Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगानी हुनुपर्‍योः पाण्डे

Share:WhatsAppFacebookX (Twitter)Telegram
सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगानी हुनुपर्‍योः पाण्डे
Photo / Coverage: टक्सार

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासघका उपाध्यक्ष (एसोसिएट) तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कोषमा जम्मा भएको अर्बौँ रूपैयाँ बैंकमा राखेर मात्र उपलब्धिमूलक नहुने बताउँदै ठूला परियोजना, उद्योग तथा रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताए । उनकाअनुसार कोषको रकम उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सके देशको विकासमा योगदान पुग्नुका साथै श्रमिकले आफ्नो योगदानको राम्रो प्रतिफलसमेत प्राप्त गर्न सक्छन् । पाण्डेले मन्त्रालयको नाम र संरचना परिवर्तन भए पनि श्रमिकको सामाजिक सुरक्षाप्रतिको सरकारको जिम्मेवारी परिवर्तन हुन नहुने बताए । पहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय एउटै रहेकामा अहिले श्रम तथा रोजगार र सामाजिक सुरक्षासम्बन्धी विषय फरक मन्त्रालयबाट हेरिन थालेको बताउँदै उनले यसले नीति कार्यान्वयनमा अन्योल र ढिलाइ हुन नहुने उल्लेख गरे । उनले सामाजिक सुरक्षा कोष, श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको मूल मर्म एउटै हुनुपर्नेमा जोड दिए । रोजगारदाता र श्रमिक सङ्गठनको जिम्मेवारी सम्हाल्ने मन्त्रालयका विषयमा अन्योल सिर्जना हुँदा सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन प्रभावित हुन नहुने उनको भनाइ छ । सरकारले हालै सार्वजनिक खरिदमा आबद्ध श्रमिकहरूको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३ जारी गरेको सन्दर्भमा उहाँले त्यसका केही प्रावधानले निजी क्षेत्रमा चुनौती थप्न सक्ने बताए । उनकाअनुसार निजी क्षेत्रमा न्यूनतम मासिक पारिश्रमिक १९ हजार ५५० रूपैयाँ र दैनिक ज्याला ७५४ रूपैयाँ रहेको अवस्थामा सार्वजनिक खरिदमा संलग्न अदक्ष श्रमिकको दैनिक ज्याला ७४० रुपैयाँ निर्धारण गरिएको छ । एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणाली कायम हुँदा श्रमिक पलायन, निजी उद्योगको लागत वृद्धि तथा प्रतिष्पर्धात्मक क्षमतामा असर पर्नसक्ने उनले बताए । रोजगारदाता र श्रमिकको सहभागिताबिना पारिश्रमिक निर्धारण गरिएको विषयमा पनि उनले प्रश्न उठाए । पुराना ठेक्काको दररेट, लागत अनुमान र बोलपत्रमा नयाँ पारिश्रमिक तथा १० प्रतिशत योगदान समावेश नभएको अवस्थामा पुरानै ठेक्कामा काम गरिरहेका व्यवसायीलाई तत्काल नयाँ दरअनुसार भुक्तानी गर्न कठिन हुने उनको भनाइ छ । उनले कार्यविधि जारी गर्दा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का महासन्धि नम्बर १४४ र १३१ तथा श्रम ऐन, २०७४ को मर्मलाई समेत ध्यान दिनुपर्ने बताए । कार्यविधिमा आवद्ध नभएका कम्पनीलाई कालोसूचीमा राख्ने, रनिङ बिल रोक्का गर्ने तथा ठेक्का खारेज गर्नेजस्ता कारबाहीका व्यवस्था भए पनि साना कम्पनी र श्रम आपूर्तिकर्तालाई अनलाइन दर्ता, सामाजिक सुरक्षा कोषको परिचय नम्बर तथा मासिक विवरण बुझाउने प्रक्रियामा सहजीकरण गर्ने व्यवस्था आवश्यक रहेको उनले बताए । उनकाअनुसार पहिले सहजीकरण गरेर त्यसपछि मात्रै कारबाहीको प्रक्रिया अघि बढाउनुपर्छ ।पाण्डेले श्रमिकबाट सामाजिक करबापत कट्टा गरिएको रकम पनि सामाजिक सुरक्षा कोषमा जम्मा हुनुपर्ने महासंघको बताए । विगतमा सामाजिक सुरक्षा करका रूपमा कट्टा गरिएको रकम अझै कोषमा नआएको उल्लेख गर्दै श्रमिकको नाममा कट्टा हुने प्रत्येक रूपैयाँ श्रमिककै खातामा जम्मा हुनुपर्ने उनको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एमालेलाई पुनः जनताको भरोसायोग्य पार्टी बनाउँछौँ : महासचिव पोखरेल
Latest NewsJust now

एमालेलाई पुनः जनताको भरोसायोग्य पार्टी बनाउँछौँ : महासचिव पोखरेल

तनहुँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीप्रति असन्तुष्ट रहेका जनता र कार्यकर्ताको मन जित्दै एमालेलाई पुनः जनताको भरोसायोग्य पार्टी बनाउने बताएका छन् । नेकपा एमाले तनहुँले आज दमौलीमा आयोजना गरेको... ...

रातोपाटी
जनकपुरधाम–अयोध्या रेलले जोड्दै आस्था र संस्कृति, धार्मिक पर्यटनमा उत्साह
Latest NewsJust now

जनकपुरधाम–अयोध्या रेलले जोड्दै आस्था र संस्कृति, धार्मिक पर्यटनमा उत्साह

• जनकपुरधाम र अयोध्याबीच रेलमार्गबाट प्रत्यक्ष सम्पर्क स्थापित भएको छ, जसले धार्मिक, सांस्कृतिक र भावनात्मक सम्बन्धलाई मजबुत बनाउने अपेक्षा गरिएको छ। • सरयू–कमला एक्सप्रेस रेल सेवा शनिबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउने तयारीमा छ, जसले तीर्थयात्रीलाई सहज यात्रा सुविधा प्रदान गर्नेछ। • रेलमार्गमा १७ वटा डिब्बा रहनेछन् र यात्रुले विभिन्न श्रेणीका डिब्बामा आफ्नो आवश्यकता अनुसार यात्रा गर्न सक्नेछन्। ...

नेपालबहस
सातै प्रदेशमा ८३८ विशेषज्ञ चिकित्सक खटाइए
Latest NewsJust now

सातै प्रदेशमा ८३८ विशेषज्ञ चिकित्सक खटाइए

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एमडी, एमएस र एमडिएस उत्तीर्ण ८३८ जना विशेषज्ञ चिकित्सकलाई सातै प्रदेशमा खटाएको छ। यससँगै विशेषज्ञ उपचारका लागि काठमाडौँ तथा ठुला सहर धाउनुपर्ने बाध्यता... ...

रातोपाटी
तल्लो अरुणबाट सन् २०३० डिसेम्बर ४ देखि विद्युत् उत्पादन गर्ने लक्ष्य
Latest NewsJust now

तल्लो अरुणबाट सन् २०३० डिसेम्बर ४ देखि विद्युत् उत्पादन गर्ने लक्ष्य

काठमाडौं । ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट सन् २०३० डिसेम्बर ४ देखि विद्युत् उत्पादन गर्ने लक्ष्य निर्धारण गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो । पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले तल्लो अरुण जलविद्युत् आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको बताउनुभयो । प्रधानमन्त्री बालेन्द्र साहको मंसिर ६ र ७ गते भएको भारत ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement