Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

जनताको कुरा सुन्न दुई महिने मेची–महाकाली पदयात्रामा अमरेशकुमार सिंह

Share:WhatsAppFacebookX (Twitter)Telegram
जनताको कुरा सुन्न दुई महिने मेची–महाकाली पदयात्रामा अमरेशकुमार सिंह
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंह जनताका समस्या र गुनासा सुन्न दुई महिने मेची–महाकाली पदयात्रामा निस्किएका छन्। जात, धर्म, वर्ग र भूगोलका नाममा हुने विभाजन अन्त्य गर्दै राष्ट्रिय एकता मजबुत बनाउने तथा जनताका वास्तविक समस्या बुझ्ने उद्देश्यले पदयात्रा गर्न लागेको सिंहले बताएका छन्। सोमवार जनकपुरधाममा आयोजित कार्यक्रममा सिंहले मंगलवार बिहान मेचीको किनारबाट पदयात्रा सुरु हुने र आगामी माघ १ गते मकर सङ्क्रान्तिका दिन महाकालीको किनारमा पुगेर समापन हुने जानकारी दिए। उनले पदयात्रालाई देश र समाज जोड्ने अभियानका रूपमा व्याख्या गरे। जात, धर्म, पहाड–मधेस तथा वर्ग र समुदायका नाममा समाजमा द्वन्द्व हुन नहुने भन्दै सबै नेपालीलाई एकताको सूत्रमा बाँध्नुपर्ने उनको भनाइ छ। सिंहले पदयात्राको अर्को मुख्य उद्देश्य जनताका कुरा सुन्नु रहेको बताए। अहिलेसम्म नेताहरूले जनतालाई आफ्ना कुरा सुनाउँदै आएको उल्लेख गर्दै उनले यसपटक जनताकै घरदैलोमा पुगेर उनीहरूका समस्या, गुनासा र अपेक्षा बुझ्ने बताए। – न्युज एजेन्सी नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
छठ मनाउन मधेसमा सत्ता र प्रतिपक्ष दलका नेताहरूको दौडधुपको अन्तर्य के हो ?
Latest NewsJust now

छठ मनाउन मधेसमा सत्ता र प्रतिपक्ष दलका नेताहरूको दौडधुपको अन्तर्य के हो ?

काठमाडौँ । यसपालि छठ पर्व मनाउन सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगन थापा मधेस झरे । यस पर्व मनाउनका लागि रवि... ...

रातोपाटी
आर्थिक स्वतन्त्रताबिना राजनीतिक स्वतन्त्रता पूर्ण हुँदैन : दाहाल
Latest NewsJust now

आर्थिक स्वतन्त्रताबिना राजनीतिक स्वतन्त्रता पूर्ण हुँदैन : दाहाल

मस्कोमा आयोजित अन्तर्राष्ट्रिय सभालाई सम्बोधन गर्दै उनले भू–राजनीतिक तनाव, आर्थिक असमानता र वातावरणीय संकटबीच विश्व सहकार्य आवश्यक रहेको बताएका छन् । ...

कान्तिपुर
प्रतिष्ठित ग्रामी अवार्ड्सको मनोनयन सार्वजनिक : ‘रे’ को वर्चस्व, बियोन्सेले रचिन् इतिहास
Latest NewsJust now

प्रतिष्ठित ग्रामी अवार्ड्सको मनोनयन सार्वजनिक : ‘रे’ को वर्चस्व, बियोन्सेले रचिन् इतिहास

काठमाडाैँ। ६९औँ ग्रामी अवार्ड्सको मनोनयन सूची सोमबार सार्वजनिक गरिएको छ। यस वर्षको मनोनयनमा नयाँ पुस्ताका महिला संगीतकर्मीहरूको बलियो वर्चस्व देखिएको छ । पल म्याकार्टनी, मडोना, द रोलिङ स्टोन्स र दिवंगत डली... ...

रातोपाटी
मध्यपूर्वमा अमेरिकाका तीनवटा विमानवाहक युद्धपोत एकैसाथ तैनाथ
Latest NewsJust now

मध्यपूर्वमा अमेरिकाका तीनवटा विमानवाहक युद्धपोत एकैसाथ तैनाथ

काठमाडौं । अमेरिकाले मध्यपूर्व क्षेत्रमा थप एउटा विमानवाहक युद्धपोत ‘यूएसएस थियोडोर रुजवेल्ट’ तैनाथ गरेको छ । अमेरिकी सैन्य अधिकारीका अनुसार यसअघि नै उक्त क्षेत्रमा अमेरिकाका दुई युद्धपोत ‘यूएसएस जर्ज एचडब्ल्यू बुश’ र ‘यूएसएस जर्ज वासिङ्टन’ तैनाथ थिए भने अब नयाँ युद्धपोतको आगमनसँगै मध्यपूर्वमा अमेरिकी तीनवटा विमानवाहक युद्धपोत एकैपटक उपस्थित भएका छन् । यद्यपि, तीनवटै युद्धपोतको एकै क्षेत्रमा उपस्थिति अस्थायी हुने सम्भावना छ ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play