जनकपुरविरुद्ध विराटनगर पहिले ब्याटिङमा
Latest NewsJust now

जनकपुरविरुद्ध विराटनगर पहिले ब्याटिङमा

नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने भएको छ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान हरमित सिंहले टस जितेर पहिले बलिङ रोजेपछि विराटनगरले ब्याटिङ गर्ने भएको हो।  जनकपुरको कप्तानी हरमित सिंह र विराटनगरको कप्तानी सन्दीप लामिछानेले गर्नेछन्। ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play