Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

सार्वजनिक ऋणको ब्याजमा ९८ अर्ब ८७ करोड रुपैयाँ भुक्तानी

Share:WhatsAppFacebookX (Twitter)Telegram
सार्वजनिक ऋणको ब्याजमा ९८ अर्ब ८७ करोड रुपैयाँ भुक्तानी
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३-८४ को तीन महिना मसान्तसम्ममा सार्वजनिक ऋणको साँवा खर्च तथा ब्याज भुक्तानीमा ९८ अर्ब ८७ करोड ३५ लाख भुक्तानी गरेको छ । सरकारले चालु आर्थिक वर्षका लागि चार खर्ब १७ अर्ब ८८ करोड विनियोजन गरेकामा सो रकम तीन महिनामा भुक्तानी गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको हो । कार्यालयले चालु आर्थिक वर्षको असोज मसान्तसम्म अवधिमा दायित्व ३० खर्ब नौ अर्ब ११ करोड पुगेको जनाएको छ । सार्वजनिक ऋण सरकारको आम्दानी एवं दायित्वको स्रोत हो । सरकारले सार्वजनिक ऋणमार्फत विकास परियोजना तथा दैनिक कार्य सञ्चालनका लागि खर्च व्यवस्थापन गर्ने कार्यालयका अधिकृत कृष्णप्रसाद शर्माले जानकारी दिए । उक्त कार्यालयले सार्वजनिक ऋणको लागत र वित्तीय जोखिम कम गर्दै ऋण दायित्वलाई दिगो रूपमा व्यवस्थापन गर्दै आएको छ । कूल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५३.१३ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४६.८७ प्रतिशत रहेको छ । जुन कूल ग्राहस्थ्य उत्पादनको करिब ४६ प्रतिशत रहेको उनले जानकारी दिए । सार्वजनिक ऋण व्यवस्थापनमा ऋण उठाउने, ग्यारेन्टी गर्ने, ऋणको चुक्ता गर्ने एवं ऋणको पुन संरचनासँग सम्बन्धित कार्य पर्दछ । आन्तरिक ऋणलाई अल्पकालीन स्रोत मानिएको छ । यसअन्तर्गत ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक तथा वैदेशिक रोजगार बचतपत्रलाई लिइएको छ । दीर्घकालीन स्रोतका रूपमा बाह्य ऋणलाई लिने गरिन्छ । यसअन्तर्गत ऋण विश्व बैंक, एसियाली विकास बैंकलगायत अन्तरराष्ट्रिय सङ्घ संस्था तथा विदेशी सरकारबाट लिने गरिन्छ । The post सार्वजनिक ऋणको ब्याजमा ९८ अर्ब ८७ करोड रुपैयाँ भुक्तानी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दुवै रथी सिफारिस गरेर बिदामा बस्दैछन् बलाधिकृत रथी केसी
Latest NewsJust now

दुवै रथी सिफारिस गरेर बिदामा बस्दैछन् बलाधिकृत रथी केसी

नेपाली सेनामा एक साताको फरकमा दुवै रथी नयाँ आउने भएका छन्। नेपाली सेनामा रथीको दरबन्दी नै दुई जनाको छ। हालका बलाधिकृत रथी र बलाध्यक्ष रथीले एक साताको फरकमा अनिवार्य अवकास पाउने भएपछि नयाँ आउन लागेका हुन्।  यही साता भित्रमा उपरथी अनुपजंग थापा रथीमा बढुवा हुनेछन् भने मधुकर कार्की पनि सिफारिस भइसक्नेछन्। उनको बढुवा पनि मंसिर १५ भित्रमा भइसक्नेछ। हालक... ...

नेपालखबर
दशौँ राष्ट्रिय खेलकुदको भलिबल छनोटमा बागलुङ र पर्वत च्याम्पियन
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुदको भलिबल छनोटमा बागलुङ र पर्वत च्याम्पियन

कास्की । आसन्न १०औँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल छनोट प्रतियोगितामा पुरुषतर्फ बागलुङ र महिलातर्फ पर्वत विजयी भएका छन् । गण्डकी प्रदेश भलिबल सङ्घ र प्रदेश खेलकुद... ...

रातोपाटी
हालसम्मकै छोटो भारत भ्रमणमा जाँदै प्रधानमन्त्री बालेन
Latest NewsJust now

हालसम्मकै छोटो भारत भ्रमणमा जाँदै प्रधानमन्त्री बालेन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह मंसिर ६ गते भारत भ्रमणमा जाने भएका छन् । यद्यपि नेपाल तथा भारत सरकारले हालसम्म यसबारे औपचारिक जानकारी दिन भने बाँकी छ । परराष्ट्र मन्त्रालय स्रोतका... ...

रातोपाटी
धरान अन्तर्राष्ट्रिय महिला गोल्डकप : आर्मीको ९ गोल, बागमतीमाथि फराकिलो जित
Latest NewsJust now

धरान अन्तर्राष्ट्रिय महिला गोल्डकप : आर्मीको ९ गोल, बागमतीमाथि फराकिलो जित

सोमबार राति धरान रंगशालामा सम्पन्न तेस्रो क्वाटरफाइनलमा आर्मीले बागमती युथ क्लबलाई ९–० गोलको विशाल अन्तरले पराजित गरेको हो। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play