Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

भिमफेदी दुर्घटना : मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
भिमफेदी दुर्घटना : मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो
Photo / Coverage: पर्दाफास

सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलमा भएको दुर्घट्नामा १४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधवकुमार काफ्लेका अनुसार मृत्यु भएका १४ जनाकै पहिचान खुलेको छ । मृत्यु हुनेमा सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय चालक रविशंकर कुमार मण्डल,सर्लाही चक्रघट्टा गा.पा.४ सुन्दरपुरटोल बस्ने राकेश यादव,सुरेश यादव र सोही बस्ने छोटु यादव ,२६ वर्षीय बिकेश यादव, ३५ वर्षीया पुनम यादव, उनका छोराछोरी ७ वर्षीया दिक्षा यादव, ५ वर्षीया दिपिका यादव र १० वर्षीया अनु कुमारी यादवको मृत्यु भएको छ । यसैगरी, ३५ देखि ३६ वर्षका गुड्डु यादव, उनकी श्रीमती ३० देखि ३२ वर्षीया गायत्री देवी, २५ देखि २६ वर्षका रामदुलार यादव, २४ देखि २५ वर्षका सुबोध यादव र १५ वर्षीय रोहन यादवको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा घाइते भएका ६ जनालाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो । घाइतेमध्ये ३३ वर्षीय मुकेश यादव र ५ वर्षीय सक्षम कुमार यादव उपचारपछि डिस्चार्ज भएका छन् । त्यस्तै, ३ वर्षीय सुजन यादव र १४ महिनाका सुदिप यादवलाई थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पताल रिफर गरिएको छ । ३१ वर्षीय बेचु भन्ने देवेन्द्र रायलाई थप उपचारका लागि भरतपुरको मनकामना अस्पताल रिफर गरिएको छ । अर्का २६ वर्षीय देवेन्द्र राय उपचारपछि डिस्चार्ज भएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएल : विराटनगरको तेस्रो जित,पोखरा आउट
OthersJust now

एनपीएल : विराटनगरको तेस्रो जित,पोखरा आउट

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा विराटनगर किङ्ग्स विजयी भएको छ। विराटनगरले पोखरा एभेन्जर्सलाई ४ विकेटले हरायो। विराटनगरको यो तेस्रो जित हो। तेस्रो जितले विराटनगरले प्लेअफको सम्भावनालाई जीवित राखेको छ । पाचौं खेल हारेको पोखरा भने प्रतियोगिताबाट बाहिरिएको छ। जितका लागि पाएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्याे। जसमा बसिर अहमदले ३७ ...

पर्दाफास
रविले जनकपुरमा सर्वसाधारणको घरमा बसेर छठ मनाउने
OthersJust now

रविले जनकपुरमा सर्वसाधारणको घरमा बसेर छठ मनाउने

२६ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यसवर्ष छठ पर्व मनाउन जनकपुरधाममा सर्वसाधारणको घरमा बसेर विधिपूर्वक मनाउने भएका छन् । सभापति लामिछानले जनकपुरधामस्थित गङ्गासागरमा छठ मनाउने र पार्टीसँग असम्बन्धित सर्वसाधारण नागरिकको घरमा बसेर छठका सम्पूर्ण विधिमा सहभागी हुने तयारी गरेको रास्वपा सांसद मनिष झाले जानकारी दिए । झाले सभापति लामिछानेले… ...

अनलाइन खबर
मधेश प्रदेशसभा बैठक बोलाइयो, मुख्यमन्त्रीले विश्वासको मत लिने
OthersJust now

मधेश प्रदेशसभा बैठक बोलाइयो, मुख्यमन्त्रीले विश्वासको मत लिने

२६ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशसभाको बैठक यही कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि यही कात्तिक २८ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरिएको मधेस प्रदेशका सभामुख रामअशिष यादवले जानकारी दिए । प्रदेशसभाको बैठक सञ्चालनका लागि भोलि कात्तिक २७ गते… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play