Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

सार्वजनिक बिदामा पनि भक्तपुरका तीन अस्पतालमा स्वास्थ्य सेवा निरन्तर

Share:WhatsAppFacebookX (Twitter)Telegram
सार्वजनिक बिदामा पनि भक्तपुरका तीन अस्पतालमा स्वास्थ्य सेवा निरन्तर
Photo / Coverage: नेपालन्युज

काठमाडौं ।सार्वजनिक बिदाका दिन पनि भक्तपुरका तीन सरकारी अस्पतालले स्वास्थ्य सेवा सञ्चालन गरेका छन्। भक्तपुर क्यान्सर अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र ख्वप अस्पतालले बिदाका दिन पनि बिरामीको उपचारलाई निरन्तरता दिएका हुन्। सोमबार देशभर सार्वजनिक बिदा भए पनि भक्तपुर नगरपालिका(१ दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पताल र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आवश्यक स्वास्थ्य सेवा सञ्चालन गरेका छन्। भक्तपुर नगरपालिका(९ स्थित ख्वप अस्पतालले भने शनिबारसहित वर्षका ३६५ दिन नै सेवा दिँदै आएको जनाएको छ। सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका सूचना अधिकारी हरिहर पोखरेलका अनुसार बिरामीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर सार्वजनिक बिदाका दिन पनि आवश्यक सेवा सञ्चालन गरिएको हो। विशेषगरी कलेजो तथा मिर्गौला प्रत्यारोपण गरेका र प्रत्यारोपणको तयारीमा रहेका बिरामीलाई नियमित औषधि सेवन, स्वास्थ्य परीक्षण र चिकित्सकीय परामर्श आवश्यक पर्ने भएकाले सेवा निरन्तरता दिइएको उनले बताए। प्रत्यारोपण गरेका बिरामीले नियमित औषधि सेवन र स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ। सार्वजनिक बिदाका कारण अस्पतालको सेवा बन्द हुँदा उनीहरूको उपचार प्रभावित हुन सक्ने भएकाले आवश्यकताअनुसार बहिरङ्ग सेवा पनि सञ्चालन गर्ने व्यवस्था मिलाइएको पोखरेलले जानकारी दिए। उनका अनुसार शनिबार र आइतबारबाहेक अन्य सार्वजनिक बिदाका दिन पनि अस्पतालले आवश्यकताअनुसार बहिरङ्ग सेवा सञ्चालन गर्दै आएको छ। वार्षिक रूपमा सीमित सार्वजनिक बिदामा मात्रै सेवा बन्द गर्ने र अन्य दिन बिरामीको आवश्यकतालाई प्राथमिकता दिने अस्पतालको व्यवस्था छ। क्यान्सर तथा प्रत्यारोपणसम्बन्धी उपचार लामो समयसम्म निरन्तरता दिनुपर्ने र नियमित औषधि तथा परीक्षण आवश्यक पर्ने भएकाले बिदाका कारण बिरामी उपचारबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले सेवा सञ्चालन गरिएको अस्पतालले जनाएको छ। यस्तै, भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले पनि सार्वजनिक बिदाका दिन नियमित स्वास्थ्य सेवा दिँदै आएको छ। अस्पतालका निमित्त निर्देशक डा। मजेश प्रताप मल्लका अनुसार बिरामीलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले वर्षका ३६५ दिन नै अस्पताल सञ्चालन हुँदै आएको छ। आकस्मिक तथा नियमित उपचार आवश्यक पर्ने बिरामीलाई सार्वजनिक बिदाका कारण समस्या नहोस् भन्ने उद्देश्यले अस्पतालले सेवा निरन्तरता दिएको मल्लले बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तातोपानी नाका नखुल्दा व्यवसायीहरू मर्कामा, उच्चस्तरीय पहलबाट तत्कालै खुलाउन माग
Latest NewsJust now

तातोपानी नाका नखुल्दा व्यवसायीहरू मर्कामा, उच्चस्तरीय पहलबाट तत्कालै खुलाउन माग

काठमाडौँ । नेपाल–चीन जोड्ने सबैभन्दा छोटो दूरीको तातोपानी नाका पूर्ण रूपमा नखुल्दा नेपाली व्यापारीले चिन्ता र आक्रोश व्यक्त गरेका छन् । भूकम्पपछि सहज रूपमा सञ्चालनमा आउन नसकेको सिन्धुपाल्चोकको तातोपानी नाका... ...

रातोपाटी
अज्ञात व्यक्तिद्वारा धानको कुन्यूमा आगजनी:  धान र पराल पूर्ण रूपमा जलेर नष्ट
Latest NewsJust now

अज्ञात व्यक्तिद्वारा धानको कुन्यूमा आगजनी: धान र पराल पूर्ण रूपमा जलेर नष्ट

• झापाको कनकाई नगरपालिका-९ घैलाडुब्बामा अज्ञात व्यक्तिले धानको दुई वटा कुन्यूमा आगो लगाएको घटनामा करिब ९० मन धान र पराल जलेर नष्ट भएको छ। • आगजनीको घटनाबारे प्रहरीले आज बिहान मात्र जानकारी पाएको थियो र घटनास्थलमा पुगेपछि दुवै कुन्यू पूर्ण रूपमा जलिसकेको थियो। • प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब रु एक लाख ५१ हजारभन्दा बढीको क्षति भएको छ र अनुसन्धान ...

नेपालबहस
राइजिङ स्टार यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता मंसिर १ देखि गोकर्णेश्वरमा आयोजना हुँदै
Latest NewsJust now

राइजिङ स्टार यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता मंसिर १ देखि गोकर्णेश्वरमा आयोजना हुँदै

काठमाडौँ । राइजिङ स्टार यू-१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता मंसिर १ गतेदेखि पुष २ गतेसम्म काठमाडौंको गोकर्नेस्वर ग्राउण्डमा आयोजना हुने भएको छ। बाल क्रिकेटको विकास र प्रतिभावान खेलाडीहरूलाई अवसर प्रदान गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो। यस प्रतियोगितामा जम्मा १६ टिमहरूको सहभागिता रहनेछ । जिल्ला स्तरका खेलाडीहरुका लागि प्रवेश शुल्क पूर्ण रूपमा निःशुल्क गरिएको छ, जसले स्थानीय खेलाडीहरुलाई प्रोत्साहन गर्ने ...

लुम्बिनी सञ्चार
ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै
Latest NewsJust now

ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै

काठमाडौँ। शरद ऋतु सुरु भएसँगै राजधानी काठमाडौँको प्रमुख पर्यटकीय केन्द्र ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढेको छ। गत भदौ १० गते रसुवाको भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीपछि सुस्ताएको पर्यटन व्यवसाय विस्तारै... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play