Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

सामुदायिक विद्यालयका जग्गाको विवरण दुई महिनाभित्र अद्यावधिक गर्न निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
सामुदायिक विद्यालयका जग्गाको विवरण दुई महिनाभित्र अद्यावधिक गर्न निर्देशन
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले देशभरका सामुदायिक विद्यालयको जग्गा तथा सम्पत्तिको विवरण दुई महिनाभित्र अद्यावधिक गर्न निर्देशन दिएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयको जग्गा संरक्षण र अनधिकृत अतिक्रमण रोक्न एकीकृत अभियान अघि बढाइएको बताएका छन् । मन्त्री पोखरेलका अनुसार विद्यालयका नाममा रहेका, भोगचलन गरिएका तथा अन्य निकायको नियन्त्रणमा रहेका जग्गाको वास्तविक अवस्था पहिचान गर्न शिक्षा विभागमार्फत देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गरिएको छ । अब सबै सामुदायिक विद्यालयले आफ्नो जग्गाको स्वामित्व, क्षेत्रफल र कानुनी कागजातको विवरण दुई महिनाभित्र एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा अनिवार्य अद्यावधिक गरी प्रतिवेदन पठाउनुपर्नेछ । केही विद्यालयसँग पर्याप्त जग्गा नभएको र कतिपयको जग्गा अन्य निकायको नाममा वा नियन्त्रणमा रहेको गुनासो आएको उल्लेख गर्दै मन्त्री पोखरेलले आवश्यक परे मन्त्रिपरिषद्बाट निर्णय गराएर भए पनि विद्यालयलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराइने बताएका छन् । उनले सामुदायिक विद्यालयको सम्पत्ति सार्वजनिक धरोहर भएकाले यसको संरक्षणमा कुनै सम्झौता नहुने बताउँदै अभियान सफल बनाउन स्थानीय तह, विद्यालय व्यवस्थापन समिति र सरोकारवालाको सहयोग अपेक्षा गरेका छन् । The post सामुदायिक विद्यालयका जग्गाको विवरण दुई महिनाभित्र अद्यावधिक गर्न निर्देशन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन नदिन थप क्रियाशील हुनुपर्छ :  प्रहरी महानिरीक्षक केसी
Latest NewsJust now

चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन नदिन थप क्रियाशील हुनुपर्छ : प्रहरी महानिरीक्षक केसी

काठमाडौँ । प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले तिहार, छठलगायत चाडपर्वहरूको समयमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै प्रहरी कर्मचारी थप क्रियाशील हुनुपर्ने बताएका... ...

रातोपाटी
एनपीएलमा चितवनसँग पोखरा ३० रनले पराजित
Latest NewsJust now

एनपीएलमा चितवनसँग पोखरा ३० रनले पराजित

काठमाण्डु – राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा चितवन राइनोजसँग पोखरा एभेन्जर्स ३० रनले पराजित भएको छ । जीतका लागि पाएको १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रनमा समेटिएको हो । पोखराका अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । चितवनका रिजन ढकालले ४, […] ...

काठमाण्डुपाटी
ग्रिन आर्मीलाई सुरक्षा निकायसरह पोसाक र दर्ज्यानी चिन्ह दिने निर्णयका सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश
Latest NewsJust now

ग्रिन आर्मीलाई सुरक्षा निकायसरह पोसाक र दर्ज्यानी चिन्ह दिने निर्णयका सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौँ। सर्वोच्च अदालतले विवादित बनेको 'ग्रिन आर्मी नेपाल प्रा.लि.' लाई सुरक्षा निकायको जस्तै पोसाक तथा दर्ज्यानी चिन्ह प्रयोग गर्न दिने भनी सरकारका विभिन्न निकायबाट भएका निर्णयका सक्कल फाइलहरू झिकाउन आदेश... ...

रातोपाटी
चाडपर्वमा सुरक्षा व्यवस्था कडा पार्न आईजीपीको निर्देशन
Latest NewsJust now

चाडपर्वमा सुरक्षा व्यवस्था कडा पार्न आईजीपीको निर्देशन

काठमाडौं। प्रहरी महानिरीक्षक मनोजकुमार केसीले नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गर्न र प्रहरीलाई थप सक्रिय बनाउन निर्देशन दिएका छन्। शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै उनले दीपावली, नेपाल संवत् र छठलगायतका पर्वमा हुन सक्ने आपराधिक गतिविधि रोक्न विशेष सतर्कता अपनाउनुपर्ने बताए। महानिरीक्षक केसीले चाडपर्वका बेला चोरी, लुटपाट र आपराधिक घटनाहरू नियन्त्रण गर्न प्रभावकारी ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play