Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

सामाजिक सञ्जालको हल्लाका भरमा काँग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको चेतावनी

Share:WhatsAppFacebookX (Twitter)Telegram
सामाजिक सञ्जालको हल्लाका भरमा काँग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको चेतावनी
Photo / Coverage: पर्दाफास

नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । सोमवार नेपाली काँग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले कुनै विचौलियाले भनेकै भरमा करोडौँ रुपैयाँको लेनदेन भएको निष्कर्षमा पुग्न नहुने बताएका हुन् । उनले गगन थापा र आफूले पार्टीको नेतृत्व परिवर्तनका लागि करोडौँ रुपैयाँ बुझाएको भन्ने आरोपप्रति प्रश्न उठाउँदै पटक–पटक सत्तामा पुगेका नेताहरू र आफूहरूबीचको राजनीतिक तथा आर्थिक हैसियत तुलना गर्न आग्रह गरे । कुनै आपराधिक घटनामा पक्राउ परेको व्यक्तिले कसैको नाम जोडेर अभिव्यक्ति दिँदैमा त्यसलाई अदालत वा कानूनले प्रमाणका रूपमा स्वीकार गर्छ कि गर्दैन भन्दै उनले सामाजिक सञ्जालमा हुने प्रचारको पछि नलाग्न आग्रह गरे । शर्माले काँग्रेसको विशेष महाधिवेशनदेखि १५ औँ महाधिवेशनसम्मका सम्पूर्ण प्रक्रिया पार्टीको विधि, विधान, पद्धति र संविधानअनुसार सम्पन्न भएको दाबी गरे । महाधिवेशन प्रतिनिधिहरूको निर्णय कार्यान्वयन भएको भन्दै पार्टीभित्रका निर्णयलाई लिएर अनावश्यक भ्रम सिर्जना नगर्न उनको आग्रह छ । उनले बदलिएको राष्ट्रिय परिस्थिति र आवश्यकताअनुसार काँग्रेसलाई नयाँ ढंगले अघि बढाउनुपर्ने बताउनु भयो । पार्टीलाई चुस्त, व्यवस्थित र योजनाबद्ध रूपमा सञ्चालन गर्दै देशको विकास र समृद्धिका लागि काम गर्ने उनको भनाइ छ । शर्माले भने, ‘राष्ट्रिय आवश्यकता र बदलिँदो परिस्थितिअनुसार नेपाली काँग्रेसलाई नयाँ सोच, ऊर्जा र दिशासहित अघि बढाउनुपर्ने समय आएको छ । पार्टीको विशेष महाधिवेशनदेखि आगामी १५ औँ महाधिवेशनसम्मका प्रक्रिया विधि, विधान र पद्धतिअनुसार अघि बढेका छन् । अपुष्ट आरोप र हल्लाभन्दा तथ्य, प्रमाण र विवेकलाई प्राथमिकता दिनुपर्छ । अब काभ्रे काँग्रेसले गाउँ, टोल र जनताको घरदैलोसम्म पुगेर संगठन बलियो बनाउनुपर्छ । अनुभवी नेतृत्व र युवा पुस्ताको सहकार्यमा जिल्लामा नयाँ उत्साह, विश्वास र ऊर्जा जगाउनुपर्छ । हामी अध्ययन, मेहनत, एकता र योजनाका साथ पार्टी तथा देशको समृद्धिका लागि अघि बढ्नुपर्छ ।’ काभ्रे काँग्रेसलाई संगठन विस्तार र सुदृढीकरणमा केन्द्रित हुन आग्रह गर्दै शर्माले पार्टीको जग बलियो बनाउन कार्यकर्ताहरू गाउँ तथा समुदायसम्म पुग्नुपर्ने बताए। कार्यकर्तामा आशा र आत्मविश्वास जगाउन सके मात्रै समाजमा नयाँ विश्वास स्थापित गर्न सकिने उनले उल्लेख गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गाईको नाकको डोरी
OthersJust now

गाईको नाकको डोरी

हाम्रो तिहारमा मनाइने पाँचवटा उत्सवमध्ये दुई दिन गाईतिहार र गोवर्धन पूजा गाईगोठ केन्द्रित छन्। गाउँघरमा गाईगोठमै गएर पूजा गर्ने चलन भए पनि सहरमा त्यो प्रचलन बनेको छैन । राजधानी उपत्यकामा हजारौँको सङ्ख्यामा रहेका गाईगोठहरूमध्ये सीमित गाईगोठहरू मात्रै गाईको स्वास्थ्यलाई ध्यान दिएर स्वच्छ र खुला वातावरणमा निर्मित छन् । अधिकांश भने साँघुरा र घुमफिर गर्न नमिल्ने… ...

अनलाइन खबर
रैथाने उत्पादनको प्रवर्द्धन गर्न देशभरका ठूला शहरमा मेला आयोजना गर्नुपर्छ : सभामुख अर्याल
OthersJust now

रैथाने उत्पादनको प्रवर्द्धन गर्न देशभरका ठूला शहरमा मेला आयोजना गर्नुपर्छ : सभामुख अर्याल

२३ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले रैथाने कृषि उत्पादनको प्रवद्र्धन तथा बजारीकरणका लागि सरकारले देशभरका ठूला शहरमा रैथाने मेला तथा प्रदर्शनी नियमित रूपमा आयोजना गर्नुपर्ने बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने मेलाको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले रैथाने मेला काठमाडौंमा मात्र नभई ठूला बजार भएका विभिन्न शहरहरूमा सरकारले… ...

अनलाइन खबर
९ तहसम्म ट्रान्स्फर भएको पैसा १५ मिनेटमै रोक्का, एन्टिस्क्याम सेन्टरको हटलाइन ‘१२४७’
OthersJust now

९ तहसम्म ट्रान्स्फर भएको पैसा १५ मिनेटमै रोक्का, एन्टिस्क्याम सेन्टरको हटलाइन ‘१२४७’

नेपाल राष्ट्र बैंकका अनुसार स्क्यामरले ९ तहसम्म ट्रान्स्फर गरेको रकम एन्टिस्क्याम सेन्टरले १५ मिनेटमै रोक्का राख्न सफल भएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play