Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र दुर्व्यवहार गर्ने १२१ जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र दुर्व्यवहार गर्ने १२१ जना पक्राउ
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुको नगद, मोबाइल फोन, गरगहना तथा व्यक्तिगत सामान चोरी गर्ने, पाकेटमारी र लुटपाट गर्ने तथा महिलामाथि दुर्व्यवहार र दुःख हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक महिलासहित १२१ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान ५ बजेदेखि ‘सुरक्षित यात्रा’ नामक विशेष अभियान सञ्चालन गरी उनीहरूलाई पक्राउ गरेको हो । सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुका सामान चोरी, पाकेटमारी, लुटपाट तथा महिलामाथि हुने दुर्व्यवहारका घटनाबारे प्राप्त जनगुनासोका आधारमा अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा काठमाडौंका विभिन्न स्थानबाट एक महिलासहित १०१ जना, ललितपुरबाट ११ जना र भक्तपुरबाट नौ जना पुरुष रहेका छन् । प्रहरीका अनुसार काठमाडौंको बालाजु, नयाँबसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, कलङ्की, कालिमाटी, स्वयम्भू, बल्खु, मालिगाउँ, थानकोट, रत्नपार्क, ललितपुरको सानेपा, सातदोबाटो, इमाडोल, लगनखेल र पुल्चोक तथा भक्तपुरको ठिमी, लोकन्थली, बालकोट, कौशलटार र सल्लाघारी र सुन्धाराबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
गगनलाई भुपेन्द्र राईको चुनौती : निर्वाचन हारेकाले जितेकालाई कसरी कारबाही गर्छ ?
Latest NewsJust now

गगनलाई भुपेन्द्र राईको चुनौती : निर्वाचन हारेकाले जितेकालाई कसरी कारबाही गर्छ ?

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्री भुपेन्द्र राईले निर्वाचन हारेका व्यक्तिहरूले चुनाव जितेका जनप्रतिनिधिलाई कारबाही गर्न नसक्ने बताएका छन् । कांग्रेसको नियमित महाधिवेशन पक्षधर रहेका राईले कोशी प्रदेशको दोस्रो अधिवेशनबारे... ...

रातोपाटी
होल्डिङ सेन्टरमा सुकुम्बासीको आक्रोशपछि मन्त्री र सीडीओ छलफलमा
Latest NewsJust now

होल्डिङ सेन्टरमा सुकुम्बासीको आक्रोशपछि मन्त्री र सीडीओ छलफलमा

काठमाडौं । भक्तपुरको बोडेस्थित सुकुम्बासी होल्डिङ सेन्टर खाली गर्न प्रशासनले दिएको समयसीमा सकिएपछि उत्पन्न विवाद समाधानका लागि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) विनोदकुमार खड्का छलफलमा जुटेका छन् । शनिबार मन्त्री रावल र सीडीओ खड्का होल्डिङ सेन्टरमै पुगेर त्यहाँ आश्रय लिइरहेका सुकुम्बासीसँग छलफल गरिरहेका छन् । छलफल सुरु भएको र अहिलेसम्म ...

केन्द्रबिन्दु
१०औँ राष्ट्रिय खेलकुदकाे उद्घाटन कार्यक्रम भव्य बनाउने तयारी
Latest NewsJust now

१०औँ राष्ट्रिय खेलकुदकाे उद्घाटन कार्यक्रम भव्य बनाउने तयारी

सुर्खेत । १०औँ राष्ट्रिय खेलकुदको उद्घाटन समारोहलाई भव्य बनाउने तयारी भइरहेको छ । आयोजक राष्ट्रिय खेलकुद परिषद्ले पत्रकार सम्मेलन मार्फत हालसम्म भए गरेका गतिविधि र आगामी तयारीबारे जानकारी दिएको हो... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement