Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

सिटिजन्स बैंकका ग्राहकलाई द चौतारी हस्पिटालिटी ग्रुपमा ७ प्रतिशत सम्म छुट

Share:WhatsAppFacebookX (Twitter)Telegram
सिटिजन्स बैंकका ग्राहकलाई द चौतारी हस्पिटालिटी ग्रुपमा ७ प्रतिशत सम्म छुट
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको दरबारमार्गस्थित द चौतारी हस्पिटालिटी ग्रुप प्राइभेट लिमिटेडबिच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले द चौतारी हस्पिटालिटी ग्रुपको ‘ड्रिङ्क्स एन्ड बेभरेजेज’ मा ७ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ । डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको बैंकले उल्लेख गरेको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण बैंकको वेबसाइटबाट प्राप्त गर्न सकिने विज्ञप्तिमा भनिएको छ । ‘बैंक अफ द इयर २०२४ र २०२५’ को उपाधि प्राप्त गर्न सफल सिटिजन्स बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक भर्चुअल क्रेडिट कार्ड ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याइसकेको छ । त्यस्तै, हालसालै नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्मसमेत सञ्चालनमा ल्याएको छ । यसैगरी, बैंकले फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेभिङ्ज अकाउन्ट’ नामक नयाँ बचत खाता सुरु गरेको छ । साथै, नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा तथा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने ‘क्रस बैंक टेलर’ सुविधासमेत ल्याएको बैंकले जनाएको छ । बैंकले हाल देशभरका ६१ जिल्लामा फैलिएका आफ्ना २०० शाखा, १६७ एटिएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ एकाइमार्फत २० लाख ८५ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको विज्ञप्तिमा उल्लेख छ । The post सिटिजन्स बैंकका ग्राहकलाई द चौतारी हस्पिटालिटी ग्रुपमा ७ प्रतिशत सम्म छुट appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कात्तिक महिनामा मात्रै १९ दिन सार्वजनिक बिदा
Latest NewsJust now

कात्तिक महिनामा मात्रै १९ दिन सार्वजनिक बिदा

काठमाडौँ। चालु आर्थिक वर्ष २०८३ को कात्तिक महिनामा मात्रै १९ दिन सार्वजनिक बिदा परेको छ। विभिन्न चाडपर्व तथा सरकारले थप गरेको बिदासमेत जोड्दा कात्तिक महिनामा सार्वजनिक बिदाको सङ्ख्या १९ पुगेको... ...

रातोपाटी
तिहारमा मूल्य बढेपनि व्यवसायीले बेचे ३० किलो सुन
Latest NewsJust now

तिहारमा मूल्य बढेपनि व्यवसायीले बेचे ३० किलो सुन

काठमाडौं । सुनको मूल्य उच्च बिन्दुमा पुगे पनि यस वर्षको तिहारमा सुन किन्ने ग्राहकको उत्साहमा कमी आएन । मूल्यवृद्धिका कारण कारोबार घट्ने अनुमान गरिरहेका सुनचाँदी व्यवसायीले तिहारमा अपेक्षाभन्दा बढी ३० किलो सुन बिक्री गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस वर्ष धनतेरस र त्यसपछिका दुई दिनमा मात्रै करिब ३० किलो सुन बिक्री भएको हो । सुनको मूल्य बढिरहेको अवस्थामा ...

केन्द्रबिन्दु
राष्ट्रिय भेलामा स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ : पोखरेल
Latest NewsJust now

राष्ट्रिय भेलामा स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ : पोखरेल

काठमाडौं।नेकपा (एमाले) ले महासचिव शंकर पोखरेलले स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर पार्टीका नेता तथा कार्यकर्तामाझ एकीकृत सन्देश प्रवाह गर्न राष्ट्रिय कार्यकर्ता भेला गर्न लागिएको बताएका छन्। आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना हुने भेलाको तयारीलाई अन्तिम रूप दिन पार्टी केन्द्रीय कार्यालय, च्यासलमा भएको तयारी समितिको बैठकमा महासचिव पोखरेलले पार्टीको आन्तरिक जीवन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, जनजीविकाका सवाल र आगामी राजनीतिक ...

नेपालन्युज
भीमफेदी दुर्घटनाका १३ मृतकको आजै सामूहिक अन्त्येष्टि गरिने
Latest NewsJust now

भीमफेदी दुर्घटनाका १३ मृतकको आजै सामूहिक अन्त्येष्टि गरिने

पीडित पक्ष र सरकारले गठन गरेको दुर्घटना छानबिन समितिबीच सहमति भएपछि पोस्टमार्टम र शव बुझाउने प्रक्रिया अघि बढेको हो। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play