Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

पावर प्लेमै कर्णालीको ४ विकेट पतन

Share:WhatsAppFacebookX (Twitter)Telegram
पावर प्लेमै कर्णालीको ४ विकेट पतन
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत पोखरा एभेन्जर्सले प्रस्तुत गरेको २१८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा कर्णाली याक्सले पावरप्लेको समाप्तिमा नै ठूलो झट्का बेहोरेको छ। कर्णालीले ६ ओभरमा ५६ रन बनाउँदा आफ्ना महत्त्वपूर्ण ४ विकेट गुमाइसकेको छ। पोखराका बलरहरूले कसिलो र आक्रामक बलिङ गर्दै कर्णालीलाई दबाबमा राखेका छन्। इनिङ्सको सुरुआतमा आरिफ इस्लामले १३ बलमा २ चौका र २ छक्कासहित २४ रनको आक्रामक पारी खेले पनि उनी क्याच आउट भए। त्यस्तै, दिपक डूम्रेले ७ बलमै ३ छक्का र १ चौकाको मद्दतले २२ रन जोडे पनि उनी पनि आउट हुन पुगे। जिशन आलम शून्य र मार्क वाट (८) पनि सस्तोमै आउट भए। पोखराका लागि माहेदी हसनले २ विकेट लिएका छन् भने धनञ्जय लक्षन र कुशल भुर्तेलले समान १-१ विकेट हात पारेका छन्। हाल क्रिजमा डेविड मिलर छन् भने कर्णालीलाई जितका लागि ८४ बलमा अझै १६२ रनको आवश्यकता छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बोलेरो जिप दुर्घटनाका घाइते ६ मध्ये चालकसहित २ जनाको मृत्यु
Latest NewsJust now

बोलेरो जिप दुर्घटनाका घाइते ६ मध्ये चालकसहित २ जनाको मृत्यु

सान्नीत्रिवेणी–६ मेहेलमुडीकी २७ वर्षीया बिरामी कैली सार्कीसहित आफन्तहरू सवार कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बोलेरो जिप सोमबार बिहान दुर्घटनामा परेको थियो । ...

कान्तिपुर
चीनले थप दुई महिना दुर्लभ खनिजको निर्यातमा रोक नलगाउने
Latest NewsJust now

चीनले थप दुई महिना दुर्लभ खनिजको निर्यातमा रोक नलगाउने

राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको शिखर सम्मेलनपछि भएको बृहत् सम्झौतालाई जोगाइराख्न चीनले यस्तो निर्णय लिएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ...

कान्तिपुर
ट्रम्पको पुनरागमनको वाचा, डेमोक्रेटको अनुसन्धान चेतावनी
Latest NewsJust now

ट्रम्पको पुनरागमनको वाचा, डेमोक्रेटको अनुसन्धान चेतावनी

काठमाडाैँ । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कङ्ग्रेसको नियन्त्रण गुमाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझ बलियो भएर फर्किने वाचा गरेका छन्। निर्वाचन परिणामसँगै डेमोक्रेटहरूले राष्ट्रपति र उहाँका प्रशासनका उच्च अधिकारीमाथि अनुसन्धान... ...

रातोपाटी
संरक्षणको अभावमा छेडेदह ताल
Latest NewsJust now

संरक्षणको अभावमा छेडेदह ताल

बाजुरा । छेडेदह ताल संरक्षणको अभावमा जोखिममा पर्दै गएको छ । यो ताललाई स्थानीयले प्रेम ताल पनि भन्दछन् । खप्तड छेडेदह गाउँपालिकामा अवस्थित उक्त ताल पछिल्लो समय पहिरोको उच्च जोखिमसँगै संरक्षण अभावमा सङ्कटमा पर्न थालेको हो। डाँडाकाँडा, शान्त वातावरण र मनमोहक प्राकृतिक दृश्यले घेरिएको यो ताल पर्यटकीय दृष्टिले महत्त्वपूर्ण सम्भावना बोकेको प्राकृतिक सम्पदा हो । प्राकृतिक पहिचानका रूपमा रहेको उक्त ताल आन्तरिक ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play