Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिकसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न उपाध्यक्ष पाण्डेको आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिकसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न उपाध्यक्ष पाण्डेको आग्रह
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको योगदानमा देखिएको असमानता हटाउन तथा सामाजिक सुरक्षा प्रणालीलाई थप व्यावहारिक र प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन् । नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले सामाजिक सुरक्षा श्रमिकको अधिकार र रोजगारदाताको दायित्वसँग जोडिएको विषय भएकाले मन्त्रालयको नाम वा संरचना परिवर्तन हुँदैमा श्रमिकको सामाजिक सुरक्षाप्रतिको जिम्मेवारी कमजोर हुन नहुने धारणा राखे । पाण्डेले हालै सरकारले जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३’ का केही प्रावधान सकारात्मक भए पनि त्यसले निजी क्षेत्र र निर्माण व्यवसायीलाई थप चुनौती सिर्जना गरेको धारणा राखे । “निजी क्षेत्रको न्यूनतम ज्याला मासिक १९ हजार ५५० रुपैयाँ अर्थात् दैनिक ७५४ रुपैयाँ रहेको अवस्थामा सार्वजनिक खरिदमा आबद्ध अकुशल श्रमिकको दैनिक ज्याला १ हजार ७४० रुपैयाँ निर्धारण गरिएको छ । एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणालीले निजी क्षेत्रबाट श्रमिक पलायन हुने, उद्योगको लागत बढ्ने र प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने जोखिम रहेको छ । ” उनले भने । त्यस्तै, पुराना ठेक्काको दररेट, लागत अनुमान र बोलपत्रमा नयाँ ज्याला तथा १० प्रतिशत योगदान समावेश नभएको अवस्थामा नयाँ व्यवस्था तत्काल लागू गर्दा व्यवसायीलाई आर्थिक भार पर्ने पाण्डेले बताए । यस्तो व्यवस्था लागू गर्नुअघि रोजगारदाता, श्रमिक र सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल तथा परामर्श आवश्यक रहेको उनको भनाइ छ । रोजगारदाता परिषद्का सभापति समेत रहेका पाण्डेले महासंघले सामाजिक सुरक्षा कोषमा हाल अर्बौं रुपैयाँ जम्मा भइसकेको उल्लेख गर्दै उक्त रकम बैंकमा थन्क्याएर राख्नुभन्दा पूर्वाधार, जलविद्युत्, उद्योग तथा रोजगारी सिर्जना गर्ने उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
Latest NewsJust now

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

जनकपुर । धनुषाको औरही गाउँपालिका–२ परवाहामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार आज साँझ करिब ५ बजे... ...

रातोपाटी
बैंकर्स संघ अध्यक्षमा ग्लोबल आईएमईका सीईओ सुरेन्द्रराज रेग्मी
Latest NewsJust now

बैंकर्स संघ अध्यक्षमा ग्लोबल आईएमईका सीईओ सुरेन्द्रराज रेग्मी

काठमाडौं। नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी निर्विरोध चयन भएका छन्। संघका उपाध्यक्ष रहेका रेग्मीले शुक्रबारदेखि अध्यक्षको जिम्मेवारी सम्हालेका हुन्। संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाको दुईवर्षे कार्यकाल पूरा भएपछि शुक्रबार सम्पन्न संघको साधारणसभाले रेग्मीलाई अध्यक्ष चयन गरेको हो। त्यस्तै, संघको उपाध्यक्षमा कुमारी बैंकका सीईओ रामचन्द्र खनाल निर्विरोध निर्वाचित भएका छन्। कार्यकारी समितिका ...

टक्सार
करारदेखि अनौपचारिक श्रमिकसम्म सामाजिक सुरक्षा कोषमा आबद्ध गरिँदै
Latest NewsJust now

करारदेखि अनौपचारिक श्रमिकसम्म सामाजिक सुरक्षा कोषमा आबद्ध गरिँदै

काठमाडौं । सरकारले संघीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक, बालविकास सहजकर्ता तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाएको छ। सामाजिक सुरक्षाको दायरा विस्तार गर्दै सबै श्रमजीवी नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा समेट्ने उद्देश्यसहित सरकारले नीतिगत तथा संस्थागत तयारी थालेको हो। महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री सीता बादीका अनुसार चालु आर्थिक वर्षको बजेटमा सामाजिक ...

नेपालन्युज
विद्युत् महसुलमा लाग्ने भ्याटलाई सहज बनाउने तयारीमा छौँ :  ऊर्जामन्त्री श्रेष्ठ
Latest NewsJust now

विद्युत् महसुलमा लाग्ने भ्याटलाई सहज बनाउने तयारीमा छौँ : ऊर्जामन्त्री श्रेष्ठ

कास्की । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट)लाई उपभोक्ताका लागि सहज बनाउने तयारी भइरहेको बताएका छन् । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीले आज... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement