Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

सियोलमा ‘वल्र्ड कंग्रेस अफ एकाउन्टेन्ट्स २०२६’ सम्पन्न: विश्व लेखा मञ्चमा नेपालको बलियो उपस्थिति

Share:WhatsAppFacebookX (Twitter)Telegram
सियोलमा ‘वल्र्ड कंग्रेस अफ एकाउन्टेन्ट्स २०२६’ सम्पन्न: विश्व लेखा मञ्चमा नेपालको बलियो उपस्थिति
Photo / Coverage: टक्सार

काठमाडौँ । दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित तीन दिने ‘वल्र्ड कंग्रेस अफ एकाउन्टेन्ट्स २०२६’ साथ सम्पन्न भएको छ । इन्टरनेसनल फेडेरेसन अफ एकाउन्टेन्ट्स र कोरियन इन्स्टिच्युट अफ सर्टिफाइड पब्लिक एकाउन्टेन्ट्सको संयुक्त आयोजनामा नोभेम्बर १७ देखि १९ सम्म चलेको विश्वस्तरीय सम्मेलनमा नेपालकोसमेत सहभागिता रहेको थियो । ‘टुगेदर फर अ कनेक्टेड टुमरो’ भन्ने मूल नाराका साथ सम्पन्न सम्मेलनमा विश्वभरका लेखा व्यवसायी, नियामक निकाय, सरकारी अधिकारी, मापदण्ड निर्धारक तथा कर्पोरेट नेतृत्वकर्ताहरूबिच तीन दिनसम्म संवाद र विचार विमर्श भएका थिए । सम्मेलनले कृत्रिम बुद्धिमत्ता (एआई) ले लेखा व्यवसायमा ल्याउने क्रान्तिकारी रूपान्तरण, भविष्यको जनशक्ति विकास, आर्थिक उत्थानशीलता, दिगोपन, विश्वव्यापी लेखा मापदण्ड र व्यावसायिक विश्वासको अपरिहार्य भूमिकाका विषयमा गहन विषय छलफल गरेको नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष काफ्लेले जानकारी गराएका छन् । नेपालको सहभागिता र रणनीतिक उपलब्धिसम्मेलन तथा ‘आइफ्याक काउन्सिल बैठक’मा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष सीए आनन्दराज शर्मा वाग्लेको नेतृत्वमा सहभागी नेपाली प्रतिनिधिमण्डलले विश्व लेखा समुदायमाझ नेपालको बलियो नीतिगत र व्यावसायिक उपस्थिति जनाएको उपाध्यक्ष काफ्लेले उल्लेख गरेका छन् । सम्मेलनका क्रममा भएका उच्चस्तरीय साइडलाइन बैठकहरूमा नेपाली टोलीले विश्वका अग्रणी लेखा संस्थाहरूसँग समझदारीपत्र तथा पारस्परिक मान्यता सम्झौता अघि बढाउने विषयमा छलफल गरेको छ । विशेषगरी ‘ग्लोबल एकाउन्टिङ इनिसिएटिभ नेपाल’ (जिएआइएन) मार्फत नेपाली लेखा फर्महरूको क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय बजारमा लेखा तथा परामर्श सेवा प्रवाह गर्र्ने, नेपाली लेखा अभ्यासमा आधुनिक एआई प्रविधि र तालिम भित्र्याउने तथा जलवायु, दिगोपन लेखा एवं फरेन्सिक लेखापरीक्षणमा विश्वव्यापी सहकार्य गर्ने विषयमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको नेपाली प्रतिनिधी मण्डलको विश्वास छ । विश्व लेखा व्यवसायमा भइरहेका नवीनतम परिवर्तन, आगामी चुनौती र अवसरहरूबारे प्रत्यक्ष अनुभव बटुलेको नेपाली टोलीको यो सक्रियताले नेपाली सीए उपाधिको विश्वव्यापी मान्यता अझ फराकिलो बनाउनुका साथै विश्व लेखा नीति निर्माणमा नेपालको आवाजलाई थप प्रभावशाली बनाउने विश्वास लिइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पोखरामा किङ्स कप भलिबल हुँदै, ६ टिमले प्रतिस्पर्धा गर्ने
Latest NewsJust now

पोखरामा किङ्स कप भलिबल हुँदै, ६ टिमले प्रतिस्पर्धा गर्ने

पोखरा । पोखरामा फेवा किङ्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा ९ गतेदेखि १५ मंसिरसम्म प्रतियोगिता हुन लागेको हो । पोखरा रंगशालास्थित... ...

रातोपाटी
चन्द्रागिरिमा मंसिर १० देखि टी–१० क्रिकेट च्याम्पियनसिपको दोस्रो संस्करण हुने
Latest NewsJust now

चन्द्रागिरिमा मंसिर १० देखि टी–१० क्रिकेट च्याम्पियनसिपको दोस्रो संस्करण हुने

काठमाडौँ । चन्द्रागिरि क्रिकेट एसोसिएसन नेपालको आयोजनामा तथा चन्द्रागिरि नगरपालिकाको सहयोगमा चन्द्रागिरि क्रिकेट च्याम्पियनसिप टी–१० को दोस्रो संस्करण आयोजना हुने भएको छ । प्रतियोगिता आगामी मंसिर १० गतेदेखि १५ गतेसम्म... ...

रातोपाटी
ज्ञान संस्कार र भ्याली पब्लिक विजयी
Latest NewsJust now

ज्ञान संस्कार र भ्याली पब्लिक विजयी

आयोजक भ्याली पब्लिकको कोर्टमा ज्ञान संस्कारले तेजस्वी एकेडेमीलाई ११–८ ले पराजित गर्‍यो । भ्याली पब्लिक ‘ए’ ले गोल्डेनपिकलाई ५०–४० ले पराजित गर्‍यो । ...

कान्तिपुर
बागमती प्रदेश बुद्धिचाल छनोटमा ललितपुर अगाडि
Latest NewsJust now

बागमती प्रदेश बुद्धिचाल छनोटमा ललितपुर अगाडि

बागमती प्रदेश स्तरीय बुद्धिचाल छनोटमा क्लासिकल खेल विधातर्फ १० जिल्लाका ३७ जना पुरुष तथा ६ जिल्लाका २० महिला खेलाडी प्रतिस्पर्धा छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement