Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

‘सिन्दुरे जात्रा’ महिलाको मौन विद्रोहको कथा : अञ्जना बराइली

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘सिन्दुरे जात्रा’ महिलाको मौन विद्रोहको कथा : अञ्जना बराइली
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । अभिनेत्री अञ्जना बराइलीले चलचित्र ‘सिन्दुरे जात्रा’ कथावस्तु र प्राविधिक पक्ष दुवै हिसाबले बलियो सिनेमा भएको बताउनुभएको छ । उहाँले चलचित्रको नाम र कथावस्तुले आफूलाई आकर्षित गरेपछि अभिनयका लागि जोडिएको जनाउनुभयो । अञ्जनाका अनुसार चलचित्रको नाम सुन्नेबित्तिकै आफूलाई यसप्रति चासो बढेको थियो । कथा पढेपछि समय मिले आफू पनि चलचित्रमा जोडिने सोचका साथ अनुबन्ध भएको उहाँले बताउनुभयो । चलचित्रका केही कलाकार, निर्देशक तथा प्राविधिक ‘पूर्ण बहादुरको सारंगी’मा पनि आबद्ध रहेकाले ‘सिन्दुरे जात्रा’लाई उक्त चलचित्रसँग तुलना गर्ने सम्भावनाबारे उहाँले स्पष्ट पार्नुभएको छ । उहाँका अनुसार दुवै चलचित्रको कथा फरक छ । ‘सिन्दुरे जात्रा’ न त ‘पूर्ण बहादुरको सारंगी’को कथासँग मिल्छ, न त्यसको सिक्वेल नै हो । अञ्जनाले ‘सिन्दुरे जात्रा’लाई महिलाको कथा प्रधान चलचित्रका रूपमा व्याख्या गर्नुभएको छ । नेपाली समाजले महिलालाई आजसम्म कसरी हेर्दै आएको छ भन्ने विषय चलचित्रमा उठाइएको उहाँको भनाइ छ । निर्देशक सरोज पौडेलले चलचित्रमार्फत कुनै पक्षको वकालत वा न्यायाधीशको भूमिका निर्वाह गर्न नखोजेको पनि उहाँले बताउनुभयो । ‘हामीले यसपटक प्रश्न उठाउने प्रयास गरेका छौं,’ अञ्जनाले भन्नुभयो, ‘महिलाप्रति समाजको धारणा सही छ कि छैन भनेर प्रश्न समाजलाई नै छोडेका छौं ।’ चलचित्रमा आफूले मौन विद्रोह गरेको पनि उहाँले खुलासा गर्नुभएको छ । यद्यपि, उक्त विद्रोहको स्वरूपबारे भने उहाँले थप खुलाउनुभएको छैन । चलचित्रमा अञ्जनासँगै विजय बराल, विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल, विनोद परियारलगायत कलाकारको अभिनय छ । सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रको कथा निर्देशक सरोज पौडेलले तयार पार्नुभएको हो । सारंगी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता नेम महर्जन हुनुहुन्छ । राकेश खड्का र श्याम मगर सहनिर्माता तथा सुमन रञ्जित एसोसिएट निर्माता रहनुभएको छ । अनिश अधिकारीले लाइन निर्माणको जिम्मेवारी सम्हाल्नुभएको छ । दिनेश खड्का कार्यकारी निर्माता रहेको चलचित्रमा पदमबहादुर श्रेष्ठ (बाबु)को छायांकन, सुरेन्द्र पौडेलको सम्पादन र विशाल घिमिरेको क्रिएटिभ निर्देशन छ । चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत रहेको छ । यही मंसिर १८ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको वितरण नेसनल सिने ग्रुप नेपालले गर्नेछ । बिग मुभिज थिएटर पार्टनर तथा ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा जोडिएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मेची भन्सारको राजस्व असुली लक्ष्यभन्दा १० प्रतिशत बढी
Latest NewsJust now

मेची भन्सारको राजस्व असुली लक्ष्यभन्दा १० प्रतिशत बढी

झापा । पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व सङ्कलन लक्ष्यभन्दा १० प्रतिशत बढी गरेको छ । कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार कात्तिकमा रु एक... ...

रातोपाटी
‘इलामको नालीबेली’ लोकार्पण
Latest NewsJust now

‘इलामको नालीबेली’ लोकार्पण

काठमाडौं । लेखक तथा अनुसन्धानकर्ता खेमराज नेपालद्वारा लिखित अनुसन्धानात्मक कृति ‘इलामको नालीबेली’ लोकार्पण गरिएको छ । इलाम नगरपालिका र इलाम विकास समाजको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित सम्पन्न कार्यक्रममा शिक्षाविद् एवं पूर्वराजदूत केदारभक्त माथेमा, इलाम नगरपालिकाका प्रमुख केदार थापा, सांसद निश्कल राई लगायतका विशिष्ट व्यक्तित्वहरूले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको हो । कार्यक्रमको सुरुवातमा भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै ...

हिमालय टाइम्स
अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य घट्यो, बहराइन दिनार महँगियो
Latest NewsJust now

अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य घट्यो, बहराइन दिनार महँगियो

नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलरको विनिमयदर स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।  बहराइन दिनारसहित केही मुद्रा भने महँगिएका राष्ट्र बैंकले जनाएको छ।  हिजो अमेरिकन डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र ... ...

नेपालखबर
पारवहन कनेक्टिभिटी सहमतिले कार्गो व्यवसायी उत्साहित
Latest NewsJust now

पारवहन कनेक्टिभिटी सहमतिले कार्गो व्यवसायी उत्साहित

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणका क्रममा भएको भेटवार्ता तथा द्विपक्षीय छलफलमा दुर्ई देशबीच पारवहन, रेलमार्ग, समुद्री बन्दरगाह तथा हवाई कनेक्टिभिटी विस्तारका विषयमा भएका महत्त्वपूर्ण सहमतिलाई नेपाल फ्रेट फरवाडर््स एसोसिएसनले स्वागत गरेको छ । दुर्ई देशबीचको ऐतिहासिक, सामाजिक तथा आर्थिक सम्बन्ध थप मजबुत बनाउँदै व्यापार, पारवहन र यातायात पूर्वाधार विकासमार्फत् आर्थिक सहकार्य विस्तार गर्ने उद्देश्यले भएका उल्लेखित सहमतिहरू नेपालको ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement