Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भ हायर पर्चेज बीच ‘विश्वासको नयाँ हातेमालो’

Share:WhatsAppFacebookX (Twitter)Telegram
सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भ हायर पर्चेज बीच ‘विश्वासको नयाँ हातेमालो’
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । घरका लागि आवश्यक इलेक्ट्रोनिक्स तथा घरायसी उपकरण खरिदलाई अझ सहज र पहुँचयोग्य बनाउने उद्देश्यले सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) बीच आधिकारिक वित्तीय सहकार्य सुरु भएको छ। ‘विश्वासको नयाँ हातेमालो’ सन्देशसहित अघि बढाइएको यस सहकार्यअन्तर्गत ग्राहकले लागू सर्तअनुसार शून्य प्रतिशत ब्याजदरमा सहज मासिक किस्ता अर्थात् ईएमआई सुविधाको लाभ लिन सक्नेछन्। एकैपटक ठूलो रकम खर्च गर्नुपर्ने अवस्थालाई सहज बनाउँदै ग्राहकलाई आफ्नो आवश्यकता र बजेटअनुसार उपकरण खरिद गर्ने अवसर प्रदान गर्नु यस सहकार्यको प्रमुख उद्देश्य हो। नयाँ घर सजाउन, पुराना उपकरण परिवर्तन गर्न वा दैनिक जीवनलाई थप सुविधाजनक बनाउन चाहने ग्राहकका लागि यो सुविधा उपयोगी हुने सीजी इलेक्ट्रोनिक्सको विश्वास छ। यस सुविधाअन्तर्गत एलजी, सीजी‍, सीजी मेरिडिया, टीसीएल, गाेदरेज, बेकाे, सेनसाइ, मेडिया, ब्ल्याक+डेकन,र क्रोमसन, इलिसिया, केन्ट, बर्ली तथा गुडम्यान्स लगायतका ब्रान्डका योजनामा समावेश उत्पादन खरिद गर्न सकिनेछ। टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कन्डिसनर तथा भान्सा र घरायसी प्रयोगका विभिन्न उपकरणमा उपलब्ध ईएमआई सुविधाबारे ग्राहकले सम्बन्धित बिक्री केन्द्रबाट जानकारी लिन सक्नेछन्। ‘तुरुन्तै सजिलो ईएमआई, नागरिकता भए पुग्छ!’ भन्ने सन्देशसहित प्रस्तुत यो सुविधाले खरिद प्रक्रियालाई सरल बनाउने लक्ष्य राखेको छ। ग्राहकले आफ्नो नागरिकतासहित नजिकको सीजी डिजिटल शोरुम वा सीजी इलेक्ट्रोनिक्सका आधिकारिक डिलरमा सम्पर्क गरी उत्पादन छनोट तथा वित्तीय प्रक्रियाबारे आवश्यक सहयोग प्राप्त गर्न सक्नेछन्। ईएमआई स्वीकृति तथा अन्य व्यवस्था एचएफएलका लागू सर्तअनुसार हुनेछ। ग्राहकले सीजी डिजिटल शोरुम तथा सीजी इलेक्ट्रोनिक्सका आधिकारिक डिलरमार्फत यस सुविधाको लाभ लिन सक्नेछन्। साथै, पुराना उपकरण साटेर नयाँ उपकरणमा अपग्रेड गर्न चाहने ग्राहकका लागि सीजी एक्स इलेक्समार्फत उपलब्ध एक्सचेन्ज तथा ईएमआई विकल्पबारे पनि जानकारी लिन सकिनेछ। गुणस्तरीय उत्पादनसँगै सहज खरिद विकल्प उपलब्ध गराउने यस सहकार्यले ग्राहकको घरायसी आवश्यकता पूरा गर्न थप सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। सीजी इलेक्ट्रोनिक्सले ग्राहकलाई नजिकको सीजी डिजिटल शोरुम वा आधिकारिक डिलरमा सम्पर्क गरी योजनामा समावेश उत्पादन, किस्ता अवधि, डाउन पेमेन्ट तथा लागू सर्तहरूको जानकारी लिएर सुविधाको लाभ उठाउन आग्रह गरेको छ। नियम तथा सर्तहरू लागू हुनेछन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
गरिमा विकास बैंकले पायो अन्तर्राष्ट्रिय स्तरको ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान
Latest NewsJust now

गरिमा विकास बैंकले पायो अन्तर्राष्ट्रिय स्तरको ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले दक्षिण एसियाली स्तरमा प्रतिष्ठित ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान प्राप्त गरेको छ। दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासंघद्वारा आयोजित ‘साफा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२५’ अन्तर्गत... ...

रातोपाटी
रारामा पुग्यो राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्च
Latest NewsJust now

रारामा पुग्यो राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्च

हरिकृष्ण ऐडीमुगु, मङ्सिर १४ गते । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी र ओलम्पिक टर्च कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारातालमा पुर्‍याइएको छ ।राष्ट्रिय खेलकुदको प्रच... ...

गोरखापत्र
महिला क्रिकेटमा सुदूरपश्चिमलाई हराउँदै आर्मी फाइनल प्रवेश
Latest NewsJust now

महिला क्रिकेटमा सुदूरपश्चिमलाई हराउँदै आर्मी फाइनल प्रवेश

टस जितेर ब्याटिङको निम्तो पाएको आर्मीले सुदूरपश्चिमलाई ६९ रनमै रोक्न सफल भयो । जवाफी ब्याटिङ थालेको आर्मीले १० ओभरमै तीन विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । ...

कान्तिपुर
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ केजी थाई गाँजासहित ३ जना पक्राउ
Latest NewsJust now

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ केजी थाई गाँजासहित ३ जना पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ केजी थाई गाँजासहित ३ जना पक्राउ परेका छन् । शनिबार प्रहरीले थाइल्यान्डबाट बङ्गलादेश हुँदै नेपाल आएका एक भारतीय नागरिक र सोही उडानबाट बङ्गलादेश हुँदै... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement