काठमाडौं । यही मंसिर ११ गतेदेखि प्रदर्शन हुनलागेको चलचित्र ‘सारथी’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरमा ग्रामीण परिवेशमा आमा-छोराको सम्बन्ध र बाबु–छोराबीचको द्वन्द्वलाई प्रस्तुत गरेको बुझ्न सकिन्छ । ट्रेलरको सुरुवातमै एउटा संवाद छ, ‘कसको भुँडी बोकेको हो र ?’ यसले चलचित्रको मूल कथा प्रष्ट्याउने प्रयास गरेको छ । विवाहअघि नै गर्भवती भएकी महिलाले समाजमा भोग्नुपर्ने अपहेलना र आमादेखि टाढिएका बुबासँग छोराले गर्ने संघर्षलाई चलचित्रले मुख्य विषय बनाएको ट्रेलरले संकेत गर्छ । आमाप्रतिको छोराको माया र जिम्मेवारीलाई पनि ट्रेलरमा देखाइएको छ । कुमार गजुरेलको निर्देशन रहेको यस चलचित्रमा निरुता सिंह, उत्तम प्रधान, गिरी विश्वकर्मा, गायत्री जोशी, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुइँकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मालगायता कलाकारको अभिनय छ । यही चलचित्रमार्फत निरुता र उत्तम करिब दुई दशकपछि ठूलो पर्दामा देखिन लाग्नुभएको हो । किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुनुहुन्छ । रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको चलचित्रमा बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्मातामा हुनुहुन्छ । चलचित्रमा संकल्प भुजेलको छायांकन, तारा थापाको सम्पादन तथा बाबुल गिरी र प्रशान्त सिवाकोटीको संगीत छ ।
‘सारथी’को ट्रेलरमा पारिवारिक द्वन्द्व

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






