Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, ३२ लाखभन्दा बढी आवद्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, ३२ लाखभन्दा बढी आवद्ध
Photo / Coverage: पर्दाफास

सामाजिक सुरक्षा कोषमा करिव १ खर्ब ३० अर्ब संकलन भएको छ । कोषकाअनुसार गत असोज मशान्तसम्म औपचारिक, वैदेशिक रोजगारी, अनौपचारिक र स्वरोजगार क्षेत्रका गरी ३२ लाख ४३ हजार ७०१ जना योगदानकर्ताले हालसम्म हालसम्म १ खर्ब २९ अर्ब ६४ करोड रुपैयाँ योगदान गरेका छन् । कोषमा सहभागिताको हिसावले वैदेशिक रोजगारीमा जानेहरुको संख्या ठूलो छ । सोही कारण योगदानको हिसाबले पनि उनीहरुले नै बढी गरेका छन् । कोषकाअनुसार वैदेशिक रोजगारी क्षेत्रबाट मात्रै २४ लाख ५० हजार ९५८ जना कोषमा आवद्ध भएका छन् । यो कुल योगदानकर्ताको करिव ७५ प्रतिशत हो । त्यस्तै, औपचारिक क्षेत्रबाट ७ लाख ९० हजार ८३ जना, अनौपचारिक क्षेत्रबाट १ हजार १६८ जना र स्वरोजगार क्षेत्रबाट १ हजार ४९२ जना कोषमा आवद्ध भएका छन् । औपचारिक क्षेत्रअन्तर्गत सातै प्रदेशबाट योगदानकर्ता आबद्ध भएका छन् । प्रदेशगत रूपमा वागमती प्रदेश सबैभन्दा अगाडि देखिएको छ । त्यसपछि लुम्बिनी, मधेस, गण्डकी, कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेश रहेका छन् । वागमतीमा रोजगारदाता संस्थाको संख्या पनि सबैभन्दा धेरै छ । तथ्यांकअनुसार औपचारिक क्षेत्रबाट २३ हजार ८०७ रोजगारदाता संस्था कोषमा आवद्ध छन् । प्रदेशगत रूपमा बागमतीमा १५ हजार ५५१ रोजगारदाता संस्था छन् । कोशीमा २ हजार ७०३, मधेशमा १ हजार ३२१, गण्डकीमा १ हजार ४२८, लुम्बिनीमा २ हजार १९०, कर्णालीमा ३१४ र सुदूरपश्चिममा ३८० रोजगारदाता संस्था आवद्ध छन् । यसले सामाजिक सुरक्षा कोषमा औपचारिक क्षेत्रको सहभागिता बागमती प्रदेशमा सबैभन्दा बढी केन्द्रित रहेको देखाएको छ । विशेषगरी निजी कम्पनी, उद्योग, प्रतिष्ठान तथा अन्य संगठित संस्थामार्फत औपचारिक क्षेत्रका श्रमिक कोषमा जोडिएका छन् । कोषमा आवद्ध हुने योगदानकर्ताको संख्यामा वैदेशिक रोजगारी क्षेत्र सबैभन्दा अगाडि छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने व्यवस्था कार्यान्वयनमा आएपछि यस क्षेत्रबाट ठूलो संख्यामा योगदानकर्ता थपिएका हुन् । औपचारिक क्षेत्रपछि योगदानकर्ताको ठूलो हिस्सा वैदेशिक रोजगारी क्षेत्रको छ । तर अनौपचारिक तथा स्वरोजगार क्षेत्रको सहभागिता भने निकै न्युन छ । कुल ३२ लाखभन्दा बढी योगदानकर्ता आबद्ध हुँदा अनौपचारिक क्षेत्रका १ हजार १६८ र स्वरोजगार क्षेत्रका १ हजार ४९२ जना मात्रै कोषमा जोडिएका छन् । यसले श्रम बजारमा ठूलो हिस्सा ओगट्ने अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन अझै चुनौती रहेको देखाएको छ । चार योजनामा योगदान संकलनकोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजनामार्फत योगदान रकम परिचालन गर्दै आएको छ । कोषको तथ्यांकअनुसार यी योजनासहित अन्य योगदान तथा प्रतिफलसमेत जोड्दा हालसम्म १ खर्ब २९ अर्ब ६४ करोड रुपैयाँ संकलन भएको छ । यस अवधिमा कोषबाट विभिन्न शीर्षकमा २२ अर्ब ९० करोड रुपैयाँ दाबी भुक्तानी भएको छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताले सुविधा लिँदै आएका छन् । कोषमा आवद्ध श्रमिकले योगदानका आधारमा स्वास्थ्य उपचार, दुर्घटना तथा अशक्ततासम्बन्धी सुरक्षा, आश्रित परिवारलाई सुविधा र वृद्धावस्थामा पेन्सन तथा अवकाश सुविधासमेत पाउने व्यवस्था छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भीमफेदी ईभी दुर्घटनाका ११ मृतक र ६ घाइतेको पहिचान खुल्यो
OthersJust now

भीमफेदी ईभी दुर्घटनाका ११ मृतक र ६ घाइतेको पहिचान खुल्यो

२६ कात्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा आज बिहान भएको ईभी हाइस दुर्घटनामा मृत्यु भएका ११ जनाकै पहिचान खुलेको छ । दुर्घटनामा परेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको इभी हाइस सडकबाट करिब ५०० मिटर तल खसेको थियो । दुर्घटनाको समयमा गाडीमा चालकसहित १७ जना सवार थिए । दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु… ...

अनलाइन खबर
अघि बढ्यो विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐनको मस्यौदा
OthersJust now

अघि बढ्यो विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐनको मस्यौदा

नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान (नास्ट) लगायतका निकायहरूको सञ्चालन र नियमनका साथै राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको निर्माण तथा सञ्चालन गर्ने विषय पनि समेटिएको छ । ...

अनलाइन खबर
वीरगन्ज कारागारबाट फरार कैदी साह भारतको आदापुरबाट पक्राउ
OthersJust now

वीरगन्ज कारागारबाट फरार कैदी साह भारतको आदापुरबाट पक्राउ

पर्साको वीरगन्ज कारागारबाट बिहीबार बिहान फरार भएका कैदी सुनिल साह केही घण्टाभित्रै पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दामा १४ वर्षको कैद सजाय भोगिरहेका पोखरिया नगरपालिका–सतवरियाका ३० वर्षीय साह कारागारको पर्खाल नाघेर भागेका थिए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर मल्लका अनुसार कारागारभित्र सरसफाइको काम गर्दै आएका साह सुरक्षाकर्मीको आँखा छलेर बिहान फरार भएका थिए ...

पर्दाफास
भारत भ्रमण गर्ने ‘टप टेन’ देशका पर्यटकमध्ये नेपाली १०औं स्थानमा
OthersJust now

भारत भ्रमण गर्ने ‘टप टेन’ देशका पर्यटकमध्ये नेपाली १०औं स्थानमा

नेपालबाट स्वास्थ्योपचार, धर्मकर्म र घुमफिरमा बढी नेपाली पर्यटक भारत जाने गर्छन् । गत वर्ष २ लाख १८ हजार ६ सय ४१ नेपालीले भारत भ्रमण गरे । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play