Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

सामसङले भारतमा १,६०० जनालाई इलेक्ट्रोनिक्स सर्भिसिङसम्बन्धी तालिम दिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
सामसङले भारतमा १,६०० जनालाई इलेक्ट्रोनिक्स सर्भिसिङसम्बन्धी तालिम दिने
Photo / Coverage: टेक्नोलोजी खबर

सामसङ इन्डियाले भारतको सूक्ष्म, साना तथा मझौला उद्यम मन्त्रालय (एमएसएमई) सँग इलेक्ट्रोनिक्स उपकरणहरूको मर्मतसम्भार र सर्भिसिङसम्बन्धी व्यावसायिक तालिम प्रदान गर्न ३ वर्षे सम्झौता गरेको छ। यस कार्यक्रमअन्तर्गत पहिलो वर्ष १,६०० जनालाई तालिम दिइनेछ। उक्त तालिम देशभर रहेका १५ ओटा ‘एमएसएमई टेक्नोलोजी सेन्टर’ मार्फत प्रदान गरिनेछ। यो व्यावसायिक तालिम पहल सामसङको कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम ‘दोस्त सर्भिस’ को विस्तार हो, जुन सन् २०१४ देखि सञ्चालनमा छ। सफल प्रशिक्षार्थीहरूले सामसङको सेवा सञ्जालभित्र तीन महिनाको ‘अन-द-जब’ (कार्यस्थलमा आधारित) इन्टर्नसिप अवधिको दौरान ‘डाइरेक्ट बेनिफिट ट्रान्सफर’ मार्फत मासिक १२,००० भारतीय रुपैयाँ भत्ता प्राप्त गर्ने बताईएको छ। यस व्यावहारिक तालिममा मोबाइल फोन, ट्याब्लेट, स्मार्टवाच, टेलिभिजन, एयर कन्डिसनर, वासिङ मेसिन र प्रोफेसनल डिस्प्लेलगायत विभिन्न उत्पादनहरूको जडान, सेवा र मर्मतसम्बन्धी सीपहरू समावेश छन्। महिला तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था गरिएको छ, साथै उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीहरूलाई उनीहरूको योग्यताका आधारमा पुरस्कृत गरिने बताईएको छ। The post सामसङले भारतमा १,६०० जनालाई इलेक्ट्रोनिक्स सर्भिसिङसम्बन्धी तालिम दिने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
क्लाउड सेवाको माग बढ्दै गएपछि गुगलले सार्वजनिक गर्‍यो नयाँ एआई चिपका संस्करण
TechnologyJust now

क्लाउड सेवाको माग बढ्दै गएपछि गुगलले सार्वजनिक गर्‍यो नयाँ एआई चिपका संस्करण

अल्फाबेटको स्वामित्वमा रहेको गुगलले सोमबार आफ्नै टेन्सर प्रोसेसिङ युनिट (टीपीयू) का दुई नयाँ संस्करण सार्वजनिक गरेको छ। तीव्र गतिमा विस्तार भइरहेको कृत्रिम बुद्धिमत्तासम्बन्धी चिप बजारमा एनभिडियाको प्रभुत्वलाई चुनौती दिने प्रयासस्वरूप गुगलले यस्तो कदम चालेको हो। प्रारम्भिक कारोबारमा अल्फाबेटको सेयर मूल्य ३ प्रतिशतभन्दा बढीले बढेको थियो। अल्फाबेटका अनुसार, सन् २०२६ को सेप्टेम्बर त्रैमासिकको वित्तीय नतिजामा टीपीयू बिक्रीले उल्लेखनीय योगदान गरेको थियो। यस ...

टेक्नोलोजी खबर
पोखरामा विद्युतीय तार भूमिगत गर्ने काम ८२ प्रतिशत सम्पन्न
TechnologyJust now

पोखरामा विद्युतीय तार भूमिगत गर्ने काम ८२ प्रतिशत सम्पन्न

नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत पोखरामा ८२ प्रतिशत र भरतपुरमा ९५ प्रतिशत भौतिक प्रगति भएको छ। विद्युतीय तार भूमिगत गर्ने उद्देश्यले प्राधिकरणले चार वर्षअघि सुरु गरेको आयोजनाअन्तर्गत पोखरामा आगामी वैशाखभित्र र भरतपुरमा आगामी मङ्सिरभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना प्रमुख इन्जिनियर आनन्द सुवेदीले जानकारी दिए। उनका अनुसार भरतपुरको काम अन्तिम चरणमा पुगेको छ। पोखरामा कुल २२३ किलोमिटर क्षेत्रमा ...

टेक्नोलोजी खबर
रोबोटको बढ्दो प्रयोगमा सिङ्गापुर
TechnologyJust now

रोबोटको बढ्दो प्रयोगमा सिङ्गापुर

यातायात, विमानस्थल, आवासीय भवनदेखि सार्वजनिक सुरक्षा व्यवस्थासम्म रोबोटको प्रयोग विस्तार गर्दै सिङ्गापुरले स्वचालित प्रविधिलाई दैनिक जीवनको हिस्सा बनाउन थालेको छ । अनुसन्धान, विकास र व्यावसायिक प्रयोगमा सक्रिय ३०० भन्दा बढी रोबोटिक्स कम्पनी रहेको सिङ्गापुरमा अब रोबोटलाई विभिन्न क्षेत्रमा जनशक्तिको सहयोगीका रूपमा परिचालन गर्ने तयारी भइरहेको छ । सिङ्गापुरको दक्षिणी तटमा रहेको पर्यटकीय टापु सेन्टोसा स्वचालित सवारीसाधन परीक्षणको नयाँ केन्द्र बनेको छ ...

टेक्नोलोजी खबर
एनभिडियाका सीईओलाई मस्कको जागिर प्रस्ताव, भने- 'आफ्नो कम्पनीमा नियुक्त गर्न पाउनु सम्मान हुनेछ'
TechnologyJust now

एनभिडियाका सीईओलाई मस्कको जागिर प्रस्ताव, भने- 'आफ्नो कम्पनीमा नियुक्त गर्न पाउनु सम्मान हुनेछ'

काठमाडौं । अमेरिकी अर्बपति तथा प्रविधि उद्यमी इलन मस्कले विश्वकै चर्चित चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङलाई आफ्नो कम्पनीमा काम गर्न प्रस्ताव गरेका छन् ।मस्कले सामाजिक सञ्जाल एक्समार्फत हुआङलाई आफ्नो कम्पनीमा आबद्ध हुन प्रस्ताव गरेका हुन् । हुआङजस्ता व्यक्तिलाई आफ्नो कम्पनीमा नियुक्त गर्न पाउनु सम्मानको विषय हुने मस्कले बताएका छन् ।बीबीसीका अनुसार वित्तीय समाचार पोर्टल जिरोहेजले ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play