Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

साहित्यकार रमेश विकललाई सम्झँदै मनाइयो ९९औँ जयन्ती

Share:WhatsAppFacebookX (Twitter)Telegram
साहित्यकार रमेश विकललाई सम्झँदै मनाइयो ९९औँ जयन्ती
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। रमेश विकल साहित्य प्रतिष्ठानको प्राङ्गण, आरुबारीमा साहित्यकार रमेश विकलको ९९औँ जयन्ती मनाइएको छ। विकल चोकमा रहेको रमेश विकलको अर्धकदको प्रतिमामा माल्यार्पण गरेपछि प्रतिष्ठानको भवनमा संक्षिप्त स्मृति सभा आयोजना गरिएको थियो। काठमाडौँको उत्तरपूर्वी क्षेत्रका साहित्यकार, प्राध्यापक, समाजसेवी तथा स्थानीयवासीको उपस्थितिमा सम्पन्न सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपककुमार रिसालले लेखकले समाजको चित्रण गर्दै कृतिहरू छाड्ने र सरकारले ती सम्पत्तिको अभिलेखीकरणमा सहयोग गर्नुपर्ने बताए। उनले रमेश विकलको साहित्यिक योगदान र आफूसँगको निकटताबारे चर्चा गर्दै नगरपालिकाले विकलका ५२ कृति तथा विभिन्न स्थानमा छरिएर रहेका फुटकर रचनासमेत समेटेर ‘रमेश विकल समग्र’ अन्तर्गत सात खण्डमा एकीकृत अभिलेखीकरण गर्ने महत्त्वाकाङ्क्षी योजना अन्तिम खण्डको तयारीमा पुगेको जानकारी दिए। महाकवि लक्ष्मीप्रसाद देवकोटा र रमेश विकलका तस्बिरमा माल्यार्पण गर्दै सुरु भएको सभाका प्रमुख वक्ता भाषा आयोगका सदस्य मातृका पोखरेलले समाजका भुइँमान्छे र उनीहरूले भोगेका उत्पीडनलाई केन्द्रमा राखेर प्रगतिशील लेखनमा विशिष्ट उचाइ हासिल गर्न रमेश विकल सफल हुनुभएको बताए। उहाँले प्रगतिशील लेखक सङ्घले यस वर्षदेखि शक्ति लम्सालको स्मृतिमा स्थापना गरेको पुरस्कारबाट कीर्तिशेष रमेश विकललाई सम्मान गर्न लागिएको जानकारीसमेत दिए। कार्यक्रमका सभापति, रमेश विकल साहित्य प्रतिष्ठानका उपाध्यक्ष तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्यले विकलसँगको आफ्नो कलाक्षेत्रको सामीप्य, प्रतिष्ठानको स्थापनाकालदेखि उनले पुर्‍याउनुभएको योगदान र उनका बहुप्रतिभाबारे स्मरण गरे। उनले कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे। कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष शाम्बकुमार चालिसेले स्वागत मन्तव्य राख्नुभएको थियो भने आलोक चालिसेले कार्यक्रम सञ्चालन गरेका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएलमा आज : जनकपुरविरुद्ध सुदूरपश्चिम (LIVE)
Latest NewsJust now

एनपीएलमा आज : जनकपुरविरुद्ध सुदूरपश्चिम (LIVE)

काठमाडौँ । नेपाल प्रिमयर लिग (एनपीएल) अन्तर्गत मंगलबार जनकपुर बोल्ट्स र सुदूपश्चिम रोयल्सबिच खेल भइरहेको छ । जारी तेस्रो संस्करणमा दुवै टोलीको यो छैटौँ खेल हो । जनकपुरले २ खेल जित्दा... ...

रातोपाटी
विदेशमा रहेका दाजुभाइलाई ‘नरमाइलो’ लाग्छ तिहार
Latest NewsJust now

विदेशमा रहेका दाजुभाइलाई ‘नरमाइलो’ लाग्छ तिहार

• विदेशमा रहेका नेपाली दाजुभाइले तिहार मनाउन सामाजिक सञ्जाल र फोनको माध्यमबाट दिदीबहिनीलाई टिका लगाउने योजना बनाएका छन्। • तिहारको अवसरमा परिवारसँगको भेट्न नसक्दा उनीहरू भावुक हुँदै तिहारको सम्झना गर्दैछन् र विभिन्न तरिकाले एक अर्कालाई शुभकामना साटासाट गर्ने प्रयासमा छन्। • परदेशमा रहेका नेपालीहरूले चाडपर्व मनाउनका लागि नयाँ तरिकाहरू अपनाउँदै, साथीभाइ र चेलिबेटीहरूसँग टिका ग्रहण गर्ने र शुभकामना साटासाट गर्ने ...

नेपालबहस
सवारी दुर्घटनामा दश जना घाइते
Latest NewsJust now

सवारी दुर्घटनामा दश जना घाइते

बिन्द्र वाम्बुले राईउदयपुर, कात्तिक २४ गते । उदयपुरमा सवारी दुर्घटनामा परी १० जना घाइते भएका छन् । त्रियुगा नगरपालिका – १३ बहेर्वाचोकस्थित मदन भण्डारी लोकमार्गमा मङ्गलबार बेल्टारबा... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play